Saturday, August 8

समाज

बिच्छीले टोकेर बालिकाको मृत्यु
समाचार, समाज

बिच्छीले टोकेर बालिकाको मृत्यु

नेपालअखबार,मकवानपुर। मकवानपुरमा बिच्छीले टोकेर बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया गाउँपालिका-७ मैनाटारका वीरबहादुर वाइबाकी ८ वर्षीया छोरी अस्मिता वाइबा छिन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ ६ बजे नुहाएर कपडा लगाउने क्रममा बिच्छीले उनको कम्मरमा टोकेको थियो। भोलिपल्ट (बिहीबार) दिउँसो २ बजेदेखि उनलाई सास फेर्न गाह्रो भएको थियो। गाह्रो भएपछि परिवारले उनलाई ७:४५ बजे मात्रै हेटौंडा अस्पताल पुर्‍याएको थियो। त्यसको एक घन्टामा चिकित्सकले बालिकाको मृत्यु भएको घोषणा गरेको थियो। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।...
गाजामा खानाको खोजीमा भौँतारिँदैछन् मानिस
विश्व, समाचार, समाज

गाजामा खानाको खोजीमा भौँतारिँदैछन् मानिस

नेपालअखबार,गाजापट्टी । इजरायली आक्रमणको सामना गरिरहेको गाजाको उत्तरी भागको मुख्य सहरमा अराजकता र लुटपाटको अवस्था सिर्जना भएको छ  । विगत केही हप्तादेखि यस क्षेत्रमा आवश्यक सहयोग पुग्न सकेको छैन । यहाँ बसोबास गर्ने प्यालेस्टिनीहरू खानाको खोजीमा भौँतारिन थालेका छन् । हमासद्वारा सञ्चालित गृह मन्त्रालयले बिहीबार गाजा सहरको बजारमा तैनाथ आफ्ना सात प्रहरी अधिकारीहरू इजरायली हवाई आक्रमणमा मारिएको बताएको छ । हमासका अनुसार यी अधिकारी व्यवस्था कायम राख्न र लुटेराहरूको सामना गरिरहेका थिए । इजरायली सेनाले यस घटनामा कुनै टिप्पणी गरेको छैन । केही दिन यता गाजामा दर्जनौँ आतङ्कवादी लुकेका ठाउँहरूमा आफूले आक्रमण गरेको इजरायलको भनाइ छ । बिहीबार यस क्षेत्रभरि कम्तीमा ४४ जना मारिएको र यीमध्ये २३ जनाको मृत्यु केन्द्रीय बुरेइज शरणार्थी शिविरमा भएको स्थानीय डाक्टर र उद्धारकर्मीहरूले भनेका छन् । यसअघि संयुक...
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
समाचार, समाज

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

नेपालअखबार, मकवानपुर ।  मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो ।
आज गणतन्त्र दिवस मनाइँदै
समाचार, समाज

आज गणतन्त्र दिवस मनाइँदै

नेपालअखबार,काठमाडौं ।  तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १७ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्प...
डुबान हुन नदिन चोभारको खोचमा रहेका अवरोध हटाइने
समाचार, समाज

डुबान हुन नदिन चोभारको खोचमा रहेका अवरोध हटाइने

नेपालअखबार,काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको निकासका रूपमा रहेको चोभारको खोचस्थित बागमती नदीमा रहेका अवरोधहरू हटाउने भएको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सहरी विकास मन्त्रालयको नेतृत्वमा नेपाली सेनामार्फत चोभार खोचमा भएका अवरोध हटाउने निर्णय गरेको हो। बैठकले गत वर्ष चोभारमा बागमती नदीको बहावमा केही अवरोध भएर तटीय क्षेत्रमा डुबान भएको निष्कर्ष निकाल्दै उक्त अवरोध हटाउने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए। बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ स्वीकृत गरेको छ। जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागका अनुसार यही जेठ १८ देखि अ...
लमजुङमा आगलागी, एक महिलाको मृत्यु
समाचार, समाज

लमजुङमा आगलागी, एक महिलाको मृत्यु

नेपालअखबार,लमजुङ । सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो । आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि र प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।...
एकै परिवारका तीन जनाको हत्या
अपराध, समाचार, समाज

एकै परिवारका तीन जनाको हत्या

नेपालअखबार,बुटवल । रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।...
नेपालका यातायात व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन गर्ने
समाचार, समाज

नेपालका यातायात व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन गर्ने

नेपालअखबार,काठमाडौँ । नेपालका यातायात व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरू गर्ने भएका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आठवटा यातायात संघ/संगठनले जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन्। त्यसअघि विभिन्‍न चरणका कार्यक्रमहरू आयोजना गरिएको जनाइएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल यातायात मजदुर संगठनलगायतका संघहरूले सरकारले आफ्ना मागहरू पूरा नगरे आन्दोलनमा उत्रिने बताएका छन्। संघर्ष समितिका संयोजक विजयकुमार स्वाँरले सरकारले वार्ताको आह्वान गरेको खण्डमा छलफल गर्न तयार रहेको, तर मागहरू सम्बोधन नभए कुनै सम्झौता नगरी आन्दोलनमा जाने जनाए। यातायात व्यवसायीहरूले सात बुँदे माग अघि सारेका छन्। उ...
योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच भेट
समाचार, समाज

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच भेट

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ । आर्थिक नीति र मौद्रिक नीतिलाई सामञ्जयपूर्ण ढङ्गले कसरी अघि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो । मुलुकको अर्थतन्त्रमा कोभिड–१९ महामारी तथा विभिन्न प्राकृतिक विपद्बाट परेको असर न्यूनीकरण गर्दै सोह्रौँ आवधिक योजनाले लक्षित गरेअनुरूपको उच्च, दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न अबलम्बन गर्नुपर्ने रणनीतिबारे छलफल भएको हो । छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथामिकिकरण, आयोजना बैङ्कको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालिन खर्च संरचना...
भारतमा कारभित्र एकै परिवारका सात जना मृत भेटिए
विदेश, समाचार, समाज

भारतमा कारभित्र एकै परिवारका सात जना मृत भेटिए

नेपालअखबार,नयाँ दिल्ली । भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन् । पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएका छन् । सोमबार भएको उक्त घटना प्रथम दृष्टिमै आत्महत्याको घटनाजस्तो देखिएको उनको भनाइ छ । यस्तै समाचार एजेन्सी पीटीआईले मृतकहरू देहरादुनका एकै परिवारका सदस्य रहेको उल्लेख गरेको छ । गएराति मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले सरसरती हेर्दा यो आत्महत्याको घटना देखिएको र सबै फोरेन्सिक प्रमाणहरू सङ्कलन गरिएको बताए । यो घटनाको गहन अनुसन्धान गरिने डीसीपी कौशिकले बताएका छन् ।...