Monday, August 10

समाज

पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार
समाचार, समाज

पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार

नेपालअखबार,पर्वत। पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ। लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका २१६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो। कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो। गत जेठदेखि सबै घुरधुरीमा सहज रुपमा खानेपानी पुगेको समाजसेवी नरसिंह पुनले जानकारी दिए। पुनका अनुसार २११ घर, एक विद्यालय र चार वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ। यो योजनाबाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएको उनले बताए। उक्त खानेपानी आयोजनाको यही माघ १५ गते उद्घाटनको कार्यक्रम रहेको आयोजना प्रमुख पुनले जानकारी दिए। खानेपानी योजना एक करोड ३६ लाख ५८ हजार ५६० को लागतमा सम्पन्न भएको हो। जसमध्ये १...
तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै
समाचार, समाज, स्वास्थ्य

तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै

नेपालअखबार,तनहुँ ।  जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपीभी खोप लगाउन लागिएको हो । एचपीभी खोप अभियान यही माघ २२ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा अभियान सञ्चालन गरिने छभने दोस्रो चरणमा माघ २७  देखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । कार्यालय  प्रमुख अधिकारीका अनुसार विद्यालय जाने कक्षा ६ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सय गरी १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाइनेछ । भानु नगरपालिकाका एक...
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
विदेश, समाचार, समाज

टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए । आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो । अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो । आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो । स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन ।टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन् । उनले यो घटनाबाट सरकार दुःखी भएको...
पोखराका पत्रकार पौडेललाई राष्ट्रिय डेरी पत्रकारिता सम्मान
समाचार, समाज

पोखराका पत्रकार पौडेललाई राष्ट्रिय डेरी पत्रकारिता सम्मान

नेपालअखबार,पोखरा । आर्थिक आवाज अनलाइन तथा आर्थिक आवाज म्यागेजिनका प्रकाशक तथा सम्पादक सुरेन्द्र पौडेल राष्ट्रिय डेरी पत्रकारिता २०८१, बाट सम्मानित हुनुभएको छ । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारण तथा स्थापना दिवसको अवसरमा सम्पादक पौडेललाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको हो । सम्पादक पौडेलले पत्रकारिताको माध्यमबाट दूध तथा दुग्धजन्य वस्तुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको योगदानको कदर गर्दै सम्मान गरिएको एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बताउनुभयो । सम्पादक पौडेलले आफूलाई उत्कृष्ट राष्ट्रिय डेरी पत्रकारिता पुरस्कारबाट सम्मान गरेकोमा नेपाल डेरी एसोसिएसन परिवारलाई धन्यवाद दिदै दूध र दुग्धजन्य क्षेत्रको प्रवद्वनमा यसरी नै आगामी दिनमा पनि सक्रिय रुपमा पत्रकारिता गरिरहने प्रतिवद्धता जनाउनुभयो ।यसैगरी कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्...
एक सिपाही एक घर कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीलाई ३० लाखसम्म ऋण
प्रशासन, समाचार, समाज

एक सिपाही एक घर कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीलाई ३० लाखसम्म ऋण

नेपालअखबार,काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘एक सिपाही एक घर’ कार्यक्रमलाई निरन्तरता दिएको छ । सो कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूले ग्लोबल आइएमई बैंकबाट ३० लाखसम्म ऋण पाउने भएका हुन् । २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपाने र ग्लोबल आइएमई बैंकका नायव कार्यकारी निर्देशक सुमन पोखरेलले सझौतापत्रमा हस्ताक्षर गरेका छन् । संगठनको जमानीमा ५ देखी ३० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्नेगरी ग्लोबल आइएमई बैंकसँग सम्झौता भएको डीआईजी कुमार न्यौपानेले बताए । उनले भने, ‘छोटो अवधिमा जागिर छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले यो कार्यक्रम ल्याएका हौँ ।’ सम्झौता अनुसार सशस्त्रका कर्मचारीले ३० वर्ष अवधिको लागि घर बनाउन ऋण पाउँछन् । गतवर्ष सशस्त्रले वाणिज्य बैंकसँग १५ लाखसम्म ऋण लिनेगरी सम्झौता गरेको थियो । वाणिज्य बैंकसँगको स...
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान
शिक्षा, समाचार, समाज

कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमवार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको हितका लागि भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र शिक्षिका सृजना महतलाई कालिका वर्ष सम्मान २०८१ प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सांसद भीम कार्कीले शिक्षा सुधारका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । उनले आजका विद्यार्थीलाई माटो चिनाउन सकियो भने संसारका जुनसुकै कुनामा पुगे पनि देशलाई सम्झन सक्ने भनाइ राखे । प्रविधियुक्त शिक्षा दिनु आजको आवश्यकता भएकाले राष्ट्रिय शिक्षा नीतिमै त्यसको व्यवस्थापन हुनुपर्नेमा उनको जोड थियो । ‘२०२८ को शिक्षा ऐनले आजको शिक्षाल...
महोत्तरीको मटिहानी-४का सिंगो ‘मुसहर बस्ती’ नै शौचालयविहीन
समाचार, समाज, हाइलाइट-समाचार

महोत्तरीको मटिहानी-४का सिंगो ‘मुसहर बस्ती’ नै शौचालयविहीन

नेपालअखबार,जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् । स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन । यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन् । यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरूष तथा बालबालिका सबै गरेर तीन सय ७० जनाको जनसङ्ख्या रहेको छ । यहाँ बसोबास गर्ने सबै जना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन् । बस्तीकै ५० वर्षीय शङ्कर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबु, बाजे पालादेखि नै सपपरिवार खुलामै शौच गर्दै आएको ब...
विपिनकी आमा भन्छिन्– पहिलो चरणमै छुट्छ भन्ने आश थियो, फेरि युद्ध हुन्छ कि भन्ने डर छ
समाचार, समाज

विपिनकी आमा भन्छिन्– पहिलो चरणमै छुट्छ भन्ने आश थियो, फेरि युद्ध हुन्छ कि भन्ने डर छ

नेपालअखबार,काठमाण्डौं ।हमास–इसराइल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन्। हमास–इसराइल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो। युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ। मलिन अनुहारमा विपिनका आमा पदमाले भनिन्, ‘युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ।’ उनले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताइन्। ‘युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन,’ आमा पदमाले भनिन्, ...
“ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…
समाचार, समाज, साहित्य \कला

“ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…

नेपालअखबार,काठमाण्डौं । वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमविच उनको पुस्तक लोकार्पण भएको हो।यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ। कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री एस.पि.कोइराला,वरिष्ठ गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा देवकोटा,वरिष्ठ गीतकार अमर बान्तु,वरिष्ठ सास्कृतिक विद भक्त राई,माननीय हेमराज राई,वरिष्ठ गीतकार श्रवण मुकारुङ,वरिष्ठ गायक दिलेन्द्र मुकारुङ,वरिष्ठ गीतकार शितल कादम्बिनी,चर्चित कवि गीतकार चन्द्र रानाहोङछा,चर्चित गीतकार बिपिन किरण लगायत रहेका थिए। करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह...
मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण
समाचार, समाज

मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

नेपालअखबार,सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो। पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं. ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । सामाजिक उत्तरदायित्व अन...