सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
नेपालअखबार,काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत छ ।
१ हजार १२६ मिटर लामो सुरुङ बनिसकेको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ ।
सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाल लगायतका संरचना निर्माणाको काम जारी छ । यस आयोजना अन्तर्गत समग्रमा २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्ने छ ।
पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण गर्न भने बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थाल्ने आयोजनाले जनाएको छ ।
सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाल लगायतका संरचना निर्...










