Friday, August 7

समाज

नारायणघाट–बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी
अर्थ, समाचार, समाज

नारायणघाट–बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी

नेपालअखबार,नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिए । “निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौँ”, उनले भने, “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी एक वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ ।” आयोजना निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको उनले जानकारी दिए । नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधि...
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न
कृषि, समाचार, समाज

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

नेपालअखबार,काठमाडौँ।  यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो ।देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए । उनका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।  सुदूरपश्चिम प्रदेशमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख ७१ हजार हेक्टरमा रोपाइँ भएको सूचना अधिकारी जोशीले उल्लेख गरे । प्रतिशतका हिसाबल...
कालोपत्र भयो पृथ्वी राजमार्गको वैकल्पिक मार्ग बनाउन लागिएको ९ किलोमिटर सडक
समाचार, समाज

कालोपत्र भयो पृथ्वी राजमार्गको वैकल्पिक मार्ग बनाउन लागिएको ९ किलोमिटर सडक

नेपालअखबार,तनहुँ। व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ। कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ। पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ। कार्यालयले ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो। रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ। त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको छ।...
भरतपुर अस्पतालको सेप्टिक ट्यांकीमा खसेकी बालिकाको मृत्यु
समाचार, समाज

भरतपुर अस्पतालको सेप्टिक ट्यांकीमा खसेकी बालिकाको मृत्यु

नेपालअखबार, भरतपुर। भरतपुर अस्पतालको सेप्टिक ट्याङकीमा खसेकी बालिकाको मृत्यु भएको छ। सोमबार अस्पताल परिसरमा रहेको बाल उद्यान नजिकै खेलिरहेकी बालिका नजिकै रहेको सेफ्टी ट्यांकीमा खसेकी थिइन्। उनको मंगलबार राति उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। बालिका भरतपुर महानगरपालिका–१० घर भइ भरतपुर अस्पतालमा कार्यरत विकास मगरकी ५ वर्षीया छोरी अन्जना मगर रहेको खनालले बताए। खेल्ने क्रममा अचानक सेफ्टी ट्याङकीमा खसेपछि उनलाई उद्धार गरी भरतपुर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो।...
चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण
समाचार, समाज

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

नेपालअखबार,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो । खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण र खानेपानीको सुविधा पुर्‍याइएको हो । समितिका संस्थापक राजु पुनले पाउद्वार र छिमेकी गाउँबासी तथा भक्तजनहरूले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेको जानकारी दिए । सेवा निवृत्त बेलायती गोर्खा सैनिक पुनको अगुवाइमा विसं २०७२ देखि पाउद्वार–खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो । “दिवङ्गत आफन्तको नाममा चौतारा र बाटो बनाउने पुरानो चलनलाई धार्मिक पर्यटनसँग जोड्ने हाम्रो प...
टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता
समाचार, समाज

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

नेपालअखबार,कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० का स्थानीयवासी टोटीखोलाको जीर्ण  पुलबाट जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्। झण्डै तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पूर्वतर्फको भाग भासिएको छ। स्थानीयवासी सोही पुलबाट जोखिम मोलेर आवागमन गरिरहेका छन्। स्थानीय दीपक भट्टका अनुसार पुल जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ । पुलको दुरावस्थाबारे नगरपालिकालाई  जानकारी गराइएको उनी बताउँछन्। यसैबीच, पूर्वाधार विकास कार्यालय कञ्चका प्रमुख योगेन्द्र अधिकारीका अनुसार टोटीखोलामा बक्स कल्भर्ट निर्माणका लागि एसएमएम जेभीसँग आगामी असोजदेखि काम थाल्नेगरी असार २३ गते निर्माण सम्झौता भएको छ। उक्त योजनाअन्तर्गत दुई करोड ९१ लाख ८८ हजार लागतमा दुई स्पानको बक्स कल्भर्ट निर्माण गरिने छ।...
गुणस्तरहीन सडक निर्माणको स्थानीयद्वारा विरोध
समाचार, समाज

गुणस्तरहीन सडक निर्माणको स्थानीयद्वारा विरोध

नेपालअखबार,सिरहा । जिल्ला सदरमुकाम सिरहा हुँदै भारतसँगको सीमावर्ती बजार माडर जोड्ने सडकअन्तर्गत माडर बजार क्षेत्रको आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै मङ्गलबार दिनभर स्थानीयले विरोध प्रदर्शन गरेका छन् । स्थानीयले सरकारी निकाय र ठेकेदार कम्पनीबिचको मिलेमतोमा योजनाबमोजिमको मापदण्ड नअपनाई कमसल सामग्री प्रयोग  गरिएको आरोप लगाएका छन् । “माडरको कालि मन्दिरबाट भन्सार जाने बाटोको ६० मिटर सडकमा गत आइतबार राति गरिएको ढलानमा गिट्टी, बालुवा र सिमेन्टको अनुपात नमिलाई कमसल निर्माण गरिएको छ । सोमबार बिहानै अनुगमनका क्रममा लट्ठीले घोच्दा पनि सडक फुट्ने देखियो”, स्थानीय रामकुमार यादवले भने । सिरहा नगरपलिका–१७ का वडाध्यक्ष उमेशप्रसाद यादवका अनुसार गुणस्तरहीन निर्माण भएपछि नगरपालिकाका प्राविधिक र प्रहरी बोलाएर अनुगमन गरिएको छ । निर्माण व्यवसायीको मिक्स्चर र पानीट्याङ्कर नियन्त्रणमा लिएर इलाका प्रह...
कालीगण्डकी नदीमा बेलिब्रिज जडान
समाचार, समाज

कालीगण्डकी नदीमा बेलिब्रिज जडान

नेपालअखबार,मुस्ताङ।  यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो । बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको रु एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको रु ९० लाख लागत साझेदारी गरी जम्मा रु दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सब इन्जिनियर राजन कँडेलले जानकारी दिए । सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ—१ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले उल्लेख गरे ।...
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार बढीले दिए आवेदन
शिक्षा, समाचार, समाज

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार बढीले दिए आवेदन

नेपालअखबार,काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरिएकामा १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन् । देशभरका ७७ वटै जिल्लाबाट उक्त संख्यामा विद्यार्थीहरुले आवेदन दिएको शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलले बताए । उनका अनुसार आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा १२ हजार ३३७, व्यवस्थापन विषयमा ४ हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिनु भएको छ । यो तथ्यांकले विज्ञान विषयप्रति विद्यार्थीहरूको उच्च आकर्षण देखाउँछ, जुन कुल आवेदनको झन्डै ७१% हो । हाल सबै प्राप्त आवेदनहरूको रुजु कार्य तीव्र गतिमा भइरहेको छ । यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न हुने र त्यसपछि बाँकी प्रक्रियाहरू पूरा गरी साउन ...
कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै घडियाल र डल्फिन
समाचार, समाज

कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै घडियाल र डल्फिन

नेपालअखबार,घोडाघोडी (कैलाली) । कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका छन् । सहायक नदी पथरैया र मोहनामा असारको पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काइरहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले घडियाल गोहीको बच्चा हुर्काउने स्थानको व्यवस्था गरेको छ । प्राकृतिक रूपमा बिनाकुनै लगानी घडियालको बच्चा हुर्काइरहेका छन् । विगत चार वर्षदेखि घडियाल गोहीले सो क्षेत्रमा बच्चा कोरल्ने गरेको ढुङ्गानाले बताए । मोहना, पथरैया र कर्णाली तीनवटै नदीमा घडियालले यस वर्ष बच्चा कोरलेका थिए । घडियालसँगै सो क्षेत्रमा डल्फिनको पनि बच्चा हुर्काइरहेका छन् । डल्फिन विश्वमै दुर्लभ जलप्राणी मानिन्छन् । यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले रातो सूचीमा राखेको छ । वर्षायामको समयमा कर्णाली नदीलगायत सहायक नदीहरुमा डल्फिन बच्...