Saturday, August 8

समाज

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु
समाचार, समाज

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

नेपालअखबार,कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताए। 'जिल्लाबाट गएको प्रहरी टोली हिजो र...
प्याब्सनको चेतावनी शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने
शिक्षा, समाचार, समाज

प्याब्सनको चेतावनी शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने

नेपालअखबार,काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न  सरकार र सरोकारवाला पक्षहरूलाई  आग्रह गरेको छ तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण रोकिएको अवस्थाले शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्त्याउने चेतावनी दिएको प्याब्सनले शिक्षालाई अनिश्चितताबाट मुक्त गर्न वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा शिक्षा ऐनको तर्जुमा प्रक्रियालाई तीव्र बनाउँदै दीर्घकालीन समाधानको बाटो पहिचान गर्न सरकारसँग आग्रह गरिएको छ ।  साथै, शिक्षक महासङ्घलाई पनि सहजीकरणका उपाय अवलम्बन गर्दै निकास खोज्न...
इरानको बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या २८ पुग्यो
विदेश, समाचार, समाज

इरानको बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या २८ पुग्यो

नेपालअखबार,तेहरान । दक्षिणी इरानको बान्दर अब्बास सहरको शाहिद रेजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या कम्तीमा २८ पुगेको छ भने ८०० जना घाइते भएका छन्। यो ठुलो विस्फोटपछि इरानी प्रशासनले तीन दिनको शोक घोषणा गरेको छ। यो विस्फोट शनिबार बिहान भएको थियो। विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू फुटेका थिए। विस्फोटबाट भएको ठुलो आगो अहिले नियन्त्रणमा आएको छ। यस क्षेत्रका सबै स्थानीय विद्यालय र कार्यालयहरू बन्द छन्। सहरका बासिन्दाहरूलाई घर भित्रै बस्न वा सुरक्षात्मक मास्क लगाउन निर्देशन दिइएको छ। विस्फोटको कारणको बारेमा अनुसन्धान जारी छ। यो विस्फोट लापरबाहीपूर्वक भण्डारण गरिएका रसायनहरूका कारण भएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलबाट धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्। मानिसहरू दौडिरहेको र धेरै मानिसहरू सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्छ...
सप्तरीमा बस दुर्घटना: तीन जनाको मृत्यु
समाचार, समाज

सप्तरीमा बस दुर्घटना: तीन जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१० स्थित बदगामा बस दुर्घटना भएको छ । आइतबार उदयपुरबाट विराटनगर जाँदै गरेको प्रदेश–१–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रातोपाटीलाई बताए । मृत्यु हुनेमा सप्तरीको कोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती सहित ३ जना छन् । मृतक दुई जनाको पहिचान नखुलेको एसपी खतिवडाले जानकारी दिए । दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । बसमा ३५ जना सवार थिए । बस चालक झापाको मेचीनगर नगरपालिका–७ घर भएका ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।...
पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
समाचार, समाज

पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

नेपालअखबार,काठमाडौँ । प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ । महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको जनाए । आन्दोलनरत शिक्षक र प्रहरीबिच आज काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपको समाचार सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएको थिइन । घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक रहेको महासङ्घले जनाएको छ ।  महासङ्घले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषी...
नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडपमा परी घाइते
समाचार, समाज

नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडपमा परी घाइते

नेपालअखबार,काठमाडौँ  ।आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । केहीबेरअघि नयाँबानेश्वरमा झडप भएको हो ।  प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो । नयाँ बानेश्वरमा शिक्षकहरूले प्रहरी ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।सो क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने भिडबाट ढुंगामुढा प्रहार भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले ७ जना शिक्षक घाइते भएको बताए । सामान्य लाठीचार्ज र पानीको फोहरा हानिएको उनले बताए । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने करिब ६० जना शिक्षक घाइते भएको दाबी गरे । उनीहरुको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रामा सेन्ट...
आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना
समाचार, समाज

आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

नेपालअखबार,काठमाडौं । केही दिनदेखि अत्यधिक महसुस भएको गर्मी सोमबारदेखि घट्ने प्रक्षेपण गरिएको छ । आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सोमबारदेखि तापक्रम पनि घट्ने हुँदा गर्मी केही कम हुने मौसमविद्को पूर्वानुमान छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । उनका अनुसार वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ । र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने उनले बताए । ‘भोलि अपराह्नमा नेपालको काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुने सम्भावना छ । साथै तापक्रममा उल्लेखनीय कमी पनि आउने हुँदा गर्मी घट्ने छ’, उनले भने । पछिल्ला केही दिनयता लुम्बिनी प्रदेशका तराईका जिल्लामा तापक्रम ...
भाइरल बनेको महाकाली नदीको पक्की पुल
समाचार, समाज

भाइरल बनेको महाकाली नदीको पक्की पुल

नेपालअखबार,महेन्द्रनगर। महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ। महाकाली पारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ। अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो बनाउन महाकालीको चार लेन पुल पुग्ने गरेका छन्। पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका–१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताए। 'फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो/भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो,' उनले भने, 'साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ।' पछिल्लो समय यहाँ फोटो र भिड...
बिहानै डोल्पामा भूकम्पको धक्का
समाचार, समाज

बिहानै डोल्पामा भूकम्पको धक्का

नेपालअखबार,काठमाडौं । डोल्पामा भूकम्प गएको छ । आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको छ ।यसअघि गोरखा भूकम्प गएको १० वर्ष पुगेकै दिन १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
जलवायु संकट: मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान
समाचार, समाज

जलवायु संकट: मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

नेपालअखबार,मुस्ताङ। पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु संकटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन्। कृषि र पशुपालन व्यवसायमा समेत जलवायु संकटले विभिन्न प्रकारका समस्या र चुनौतीहरू किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ। जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन्। घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चवर्षीय ऊर्जा सम्भावनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीयवासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी, कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकूल असर पुगेको बताएका छन्। घ रपझोङ र वारागुङ मुक्तिक्षेत्रमा जिआइजेट नामक संख्याले स्थानीय तहको पञ्चवर्षीय ऊर्जासम्बन्धी आधारभूत सर्वे...