Sunday, April 26

समाज

निबुवा र कागतीको भाउ घट्यो
कृषि, समाचार, समाज

निबुवा र कागतीको भाउ घट्यो

नेपालअखबार,काठमाडौं । स्थानीय बजारमा निबुवा र कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार निबुवा र कागतीको भाउ घटेको देखाएको हो । सोमबार निबुवाको भाउ प्रतिकिलो थोकमा १० रुपैयाँ घटेको छ । हिजो आइतबार निबुवा प्रतिकिलो औसत ६५ रुपैयाँमा किनबेच भएको थियो । सोमबार भने किलोको ५५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै कागतीको भाउ पनि प्रतिकिलो ५ रुपैयाँ घटेको छ । हिजो प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको कागती आज प्रतिकिलो ८५ रुपैयाँ कायम छ ।...
प्रहरी सहायक हबल्दार बुद्धनगरमा मृत फेला
समाचार, समाज

प्रहरी सहायक हबल्दार बुद्धनगरमा मृत फेला

नेपालअखबार,कामाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन् । आज बिहान नयाँबानेश्वर बुद्धनगरस्थित डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा मृत फेला परेका हुन् । घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन् । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । सहायक हबल्दार थापाको मृत्युबारे अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।...
शीतलहरसँगै धमाधम विद्यालय बन्ध
शिक्षा, समाचार, समाज

शीतलहरसँगै धमाधम विद्यालय बन्ध

नेपालअखबार, महोत्तरी । शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् । पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आजदेखि जाडो बिदाको सूचना आइतबार साँझ नै जारी गरेका छन् । सूचना जारी गर्ने स्थानीयतहले एक दिनदेखि पाँच दिनसम्म बिदा रहने जनाएका छन् । बर्दिबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखाले आज एक दिन मात्र जाडो बिदाको सूचना जारी गरेको छ । “भोलि मङ्गलबार तमु ल्होसार पर्वको सार्वजनिक बिदा नै छ, आज र भोलिसम्म मौसम सुध्रिनसक्ने आसले जाडो बिदा एक दिनमात्र भनेका हौँ” शिक्षा शाखा प्रमुख उपसचिव रेवतीप्रसाद पराजुलीले भने, “त्यसपछि मौसमअनुसार फेरि निर्णय गरिने छ ।” अधिकांशले भने तीन ...
आगलागीमा परेर २ जनाको मृत्यु, ९ घाइते
समाचार, समाज

आगलागीमा परेर २ जनाको मृत्यु, ९ घाइते

नेपालअखबार, काठमाडौं । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएका छन्। अधिकांश घटना आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले दैनिक नै आगलागीका घटना हुने गरेको जानकारी दिए। उनका अनुसार हुम्लाको खर्पुनाथ गाउँपालिकामा–२ स्थित एक घरमा अचानक आगलागी हुँदा एक बालकको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। यस्तै, मधेस प्रदेशको धनुषास्थित महादेव गाउँपालिका–२ की २२ वर्षीया महिलाको ग्यासमा पानी तताउने क्रममा आगलागीमा परेर मृत्यु भएको छ। उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो। सुनसरीको भोक्राहामा घूर बालेर आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा एक महिला घाइते भएकी छिन्। यस्तै सप्तरी...
निर्वाचन आचारसंहिता स्वीकृत
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

निर्वाचन आचारसंहिता स्वीकृत

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरुबारे सार्वजनिक जानकारी गराएको छ। आयोगको वेबसाइटमा आज प्रकाशित आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचारसंहितामा विगतमा झैँ कतिपय बुँदालाई परिमार्जन गरी नयाँ आचारसंहिता तयार गरेको हो। आयोगले आचारसंहिताको मस्यौदामा प्राप्त सुझावलाई समेटेर स्वीकत गेरको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थ...
मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
अपराध, समाचार, समाज

मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

नेपालअखबार, विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०:३० बजेतिर प्रहरीलाई देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई भारतीय भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो । प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ ।मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको पुष्टि गरे ।...
झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार
समाचार, समाज

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

नेपालअखबार,झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ । आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए । आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले रु ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने पुँजीगततर्फ रु ३२ लाख ६६ हजार ३४८ आम्दानी गरेको छ । शाखाको समग्र सम्पत्ति रु दुई करोड २६ लाख ७१ हजार ११८ रहेको र आश्रमको अक्षयकोषमा रु दुई लाख ५२ हजार ८८०, नगद मौज्दात रु २१ हजार १८९...
खरबारी सुन्तला बगैँचामा परिणत
कृषि, समाचार, समाज

खरबारी सुन्तला बगैँचामा परिणत

नेपालअखबार,म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रुपान्तरण गरिएको हो । सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ । अगुवा किसान ओम गिरीले विगतमा खाद्यबाली लगाउने र पशुका लागि खरघाँस पाइने खरबारी रहेको पाखोमा स्थापना गरेको सुन्तलाले उत्पादन दिन थालेपछि अवस्था फेरिएको बताए । “पाँच सय सुन्तलाका बोट भएको मेरो बगैँचाबाट यसपालि करिब रु ११ लाखको सुन्तला बिक्री भयो”, उनले भने, “पहिले एक पाथी कोदो फल्ने बारीको पाटामा लगाएको सुन्तलाबाट रु एक लाख आम्दानी भयो ।” गिरीका अनुसार सुन्तलाले बजार पाउन थालेपछि पछिल्लो समय घरवरपरको पाखोमा खरबारीमा झाडी फाडेर पनि बगैँचा विस्तार गर्ने क्रम बढेको छ । भेडाबा...
रुकुम पश्चिमकाे चौरजहारीमा घरको जग खन्ने क्रममा सकेट बम फेला
समाचार, समाज

रुकुम पश्चिमकाे चौरजहारीमा घरको जग खन्ने क्रममा सकेट बम फेला

नेपालअखबार,रुकुमपूर्व । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ। स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम फेला परेको हो। जग खन्ने क्रममा जमिन मुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए। लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु  सकेट बम  जस्तो देखिएको छ। ‘स्थानीयको सूचना पाउनासाथ हाम्रो टोली पुगेर घटनास्थललाई सुरक्षित घेरामा राखेको छु’, पुनले भने । उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको छ। राति भइसकेकाले सुरक्षा...
तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग
समाचार, समाज

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

नेपालअखबार,पोखरा । तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ। तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो। औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ निसिखोलाका राज लोप्चन तामाङ, रुपा २ का डिलबहादुर गुरुङ, पोखरा २९ की मिना नेपाली, खिलाङ गुरुङ समाजका भेषराज गुरुङ खिलाङ गुरुङ, स्याङजा गल्याङकी कलावती पौडेल, ताङतिङ दुधपोखरी तमु समाजकी संगिता गुरुङ र हिमाली गुरुङ परिवार लमजुङ इलमपोखरीकी ड...