Sunday, August 9

समाज

हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
समाचार, समाज

हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन

नेपालअखबार,पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट गुरुकुल विद्यासदन च्याम्पियन भएको छ । गुरुकुल विद्यासदनले हिसान गण्डकीको दोस्रो सस्करणका च्याम्पियन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथलाई १–० गोल अन्तरले हरायो । विद्यासदनलाई च्याम्पियन बनाउन सुमित मल्लले गोल गरे । त्रिवेणीले मदरल्याण्ड सेकेण्डरी स्कुललाई १–० र गुरुकुलले कास्की मोडनाइज स्कुललाई टाइब्रेकरमा ८–७ गोल अन्तरले हराउदै फाइनल प्रबेश गरेका थिए । तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताका लागि कास्कीबाट १० टिम छनौट भएका छन् । छनौट हुनेमा गुरुकुल विद्यासदन, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल, टप्स इङलिस बोडिङ स्कुल, मदरल्याण्ड सेकेन्डरी स्कुल, डाइमन्ड सेकेन्डरी स्कुल, जुनियर सिटिजन एकेडेमी, पोखरा युनाइटेड एकेडेमी, कास्की ...
ओझेलमा कञ्चनपुरको सुनदेवी ताल
समाचार, समाज

ओझेलमा कञ्चनपुरको सुनदेवी ताल

नेपालअखबार,कञ्चनपुर । चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस ताललाई सुनदेवी भन्ने गरिन्छ । शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ । वन क्षेत्रमा चिरबिर गर्ने विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित हुन्छ । हिँड्दै गर्दा नजिकबाट विचरण गर्दै गरेका चित्तल, बँदेल, बाँदर, दुम्सी र वन क्षेत्रमा उड्दै गरेका मयुर, लाटोकोसेरो, धनेसलगायत चरा देखेर प्रफुल्लित नहुने कोही हुँदैनन्। वन क्षेत्रमा फुलेका विभिन्न प्रजातिका फूलको सौन्दर्य पनि हेर्नलायक हुने गरेको छ । प्रचारप्रसार अभावमा यो क्षेत्र ओझेलमा परेको छ। यस क्षेत्रसम्म पुग्ने सडक अहिलेसम्म बन्न सकेको छैन। आन्तरिक पर्यटक तथा धार्मिकजनले पैदल नै यस क्षेत्रमा पुग्नुपर्ने बाध्यता छ। पूर्वपश्चिम राजमार्गको ...
जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन
समाचार, समाज

जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन

नेपालअखबार,महोत्तरी । जग्गा भन्ने कानुनी प्रमाण नभएका महोत्तरीका भूमिहीन अब जग्गाधनी प्रमाणपत्र  पाउने आशमा छन् ।  जिल्लामा सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले काम थालिएको बताएपछि अबचाहिँ लालपुर्जा पाइने आश भूमिहीन सुकुमबासीमा जागेको हो ।“आफ्नो भनेर पुस्तौँदेखि झुप्रोमा बसेका त छौँ, तर हामीसँग लालपुर्जा छैन”, भङ्गाहा–४ रामनगरको दलितबस्तीका जुगल सदा मुसहर भन्छन्, “अब गरिबलाई लालपुर्जा दिने रे भन्ने सुन्छौँ, त्यसो भए हामी पनि लालपुर्जावाला हुन्थ्यौँ ।” पछिल्लो पटक जिल्लामा भूमि समस्या समाधान आयोगका महोत्तरी अध्यक्ष पीताम्वर महतोले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिने तयारी थालिएको बताउनु भएपछि यी गरिबमा नयाँ आश जागेको हो । जिल्लामा यसअघि पनि कैयौँपटक यस्ता आयोग बने पनि जग्गाधनी प्रमाणपत्र नपाएका भूमिहीन यसपटक पनि हिस्स परिने हो कि भन्ने संशयमा...
‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान
समाचार, समाज

‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान

नेपालअखबार,पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि प्रेस चौतारी कास्कीले जनाएको छ । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको हो । सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि...
आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै
धर्म/संस्कृति, समाचार, समाज

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

नेपालअखबार ,काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा ब...
कैलालीमा नालामा लडेका एक जनाको मृत्यु
समाचार, समाज

कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

नेपालअखबार ,धनगढी । कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । बुधबार साँझ गौरीगंगा नगरपालिका-२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा भेटिएका थिए । मादक पदार्थ सेवन गरेको अवस्थामा लडेको भेटिएका चौधरीलाई उपचारका लागि निसर्ग हस्पिटल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए । बोहराका अनुसार चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।...
तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
समाचार, समाज

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

नेपालअखबार ,काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै विभागले शुक्रबार बिहान ...
काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ
प्रशासन, समाचार, समाज

काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ

नेपालअखबार ,काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौ‌ंको टोलीले एक जनालाई १४ वर्षपछि पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा ओखलढुंगा घर भई गोंगबु बस्ने ४५ वर्षीय पेशलराज बुढाथोकी छन्। उनीविरूद्ध वैदेशिक रोजगार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०६६ साउन १९ गते तीन वर्ष कैद र तीन लाख जरिवाना सुनाएको थियो। सोही साल फागुन २५ गते कारागार कार्यालय डिल्लीबजारमा पठाइएको थियो। तर उनी २०६७ साउन २९ गते फरार भएका थिए। त्यस समयदेखि फरार रहेका उनलाई काठमाडौंको विशेष टोलीले पक्राउ गरेको हो।...
महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
शिक्षा, समाचार, समाज

महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

नेपालअखबार ;पोखरा । पोखरा महानगरपालिका वडा नंंं ९, नयाँवजारमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव ,अभिभावक दिवस तथा पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भयो । सोही अवसर पारेर विद्यालयमा स्थापना गरिएको प्राथमिक स्वास्थ्य कोठा तथा स्तरोन्नति गरिएको पुस्तकालयको उद्घाटन समेत गरिएको छ । प्रमुख अतिथि सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै वाल्यकालको स्कुलको अवस्था सम्झदै आफुले पढेको विद्यालयले दिनप्रतिदिन प्रगति गरेको देख्दा खुशी लागेको वताए । उनले देशको शिक्षा निति धेरै पुरानो भएकोे कारण संघिय सरकारले शिक्षा ऐन परिमार्जन लागेको वताउँदै नयाँ शिक्षा ऐन लागु गरे पछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशका युवा लक्षित तथा माग वमोजिमको शिक्षा ऐन ल्याउने तरखरमा रहेको वताए । कार्यक्रमम...
सामाजिक सञ्जाल विद्येयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको मिडिया राइट्स नेपाल ठहर
समाचार, समाज

सामाजिक सञ्जाल विद्येयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको मिडिया राइट्स नेपाल ठहर

नेपालअखबार ,काठमाडौं । सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकका प्रावधानहरु प्रति मिडिया राइट्स नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको विद्येयकमा रहेका कतिपय प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार विरुद्ध रहेको मिडिया राइट्स नेपालले ठहर गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै उक्त संस्थाले विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रण गर्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पु¥याउने र स्वतन्त्र पत्रकारिताको व्यवसायीक दायरालाई समेत साघुँरो बनाउने  उल्लेख गरेको छ । मिडिया राइट्स नेपालका अध्यक्ष रमेश विष्टद्धारा जारी विज्ञप्तीमा भनिएको छ –‘विद्येयकका कतिपय दफामा व्यवस्था गरिएको चर्को आर्थिक दण्ड र जेल सजाँयले सञ्चार क्षेत्र र नागरिकहरुमा  अन्यौल र ...