Sunday, August 9

समाज

मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
समाचार, समाज

मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने

नेपालअखबार,पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) सोंथार बेँसी टारी बजार मेला हुने भएको छ । तेस्रो संस्करणको मेला फागुन १ र २ गते सम्म चल्ने छ । सोंथर बेँसी जाऔं, टारी बजार मेलामा सहभागी बनौं र त्यस आसपास क्षेत्रको कृषि पर्यटन प्रवर्धन गरौ भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला आयोजना गर्न लागेको मेला संयोजक तथा सोंथर बेँसी विकास समितिका प्रथम उपाध्यक्ष आस बहादुर गुरुङले जानकारी दिए । मेलामा कृषि कार्यक्रमहरु तर्फ गोरु जुधाइँ प्रतियोगिता, साथै गोरु प्रदर्शन एवं किनबेच साटासाट , खसी बोका बाख्रा, मह, घ्यु, आलु, तरकारी, माछा लगायत कृषि वस्तु तथा पशुको प्रदर्शन तथा किनबेच समेत हुने मेलाका सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका कार्यसमिति सदस्य नन्दलाल अधिकारीले जानकारी दिए । ...
सहकारी द्वारा निःशुल्क स्वास्थ्य शिबिर, पोखरा
समाचार, समाज, स्वास्थ्य

सहकारी द्वारा निःशुल्क स्वास्थ्य शिबिर, पोखरा

नेपालअखबार,पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि। को आयोजना तथा रिजनल हस्पिटल प्रा।लि। जिरो कि.मी. पोखरा को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा रिजनल हस्पिटलका डाक्टर तथा प्राविधिकहरुको सहयोगमा मुटु रोग तथा महिला प्रसुती तथा स्त्री रोग, सुगर, प्रेसर, ल्याब, ईको, इसिजि सेवा निःशुल्क सेवा प्रवाह गरिएको थियो । स्वास्थ्य शिविरमा अतिथिहरु ठकुरी महिला परिवार कास्कीको अध्यक्ष सरस्वती हमाल, ठकुरी भू।पू। परिवार कास्कीको पुर्व अध्यक्ष फम सिंह, ठकुरी युवा परिवार कास्कीको अध्यक्ष रमेश हमाल, रिजनल हस्पिटल प्रा.लि.को अध्यक्ष सबिन अधिकारी लगायतको उपस्थिति रहेका थियो । यसै गरी रिजनल हस्पिटलबाट बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. मनोज कोइरालाको नेतृत्वमा बरिष्ठ स्त्रीरोग तथा प्रसुती रोग बिशेषज्ञ डा. तारा गुरुङ शाही, वरि...
जुनेलो, फापर, गहत फलाउने किसान भएनन्
कृषि, समाचार, समाज

जुनेलो, फापर, गहत फलाउने किसान भएनन्

नेपालअखबार,गाइघाट। जिल्लाको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहतलगायत अन्नबाली हिजोआज खेती हुन छाडेको छ। ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा परम्परागत रूपमा खेती हुँदै आएको फापर, जुनेलो, गहत जस्ता अन्नबाली लगाउने किसानको कमी हुन थालेपछि लोप हुने अवस्थामा पुगेको हो। रौतामाई गाउँपाालिका–५ रामेटारका किसान पदमबहादुर मगरले २० वर्ष अगाडिसम्म गाउँमा गहत, जुनेलोको प्रशस्त उत्पादन हुने बताउँदै पछिल्लो समय खेती गर्नेको सङ्ख्यामा कमी आएपछि उत्पादन पनि नभएको उल्लेख गरे। पछिल्लो समय बजारसमेत पाउन टाडेको उनको भनाइ छ । रौतामाई–४ का किसान नेत्रप्रसाद खत्रीले भने, 'करिब १५–२० वर्ष अघिसम्म गाउँघरमा जुनेलो प्रशस्त उत्पादन गरेर बिक्री गर्दथ्यौँ । हिजोआज यसको खेती हुन छाडेपछि खान मन लागेमा अन्यत्र गएर किनेर ल्याउन बाध्य भएका छौं,' उनले भ...
बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए
समाचार, समाज

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

नेपालअखबार,बाँके । बाँकेमा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् । राप्तिसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप ३२ प्रजातिका चरा भेटिएका चरा संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए। ‘जिल्लास्थित राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा यो वर्ष ३२ प्रजातिका थप चरा भेटिएका हुन्’, उनले भने,’अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ चराको सङ्ख्या बढेको छ ।’ चौधरीले कान्तितालमा हिउँदे आगन्तुक पानी चरा २० प्रजाति र जिल्लाभरि ३२ प्रजातिका भेटिएका जानकारी दिए । जलचरा संरक्षणका लागि सिमसार नदीनालाको संरक्षण र अन्य पूर्वाधार व्यवस्थापन प्रभावकारी बनाउन सके चराको सङ्ख्या थप वृद्धि हुने उनको भनाइ छ । चराविद् र...
गोर्खा भूतपूर्व सैनिक संगठनले आन्दोलनलाई निरन्तरता दिने
समाचार, समाज

गोर्खा भूतपूर्व सैनिक संगठनले आन्दोलनलाई निरन्तरता दिने

नेपालअखबार,काठमाडौँ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्चको फैसला कार्यान्वयन गराउन आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । बिगेसोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गोर्खा सैनिक भर्ती सम्बन्धी सम्झौता अन्यायपूर्ण भएको ठम्याउँदै त्यसलाई सुधार्न सर्वोच्चले दिएको निर्देशनात्मक आदेश कार्यान्वयन गराउन आन्दोलनलाई निरन्तरता दिने जनाएको हो । ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको बिगेसोले जनाएको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट ताकेता पत्र पठाउँदा पनि आदेश कार्यान्वयन नगरेकाले निरन्तर प्रदर्शन गर्ने निर्णय भएको  ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष पदमसुन्दर लिम्बुले बताए । सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र बेलायतबिच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती...
सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोे दायित्वः प्रदेश प्रमुख भट्ट
समाचार, समाज

सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोे दायित्वः प्रदेश प्रमुख भट्ट

नेपालअखबार, पोखरा  । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभएको छ । तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसर पारी तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख भट्टले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभयोे । नेपालीबीच आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने यस पर्वले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको उहाँले बताउनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘हाम्रो विविधता र सांस्कृतिक परम्परा नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक म...
कार्यक्रममा बेहोस भएका कावासाेती नगरपालिकाका वडाध्यक्षको निधन
समाचार, समाज

कार्यक्रममा बेहोस भएका कावासाेती नगरपालिकाका वडाध्यक्षको निधन

नेपालअखबार,बुटवल । नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाको शनिबार निधन भएको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ३६ वर्षीय मिया शनिबार एमालेद्वारा गैँडाकोटमा आयोजित एक कार्यक्रममा सहभागी भएको बेला बेहोस भएका थिए ।बसिरहेको कुर्सीमा बेहोस भएपछि उपचारका लागि चितवन लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । युवा संघ नवलपुरको १० औँ अधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिएर कुर्सीमा आएर बसेका वडा मिया बेहोस भएका थिए। मियालाई दिउँसो २:३० बजे  चितवन मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी जेसी शाहले बताए ।...
चार महिनादेखि त्रिपालमुनिको बास
समाचार, समाज

चार महिनादेखि त्रिपालमुनिको बास

नेपालअखबार,धुलिखेल । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन्। बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि  विस्थापित भएपछि उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन्। प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन्।गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उनीहरू विचल्लीमा परेका हुन्। भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन्।अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि अब सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताए। त्रिपालले बेरेको बासस्थान अगाडि ढुङ्गा गाडेर बनाएको ओदानमा छोरीलाई नुहाउन पानी तताइ...
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
समाचार, समाज

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

नेपालअखबार,बागलुङ । अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले बिस्तारै सुगमतर्फ उन्मुख छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन् । सडकले प्रकृति र ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सामान्य भए पनि सहज भएको छ । कच्ची सडकका कारण बागलुङको दोस्रो ठुलो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि करिब दुई घण्टामा उपत्यका पुग्न सकिन्छ । राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका जोडिएको छ । रूपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएपछि अब विकट क्षेत्रमा समृद्धि आउने आश पलाएको छ । विसं २०६७ सालदेखि सुरू भएको सडक आयोजनाले ढोरपाटन उपत्यका जोडिएको हो । सडक आयोजनाको काम सुस्त गतिमा भए पनि ढोरपाटन तराईसँग सिधा जोडिएको छ । पहाडको एक कुनामा रहेको ढो...
रजत महोत्सव अवसरमा होली माउण्टमा निशुल्क दन्त शिविर
समाचार, समाज, स्वास्थ्य

रजत महोत्सव अवसरमा होली माउण्टमा निशुल्क दन्त शिविर

नेपालअखबार,पोखरा । पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्व सन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा अभिभावक र विद्यार्थी लक्षित गरी निशुल्क दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए । उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । माता मनकामना डेन्टल केयर पोखरा न्यूरोडको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा अभिभाव र विद्यार्थी गरी १ हजार १ सय जनाले सेवा लिएका प्रिन्सिपल न्यौपानेले जानकारी दिए । उक्त शिविरमा माता मनकामना डेन्टल केयरका मेनेजि· डिरेक्टर डि.एच युवराज पौडेल ‘अर्जुन’, डा.आफ्री वुन, डिएच लाल बहादुर थापा र असिस्टेन्ट प्रेमु गुरुङ दात परिक्षण गरेका थिए । म...