Saturday, June 27

समाज

उदयपुरमा आगलागीमा परी दुई जनाको मृत्यु
समाचार, समाज

उदयपुरमा आगलागीमा परी दुई जनाको मृत्यु

नेपालअखबार,उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित शान्ति चोकमा  सोमबार राति भएको आगलागीमा दुई जनाको जलेर मृत्यु भएको छ। मध्यराततिर दुईवटा घरमा फैलिएको आगो निभाएपछि घटनास्थलमा दुई जनाको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार मृतक पवन खड्का र लक्ष्मी खड्का हुन्। इलाका प्रहरी कार्यालय बेल्टार ले पनि घटनास्थलमा दुई जनाको शव फेला परेको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीबाट लक्ष्मी खड्का र रविनकुमार दासको घर पूर्ण रूपमा नष्ट भएको बताइएको छ। लक्ष्मी खड्काको घरमा पुस्तक पसलको गोदाम समेत रहेकाले क्षति ठूलो भएको अनुमान गरिएको छ। आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा कञ्चनरूप नगरपालिका बाट दमकल बोलाइएको थियो। क...
डुंगा पल्टिँदा कर्णालीमा बेपत्ता बाबु–छोराको शव फेला
समाचार, समाज

डुंगा पल्टिँदा कर्णालीमा बेपत्ता बाबु–छोराको शव फेला

नेपालअखबार,काठमाडौँ । डुंगा पल्टिदा कर्णाली नदीमा बेपत्ता बाबु छोराको शव फेला परेको छ। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा डुंगा पल्टिदा तुर्माखाँद –३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बिहीबार बेलुकादेखि बेपत्ता थिए। खोजीका क्रममा  छोराको शब शनिबार र बुवाको शब आइतबार फेला  परेको हो। अछामका प्रहरी प्रमुख  डिएसपी  ओमप्रकाश खनालले छोराको शब घटनास्थलदेखि एक किलोमिटर दक्षिणमा र बाबुको शव पाँच सय मिटर दक्षिण बाट गोताखोरको टोलीले निकालेको थिए। डिएसपी खनालका अनुसार सानो र जीर्ण डुंगामा  ओभर लोडका कारण सन्तुलन खलबलिन गइ पल्टिन पुगेको थियो। डुंगामा तीन बाबु छोरा र घाँसको भारी राखिएको थियो। डुंगा पल्टिँदा दुई बाबु छोराको मृत्यु भएको हो। पहलसिंहका ९ वर्षीय छोरा भने भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए। तीन बाबु छोरा कर्णालीपारी सुर्खेत जिल्लाको पञ्...
सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध
समाचार, समाज

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध

नेपालअखबार, वीरगञ्ज । औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सडक डिभिजन हेटौँडाले आज बिहानदेखि वीरगञ्जको मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा डोजर र एक्साभेटर लगाएर भत्काउन थालेपछि यहाँको विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको हो । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि दैनिक काममा समस्या हुनुका साथै जनजीवन प्रभावित भएको छ । वीरगञ्जको गण्डकचोकबाट मितेरीपुलसम्मको क्षेत्रमा बिहान ५ः०० देखि दिउँसो ४ः३० बजेसम्म विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको छ । विद्युत् र इन्टरनेट सेवा कति बेला आउने अनिश्चितता कायमै रहेको स्थानीय बताउँछन् । वीरगञ्ज महानगर-६ का स्थानीय व्यापारी परशुराम कलवारले सडक विस्तारका क्रममा विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको बताए। ‘आज बिहानैदेखि विद्युत् र इन्टरनेट स...
बुद्ध जयन्तीमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको विशेष कार्यक्रम: पूजा, प्रदर्शनी र शान्तिको सन्देश दिईने
धर्म/संस्कृति, समाचार, समाज

बुद्ध जयन्तीमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको विशेष कार्यक्रम: पूजा, प्रदर्शनी र शान्तिको सन्देश दिईने

नेपालअखबार,काठमाडौं । गौतम बुद्ध को २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत गुठीले वैशाख १५ गतेदेखि बुद्ध वचन (त्रिपिटक) पाठ–पूजा सुरु गरिने र वैशाख १८ गते विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ। गुठीका प्रबन्धक मिथुन चाङ्बा भोटेका अनुसार वैशाख १८ गते बिहान ७ बजेदेखि गुठीअन्तर्गत रहेको गुम्बामा विश्व शान्तिको कामनासहित पूजा–आराधना सुरु हुनेछ। पूजा सम्पन्न भएपछि बिहान ९ बजेदेखि ऐतिहासिक सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित पौराणिक तथा पुरातात्त्विक मूर्तिहरू दर्शनार्थीका लागि प्रदर्शनमा राखिनेछ। उक्त अवसरमा ८४ लाख देवी–देवताले समुद्घाटन गरेको मानिने काश्यप बुद्धको अस्तु तथा स्वयम्भूनाथ स्तूप सँग सम्बन्धित धार्मिक सामग्रीसमेत गुम्बामा सार्वजनिक अवलोकनका लागि प्रस्तुत...
लागत बढेको भन्दै पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
कर्पोरेट, समाचार, समाज

लागत बढेको भन्दै पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा

नेपालअखबार,काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ । साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको महासंघको भनाइ छ । पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धका कारण विश्व बजार र आपूर्ति प्रणालीमा परेको प्रभावले नेपालका पानी उद्योगहरू समेत प्रत्यक्ष प्रभावित भएको महासंघले उल्लेख गरेको छ । विज्ञप्ति...
रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव
समाचार, समाज

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

नेपालअखबार,रसुवा । हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव हुने भएको छ । चौँरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार गर्ने, चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत दुग्धजन्य पदार्थको बजारीकरण व्यवस्थित गर्ने मुख्य लक्ष्यसहित यही वैशाख १३, १४ र १५ गते महोत्सव आयोजना हुन लागेको हो । चौँरीपालन व्यावसायिक समितिका अध्यक्ष सुरेन्द्र तामाङका अनुसार महोत्सवमा उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिए । उनले भने, “यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत पशुपालन भएकाले महोत्सवबाट किसानलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।” वडाध्यक्ष तामाङका अनुसार गतलाङ क्षेत्रमा मात्रै करिब एक हजार ३०० भन्दा बढी दुग्ध उत्पादन गर्ने चौँरी रहेका छन् । महोत्सव अवधिमा चौँर...
काठमाडौँको थानकोट त्रिभुवन पार्कमा पत्रकारमाथि दुर्व्यवहार, रिपोर्टिङमा अवरोध
समाचार, समाज, हाइलाइट-समाचार

काठमाडौँको थानकोट त्रिभुवन पार्कमा पत्रकारमाथि दुर्व्यवहार, रिपोर्टिङमा अवरोध

नेपालअखबार, काठमाडौं ।आज चन्द्रागिरीस्थित थानकोटमा रहेको त्रिभुवन पार्कमा समष्टि नेपाल मिडियाका फोटो पत्रकारमाथि दुर्व्यवहार भएको छ। फोटो पत्रकार उत्तम तामाङमाथि पार्कका टिकट चेकरले अभद्र व्यवहार गरेको हो। नयाँ वर्षको अवसरमा पिकनिक मनाउन आएका सर्वसाधारणहरूले त्रिभुवन पार्कले साना बालबालिका तथा जेष्ठ नागरिकहरूलाई समेत टिकटमा छुट नदिएको गुनासो गरेपछि सो विषयमा रिपोर्टिङ गर्न पत्रकार तामाङ पार्क पुगेका थिए। रिपोर्टिङका क्रममा पार्कभित्र प्रवेश गर्न खोज्दा टिकट चेकरले टिकट अनिवार्य भएको भन्दै उनलाई अवरोध गरेको हो। पत्रकार तामाङले आफू पत्रकार भएको र रिपोर्टिङका लागि आएको स्पष्ट पार्दै आफ्नो परिचयपत्र (आईडी कार्ड) देखाउनुका साथै हातमा बुम बोकेको अवस्थामै भए पनि टिकट चेकरले सो कुरा बेवास्ता गर्दै अभद्र व्यवहार गरेको तामाङले बताए । पत्रकारले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न खोज्दा यस्तो...
भक्तपुर थिमिमा आज बिस्केट जात्राको रौनक
धर्म/संस्कृति, समाचार, समाज

भक्तपुर थिमिमा आज बिस्केट जात्राको रौनक

नेपालअखबार,काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौंको घुइँचो लागेको छ। परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ। भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ। पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिंगो जात्रा हेरे शत्रु नास हुने सहकाल आउने जनविश्वास रहेको छ। चैत मसान्तमा इन्द्रध्वजा सहितको लिंगो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिंगो ढाल्ने गरिन्छ। यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ। आजै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। चरखण्...
सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै, टाढिएका सम्बन्ध जोड्ने
धर्म/संस्कृति, समाचार, समाज

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै, टाढिएका सम्बन्ध जोड्ने

नेपालअखबार,कञ्चनपुर। ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ। वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ। सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ। जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका बासिन्दाको संख्या उल्लेख्य छ। नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ। रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको स्थानीय बताउँछन्। बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफ...
गर्मीमा काँक्रो : कुन समयमा खाँदा फाइदा, कुन समयमा बेफाइदा?
समाचार, समाज, स्वास्थ्य

गर्मीमा काँक्रो : कुन समयमा खाँदा फाइदा, कुन समयमा बेफाइदा?

नेपालअखबार । गर्मी मौसम सुरु हुनेबित्तिकै बजारमा ताजा र रसिलो काँक्रो छ्यापछ्याप्ती पाइन्छ। मानिसहरू यसलाई सलाद, रायता वा सीधै नुन दलेर खान मन पराउँछन्, किनभने काँक्रोले शरीरलाई शीतलता प्रदान गर्छ भन्ने मान्यता छ। यसमा पानीको मात्रा प्रशस्त हुने भएकाले डिहाइड्रेसनबाट बचाउन पनि मद्दत गर्छ। तर के तपाईंलाई थाहा छ, गलत समयमा काँक्रो खाँदा तपाईंको स्वास्थ्यलाई हानि पनि पुग्न सक्छ? हो, आज पनि धेरै मानिसहरू यस कुराबाट अनभिज्ञ छन्। धेरैले बिना सोचविचार दिउँसो वा राति जतिबेला पनि काँक्रो खाने गर्छन्, जसले गर्दा उनीहरूलाई विभिन्न स्वास्थ्य समस्याहरू सुरु हुन्छन्। त्यसैले काँक्रो खाने सही समय र तरिका जान्नु अत्यन्त जरुरी छ। यस लेखमा हामी तपाईंलाई काँक्रो खाने सही समय के हो, कस्ता मानिसले सावधानी अपनाउनुपर्छ र यसको सेवनले शरीरलाई के-कस्ता फाइदा पुग्छन् भन्ने बारेमा जानकारी दिनेछौँ। सबैभन्दा...