Thursday, August 6

समाज

श्रीकृष्ण प्रणामीमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव सम्पन्न
धर्म/संस्कृति, समाचार, समाज

श्रीकृष्ण प्रणामीमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव सम्पन्न

नेपालअखबार,पोखरा । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव सम्पन्न भएको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुँदै आएको महोत्सव यस वर्षपनि निरन्तरता दिएको हो । महोत्सवमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा कृष्ण मन्दिरको रुपमा परिचित गराउनका लागि पोखरा महानगरले साथ र सहयोग गर्ने बताए । पोखरा महानगरभित्र तीन वटा श्रीकृष्ण मन्दिर रहेको र पोखरामा श्रीकृष्ण मन्दिर कहाँ छ भनेर एकिन गर्ने अवस्था नरहेको अवस्थामा पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण मन्दिरलाईनै कृष्ण मन्दिर हो भनी चिनाउनका लागि महानगरको तर्फबाट पहलकदमी गर्ने बताए । बिगत ३४ वर्षदेखि सञ्चालन र ब्यवस्थापन गर्दै आइरहेको श्रीकृष्ण प्रणामी मन्दिरले पोखरामा धार्मिक पर्यटक भित्रयाउनका लागि आयोजना गर्न लागेको १०८ तारतम सागर पाठ प...
जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमानको पनि मृत्यु
समाचार, समाज

जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमानको पनि मृत्यु

नेपालअखबार,रोल्पा । जंगलबाट ल्याएको च्याउ खाएपछि रोल्पामा बिरामी परेका श्रीमानको पनि मृत्यु भएको छ। परिवर्तन गाउँपालिका– २ राङसी ८१ वर्षीय भागीराम वलीक मृत्यु भएको रोल्पाका प्रवक्ता यादवप्रशाद शाहीले जानकारी दिए। आजै राङसीकी ७४ वर्षीया निर्मला वलीको मृत्यु भएको थियो। उनीहरू श्रीमान श्रीमति हुन्। वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ तरकारी  खाएका थिए। त्यसपछि उनीहरू बिरामी परेका थिए। स्थानीय मेडिकलमा उपचारका गएका उनीहरूको थप उपचार साउन २९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको थियो शव पोष्टमर्टमका लागि घोराहीमै राखिएको छ।...
युवा नेता अन्सारीले दिए तरुण दल केन्द्रीय कार्यालयमा ल्यापटप र मोवाइल सेट
समाचार, समाज

युवा नेता अन्सारीले दिए तरुण दल केन्द्रीय कार्यालयमा ल्यापटप र मोवाइल सेट

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अबुल हुसेन अन्सारीले नेपाल तरुण दल केन्द्रीय समितिलाई एक थान ल्यापटप र एक सेट मोबाइल फोन हस्तान्तरण गरेका छन । अन्सारीले तरुण दल अध्यक्ष गुरुङलाई एक थान ल्यापटप र मुख्य सचिव थानप्रसाद पोखरेलाई मोवाइल सेट हस्तान्तरण गरेका हुन । तरुण दलको पाँचौ महाधिवेशनको तयारीमा जुटेको नेपाल तरुण दललाई दैनिक कार्यसम्पादनमा सहजताका लागि अन्सारीले ल्यापटप र मोवाइल सेट उपलब्ध गराएका हुन ।...
पोखरामा मनाइँयो ३१ औं मगर प्रसारण दिवस शिक्षालाई जोड दिन नसक्दा पछाडि प¥यौंः सांसद गाहामगर
राजनीति, समाचार, समाज

पोखरामा मनाइँयो ३१ औं मगर प्रसारण दिवस शिक्षालाई जोड दिन नसक्दा पछाडि प¥यौंः सांसद गाहामगर

नेपालअखबार, पोखरा । पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । रेडियो नेपालमा २०५१ साल भदौं १ गते पहिलो पटक मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । मगर पत्रकार संघ कास्कीले ३१ औं मगर प्रसारण दिवसको अवसरमा पोखरामा अग्रज सञ्चारकर्मी हर्क आलेमगर र खेम सारुमगरलाई सम्मान समेत गरेको छ । सञ्चारकर्मी आले र सारुमगरलाई गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगर, मगर संघ गण्डकी प्रदेश अध्यक्ष तारामाया थापा मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगरले सम्मानपत्र, फेटास...
पत्रकारलाई आक्रमण गर्ने वकिललाई कारबाही गर्न माग गर्दैआन्दोलनको घोषणा
समाचार, समाज

पत्रकारलाई आक्रमण गर्ने वकिललाई कारबाही गर्न माग गर्दैआन्दोलनको घोषणा

नेपालअखबार, जनकपुरधाम । आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलनको घोषणा गरेको छ ।आन्दोलनअन्तर्गत आजदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा बिहान ११ बजेदेखि धर्नाको कार्यक्रम रहेको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा आजदेखि आन्दोलनको कार्यक्रम रहेको प्रदेश अध्यक्ष श्यामप्रसाद बञ्जाराले जानकारी दिए । धर्ना कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष पुरण गुप्ताले सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरेका छन् । गुठी संस्थानबाट कानुनी प्रक्रियाबाट प्राप्त गरेको चार कठ्ठा जग्गा संरक्षणको क्रममा नेपाल बार एशोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरुले गत साउन २७ गते पत्रकारहरुमाथि आक्रमण गरेका थिए । सो क्रममा महासंघका प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकारहरु दिवाकर ...
पिपरामा विद्युत प्रवाह चुहावट हुँदा दम्पतिको निधन
समाचार, समाज

पिपरामा विद्युत प्रवाह चुहावट हुँदा दम्पतिको निधन

नेपालअखबार,सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा  विद्युत प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतिको निधन भएको छ ।  निधन हुनेमा  ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब  उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।उनका अनुसार  कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको हो । उनीहरु  आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो ।  खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।...
पाकिस्तानमा भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो
विदेश, समाचार, समाज

पाकिस्तानमा भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो

नेपालअखबार,काठमाडौं । पाकिस्तानमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३३२ पुगेको छ। शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएको पाकिस्तानी अनलाइन द डनले जनाएको छ। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार सबैभन्दा बढी प्रभावित बुनेर जिल्लालगायत अन्य क्षेत्रमा थप मानवीय क्षति पुष्टि भएसँगै मृतकको संख्या बढेको हो। भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए। यसमा राहत तथा उद्धार कार्यमा खटिएको प्रान्तीय सरकारको एक हेलिकप्टर मोहमान्दमा दुर्घटना हुँदा चालक दलका पाँच सदस्यको पनि मृत्यु भएको डनले जनाएको छ। पिडिएमएले जारी गरेको पछिल्लो विवरण अनुसार बुनेर जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाको मृत्यु भएको छ। जिल्ला उपा...
बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा
समाचार, समाज, स्वास्थ्य

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

नेपालअखबार,म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएको छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए ।“पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो”, उनले भने, “व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।” अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा प्रधानले बताए । ज्येष्ठ नागरिक, बालबा...
पोखराको सडकमा  युवाहरूले नाच्दै, भगवा झण्डा फहराउँदै कृष्ण जन्माष्टमीमा भक्तिहरु
धर्म/संस्कृति, समाज

पोखराको सडकमा युवाहरूले नाच्दै, भगवा झण्डा फहराउँदै कृष्ण जन्माष्टमीमा भक्तिहरु

गरिमा भुसाल,पोखरा।पोखरामा युवाहरूले नाच्दै, भगवा झण्डा फहराउँदै कृष्ण जन्माष्टमीमा भक्तिहरु सडकमा भरिएका थिए। लेकसाइडका गल्लीहरूमा जम्माष्टमीका दुईवटा ठूला कार्यक्रम एकसाथ सम्पन्न भयो । हिन्दू महासाङ्घ नेपाल, कास्कीले बृहत् र समावेशी धार्मिक शोभायात्रा निकालेको थियो भने इस्कन पोखराले क्रिस्टल महल, पोखरा(डामसाइडमा वार्षिक जन्माष्टमी कार्यक्रमलाई निरन्तरता दिएको थियो। परम्परागत गीत, नाचका माध्यमबाट कार्यक्रममा संस्कृतिप्रतिको भक्ति र प्रेम झल्किएको थियो । बालबालिका र युवाहरू परम्परागत लुगा लगाएका थिए । देवीदेवताको भेषमा थिए भने ज्येष्ठ नागरिकहरले लोकभाकामा भजनकृतन प्रस्तुति गर्दै रमाइलो वातावारण सृजना गर्नु भएको थियो । विभिन्न सामुदायिक आमा संघलाई प्रमाण पत्र र राधाकृष्णको भेषमा आएका बालबालिकालाई नगद पुरस्कार वितरण गरी कार्यक्रमको केही समयपछि समापन भएको थियो ।इस्कन नेपालले आयोजना गरेको कार्...
पाँच जना विशिष्ट सिर्जनकर्मीहरू साहित्यिक पत्रकार सङ्घद्धारा अभिनन्दन
समाचार, समाज, साहित्य \कला

पाँच जना विशिष्ट सिर्जनकर्मीहरू साहित्यिक पत्रकार सङ्घद्धारा अभिनन्दन

नेपालअखबार,काठमाडौं । साहित्यिक पत्रकार सङ्घ (सापस)ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् । सोही कार्यक्रममा पत्रकार प्रविनप्रसाद थपलियालाई नगदसहित सम्मान गरिएको थियो । अभिनन्दित हुनुहुनेहरूलाई अभिनन्दनपत्र, दोसल्ला, टोपी र माला समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवम् प्रसिद्ध गीतकार एस्पी कोइराला र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., आख्यानकार हिरण्यकुमार...