बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
नेपालअखबार, बागलुङ । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो ।
प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट तथा शालग्राम सङ्ग्रहालय परिसरमा आन्तरिक पर्यटकका सयौँ सवारी साधन देखिने गरेका छन् । पर्यटक बढेपछि कालिका मन्दिर परिसरमा पार्किङ व्यवस्थापनमा पनि हम्मे पर्न थालेको छ । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, भैरवस्थान मन्दिर, गाईघाट झरना र ढोरपाटन सिकार आरक्ष पुग्ने पर्यटकमा समेत वार्षिक रुपमा वृद्धि भएको छ ।
विराटनगर र पोखराबाट शैक्षिक भ्रमण, देशका विभिन्न भागका श्रद्धालु तीर्थयात्रीका रोजाइमा बागलुङका धार्मिक एवं पर्यटकीय गन्तव्यहरु पर्न थालेका छन् । हरेक दिन धार्मिक पर्यटकीयस्थल पञ्चकोट तथा बालाजीधाम मन्दिर कुडुँलेस्थित शालग्राम स...










