Thursday, August 13

समाज

जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने
विश्व, समाचार, समाज

जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने

नेपालअखबार, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ । कोप–२९ आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुँदैछ । यो सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषय छलफलको सबैभन्दा प्राथमिक सूचीमा रहेकाले पनि यस सम्मेलनलाई फाइनान्स कोप भनिएको हो । वन तथा वतावरण मन्त्रालयको जलवायु परिवर्तत व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले कोप–२९ मा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ विषयलाई अन्तिम रुपम दिने र रकमको स्रोतसमेत निर्धारण गर्ने काम हुने भएकाले यो सम्मेलन जलवायु वित्तका दृष्टिकोणले महत्वपूर्ण हुने बताए । ‘जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्यूजी) ला...
जापानमा एक्लोपनको गम्भीर समस्या: छ महिनामा करिब ४० हजार मानिसहरू घरमा एक्लै मरे
विश्व, समाचार, समाज

जापानमा एक्लोपनको गम्भीर समस्या: छ महिनामा करिब ४० हजार मानिसहरू घरमा एक्लै मरे

नेपालअखबार,   टोकियो । जापानमा यो वर्षको पहिलो छ महिनामा करिब ४० हजार मानिसहरू घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीको प्रतिवेदनमा दिइएको हो । राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब ४ हजार जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको थियो भने १ सय ३० जनाको शव झण्डै एक वर्षदेखि बेपत्ता रहेका थिए । संयुक्त राष्ट्रसंघका अनुसार हाल जापानमा सबैभन्दा बढी वृद्ध जनसङ्ख्या रहेको छ । अनि एक्लोपन पनि त्यहाँ एक गम्भीर समस्या हो। जापानी प्रहरी एजेन्सीले प्रतिवेदनले देशमा एक्लै बस्ने र एक्लै मर्न बाध्य हुने वृद्धवृद्धाहरूको समस्यालाई उजागर गर्न मद्दत गर्ने आशा गरेको छ। राष्ट्रिय प्रहरी एजेन्सीको तथ्याङ्क अनुसार घरमा एक्लै बस्ने करिब ३७ हजार २२७ व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यी मध्ये ७० प्रतिशत व्यक्ति ६५ वा माथिका थिए। करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला ...
कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र
समाचार, समाज

कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र

नेपालअखबार, कालिकोट । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको सङ्ख्याका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् । कालीकोट शुभकालिकाका गाउँपालिका–१ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी नेपालीले भने, “पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ । यही भदौ १२ गते बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडक खण्ड आज बेलुकासम्म खुलाउने प्रयासमा...
तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी
पर्यटन, समाचार, समाज

तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

नेपालअखबार, दमौली । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको ६ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । व्यास नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय गर्न भनिएको गैरेले बताए । व्यास नगरपालिका–११ का पूर्ववडाध्यक्ष निरबहादुर खड्काले लामो समयको प्रयासपछि अब यस ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको बताए । उनले भन...
चट्याङ पर्दा तीन जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै
समाचार, समाज

चट्याङ पर्दा तीन जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

नेपालअखबार, खोटाङ । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पु¥याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ । तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए । “चट्याङले बेहोस बनेका तीनैज...
विश्वमै दुर्लभ डङ्गर गिद्धको कञ्चनपुरमा भेटिए एक सय चौध गुँड
समाचार, समाज

विश्वमै दुर्लभ डङ्गर गिद्धको कञ्चनपुरमा भेटिए एक सय चौध गुँड

नेपालअखबार,कञ्चनपुर । विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन् । निकुञ्जसँगै त्यसको आसपासका क्षेत्रमा डङ्गर प्रजातिका गिद्धका एक सय १४ गुँड रहेको नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार डङ्गर प्रजातिका गिद्धको निकुञ्जको भतपुरीफाँटामा ८२, तारापुरमा १७, निकुञ्ज बाहिरको बन्साहमा छ, पर्सियामा आठ कञ्जमा एकवटा गुँड लगाएको पाइएको छ । “विगतको तुलनामा गिद्धले बढी गुँड लगाएका छन्,” उनले भने, “वर्षौंदेखिको संरक्षणको कार्यको प्रभाव देखिन थालेको छ, निकै उत्साहित छौँ ।” डङ्गर गिद्धसँगै अति सङ्कटापन्न अवस्थामा रहेको सानो खैरो गिद्धले पनि गुँड लगाएर बच्चा हुर्काउन थालेका छन् । निकुञ्जको भतपुरीफाँ...
मनाङमा भूकम्पको धक्का
समाचार, समाज

मनाङमा भूकम्पको धक्का

नेपालअखबार, काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहानि तीन बजेर ४७ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन भएको छ ।
विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान
अपराध, समाचार, समाज

विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

नेपालअखबार, पाेखरा । विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।  गत साउन १६ गते अंन्दाजी बिहान ०१:४५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ नारेश्वर स्थित डाक्टर थानेश्वर पहारीको घर भाडामा लिई मुक्तिनाथ सपिङ सेन्टर संचालक आफ्नै पसलमा आगो लगाएका थिए  । जिल्ला स्याङ्जा आधिखोला गाउँपालिका वडा नं.६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ ड्यामसाईड बस्ने वर्ष ३६ का सुजन गहतराजले बिमाको रकम दाबी गर्नको लागि आफ्नै पसलमा आगो लगाएका थिए । पसलमा आगो लागेकाे घटनालाई  जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्दा मुक्तिनाथ सपिङ सेन्टर संचालक सुजन गहतराजले  आफैले नै आगो लगाएका खुलेपछि पक्राउ गरेको थियो । घटनामा संलग्न  सुजन गहतराज र जिल्ला स्याङ्जा पुतली बजार न.पा.वडा नं.७ स्थायी घर भई ह...
सामाजिक विकृति विरुद्ध तीज गीत प्रतियोगिता
समाचार, समाज

सामाजिक विकृति विरुद्ध तीज गीत प्रतियोगिता

नेपालअखबार, पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले सामाजिक विकृति विरुद्ध तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजमा रहेका विकृति विसंगति न्युनिकरण गर्न खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा लागुऔषध सुधार आमा समुहले प्रथम स्थान हासिल गरेको छ । विषय वस्तुमा आधारित हुँदै प्रस्तुति दिएको समुहले ४ सय अंकमा २८० अंक प्राप्त गर्दै प्रथम भयो । सो समुहले नगद २५ हजार रुपैयाँ हात पारे । यस्तै २७८ अंकका साथ सक्षम अभियान नेपाल दोस्रो हुँदै १५ हजार रुपैयाँ प्राप्त ग¥यो । एकलधारा सिर्जनशिल समुह तेस्रो हुँदै १० हजार तथा धरहरा आमा समुहले सान्त्वना स्थान हासिल गर्दै पाँच हजार रुपैयाँ प्राप्त ग¥यो । भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी संघका प्रमुख डीआइजी दुर्गा सिंह, प्रदेश...
दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा उत्कृष्ट १० छनौट
शिक्षा, समाचार, समाज

दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा उत्कृष्ट १० छनौट

सन्देश श्रेष्ठ, पोखरा । पोखरामा भईरहेको ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सभागृह हलमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था रहेको फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल राउण्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्याश्रम, ग्लोवल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुल छनौट भएको पोखरा सांगीतिक कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । शुक्रबार भएको सेमीफाइ...