Monday, August 10

समाज

कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना
समाचार, समाज

कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना

नेपालअखबार ,मान्म ।कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका–२ भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो । गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर बजार पुग्नुपर्ने बाध्यता हटेको छ ।  शुभकालिका गाउँपालिका वडा नं २ का वडाध्यक्ष मनबहादुर शाहीले भने  “गाउँका नागरिकले यसअघि चामल लिनका लागि सदरमुकाम मान्म जानुपर्ने बाध्यता रहेको थियो । सदरमुकाममा खाद्यान्न लिनका लागि खाद्यान्नको भन्दा महँगो गाडी भाडा तिर्नुपर्ने अवस्था थियो । ” गाउँपालिकाको पहलमा केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने उनले जानकारी दिए। स्थानीय तहसँग मिलेर नागरिकलाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीको...
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
प्रशासन, समाचार, समाज

तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी

नेपालअखबार ,फुङ्लिङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलेको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् । टिपताला क्षेत्रको सहज पहुँचले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार सडक मर्मतसँगै अहिले धेरै यात्रु टिपताला क्षेत्र भ्रमण गर्न सवारीमार्फत आउन थालेका छन् । पहिले कठिन यात्राका रूपमा लिइने यो खण्डमा अहिले सहज रूपमा सवारीसाधन चल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । फक्ताङलुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिप्तालासम्मको खण्डमा खाल्डाखुल्डी पुर्ने, ह्युमपाइप राख्ने र नदी तथा खोल्साका भागलाई मर्मत गरिएपछि सवारी सञ्चालन सम्भव भएको हो ।...
ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन
समाचार, समाज, साहित्य \कला

ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन

नेपालअखबार ,पोखरा। नेपाल ह्योल्मो समाज सेवा समिति पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा ह्योल्मो भाषा तथा लिपिका बारेमा प्रशिक्षण प्रदान नगरिएको थियो । कास्की जिल्लाका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका प्रशिक्षार्थी सहभागी तालिमको उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङले समापन गर्नुभएको हो । उक्त अवसरमा उहाँले नेपालमा प्रचलित विविध भाषा, कला, संस्कृति र परम्परा सम्पूर्ण नेपालीहरूको अमूल्य साझा सम्पत्ति भएको उल्लेख गर्नुभयो । यसको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको सचिव गुरुङले बताउनुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश गीतसङ्गीत, भाषा र संस्कृतिमा समृद्ध रहेको जनाउँदै यसको जगेर्नाका लागि प्रति...
आगलागी नियन्त्रण नभएसम्म काभ्रेको बेथानचोक नारायणस्थानमा यात्रा नगर्न आग्रह
समाचार, समाज

आगलागी नियन्त्रण नभएसम्म काभ्रेको बेथानचोक नारायणस्थानमा यात्रा नगर्न आग्रह

नेपालअखबार ,काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा पर्ने ‘बेथानचोक नारायणस्थान क्षेत्र’मा यात्रा नगर्न आग्रह गरिएको छ । गाउँपालिकाले आगलागीको जोखिम भएको क्षेत्रभित्र सो मन्दिर परिसर पनि पर्ने भएकाले यात्रा नगर्न आग्रह गरेको हो । पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं. १, २, ३ र ५ का केही क्षेत्रहरू समेत जोखिममा रहेको जानकारी गराउँदै पालिकाले आगलागी नियन्त्रण नहुँदासम्म त्यस क्षेत्रमा नजान आग्रह पालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले विज्ञप्तिमार्फत् जनाएका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले प्रसिद्ध गन्तव्यस्थल मानिन्छ । बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ । उक्त मन्दिर महाभारत पर्वत शृङ्खलामध्ये काभ्रेको सबैभन्दा अग्लो र शृङ्खलाभरम...
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
समाचार, समाज

१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत

नेपालअखबार ,काठमाडौँ । वरिष्ठ गीतकार चाँदनी शाहसहित विभिन्न गायक–गायिका सम्मानित भएका छन् । स्वर किन्नरी तारादेवीको १९औैं पुण्य स्मृतिको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो । तारादेवी स्मृति फाउन्डेसनको आयोजनामा राष्ट्रिय नाच घरमा आयोजित ‘स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम’ कार्यक्रममा वरिष्ठ गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोकगायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपैयाँ र ताम्रपत्रसहित ‘स्वर किन्र्री स्मृति सम्मान २०८१’ बाट सम्मान गरियो । कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका–गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धासुमन व्यक्त गरे । कार्यक्रममा गायिका गीता पाण्डेले ‘सुनगाभा जस्तो जीवन’, ममता गुरुङले ‘रिमझिम रिमझिम’, प्राशन्ना शाक्यले ‘यो दाग पिरतीको’, बबिना भट्टराईले ‘तिमि तिरमा उभ...
हिउँ चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ
समाचार, समाज

हिउँ चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ

नेपालअखबार ,चितवन। हिउँ चितुवाको छाला र हड्डीसहित २ जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले हिउँ चितुवाको छाला र हड्डीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। शंकास्पद व्यक्तिहरुलाई पच्छाउँदै जाँदा मंगलबार साँझ ५ बजेतिर भरतपुर-१० मालपोत चोक नजिकैबाट नियन्त्रणमा लिइएको संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए। उनीहरुको विषयमा नियमानुसार अनुसन्धान सुरु गरिएको उनले बताए।...
बाँकेमा भेटिए बीस प्रजातिका चरा
समाचार, समाज

बाँकेमा भेटिए बीस प्रजातिका चरा

नेपालअखबार, नेपालगञ्ज । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताए । “ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ,” उनले भने । त्यसबाहेक तालतलैयाका क्षेत्रमा वनभोजस्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान सङ्कटमा परेको उनको भनाइ छ । खडखडे, सिलसिले हाँसलगायत जलचर चरा सर्वेक्षणका क्रममा भेटिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण तथा गणनाबाट बाँकेमा दुई सय ७६ चरा भेटिएका छन् । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले दुई दिनको अवधिमा चराविज्ञ जोशीसहितको ट...
पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै
समाचार, समाज

पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै

नेपालअखबार ,पाेखरा। पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै धार्मिक महोत्सवको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । महोत्सव आगामी फाल्गुन ९ गतेदेखी १५ गतेसम्म चल्नेछ । यस अघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । पर्यटकीय राजधानी पोखरा आउने पर्यटकको बसाई एक दिन लम्ब्याउने उद्देश्य अनुरुप साझको समयमा विशाल शिवको मुर्तिलाइ पर्दा बनाइ लेजर लाइट मार्फत शिवलिला प्रदर्शन गर्ने, कैलाश पर्वतदेखी सुमेरु पर्वतसम्म पहुँच विस्तार गर्न सिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तराष्टृय ध्यान केन्द्रमा इको साउन्ड नियन्त्रण गर्ने जस्ता ...
सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट
समाचार, समाज, साहित्य \कला

सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट

नेपालअखबार,काठमाडौँ । सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । उक्त प्रदर्शनीमा दर्ता भएका दुई दर्जन नाटकमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट भएका हुन् । प्रतियोगितामा सहभागी दुई दर्जन बढी नाटकमध्येबाट १४ वटा छनोट गरिएको बताउँदै महोत्सव संयोजक सविन न्यौपानेले दर्ता भएका सबै सहभागी नाटकलाई धन्यवाद दिनुभयो । उहाँले प्रतियोगी तथा अप्रतियोगी नाटकको वर्गीकरण गरिएको सूचनासहित महोत्सव तालिका आगामी माघ २२ गतेभित्र प्रकाशन गरिने जानकारी दिनुभयो । संयोजक न्यौपानेका अनुसार महोत्सवमा होलि एञ्जल्स पब्लिक स्कुलको ‘तारेभिर’, सनसाइन इङ्गलिस बोर्डिङ स्कुलको ‘स्याडो’, आकाशगङ्गा इन्टरनेसनल स्कुलको ‘रक्त पासो’, दर्शना स्कुलको ‘को चोर’, हिले माध्यमिक विद्यालयको ‘अभागी आरन’, भेलोसिटी स्कुलको ‘तुलसी’, समृद्धि स्कुलको ‘देउकी’ र ‘द अल...
तनहुँ जलविद्युत् आयोजनाले बनायो ‘गिद्ध आरामस्थल’
समाचार, समाज

तनहुँ जलविद्युत् आयोजनाले बनायो ‘गिद्ध आरामस्थल’

नेपालअखबार,तनहुँ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ। वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक खम्बा जडान गरेको छ। हरेक खम्बामा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ। फलामको आर्मका कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिइ सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ। खम्बाको टुप्पोमा काठको ढकनी लगाइएको छ। त्यसमा गिद्ध सुरक्षित रुपमा बस्न सक्नेछन्। आहाराका लागि आउने र खाएपछि गिद्धलाई आराम गर्नका ...