Sunday, April 26

समाज

अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित,मितव्ययी बनाउन प्रयासरत रहने :अध्यक्ष मोख्तार अहमद
समाचार, समाज, हाइलाइट-समाचार

अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित,मितव्ययी बनाउन प्रयासरत रहने :अध्यक्ष मोख्तार अहमद

नेपालअखबार, काठमाडौं। नेपालबाट हज यात्रा जान चाहनेका लागि अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयासरत रहने अध्यक्ष मोख्तार अहमदले बताउनु भयो । हजयात्राको क्रममा आवस र मोअल्लिमको खर्च विगतमा भन्दा यस वर्ष रु दुई सय सउदी रियाल कम गरिएको अध्यक्ष अहमदले जान्कारी दिनु भयो । वर्तमान अवस्थामा विश्वमा नै महंगी बढ्दै गएको भएता पनि जति सक्दो कमदरमा हजयात्रा सफल पार्न लागि परेको बताउदै विगतमा आवासका लागि रु २५५० सउदी रियाल लिएको थियो भने यसपटक रु २४५०  सउदी रियालमा मात्रै सम्झौता गरिएको छ । मोअल्लिमसंग गत बर्ष रु २४५० सउदी रियालमा यसवर्ष रु२३५० सउदी रियालमा मात्रै सम्झौता भएकोगरिएको छ । मोअल्लिमसंग गत बर्ष भन्दा 100 सउदी रियाल कम गराएर एग्रिमेन्ट गरेको र मिना क्याम्पमा नेपाली हाजीहरु सधैं D लेभेलको सुबिधा पाउने गरेकोमा यस बर्ष D+ लेभेलको पाउने...
कानुन दोषरहित हुन्छ भन्न सकिँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
समाचार, समाज

कानुन दोषरहित हुन्छ भन्न सकिँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जनतालाई तगारोका रुपमा नभइ सहजीकरणका लागि बनाइनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा काठमाठौंमा आयोजित तीन दिने कानुन निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानुन निर्माणको कुरा जटिल रहेको भन्दै जटिलताको बीचमा सहजता र सरलता खोज्नुपर्ने बताए । ‘नागरिकले लाभ लिनसक्ने अवस्थामा कानुनहरू तर्जुमा हुनुपर्छ । कानुनहरू बनाउने र टेबुलमा थन्क्याउने यो कानूनको उद्देश्य होइन । नीति, निर्देशिका, कार्यविधि, ऐनहरू पनि धेरै बनेको देख्छु, ती कानुनहरू कति कार्यान्वयन भए, जनतालाई कति सुनाइयो, भन्ने मौका पाए पाएनन्,’ उनले भने, ‘सरलीकृत रुपमा जनतालाई बुझाउने प्रयास भयो की भएन ? सरलीकृत नभए संशोधन गर्नुपर्छ । एक पटक बनाएर कुनै ऐन पूर्ण हुन सक्दैन । जतिसुकै वर्ष...
हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
समाचार, समाज

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव

नेपालअखबार,भक्तपुर । विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको अभाव हुन थालेपछि उपत्यकामा कार्यरत नेपाल प्रहरीका विभिन्न शाखा तथा सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । उनीहरूलाई राख्ने व्यवथा मिलाउन समस्या हुन थालेकाले सहयोग गर्न अनुरोधसमेत गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले बालबालिकाका लागि सुरक्षित आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले कानुनको विवादमा परेका बालबालिकासम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउने विषयमा सबैको ध्यान जानुपर्ने बताइन् । सदस्य सचिव ढकालले भनिन्, “हिंसा एवं पीडामा परेका बालबालिका, किशोरीलाई उद्धारपछि राख्ने सुरक्षित आवास अत्यावश्यक छ । यसबारेमा मन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ, एक प्रदेशमा कम्तीमा एक सुरक्षित आवास गृह आवश्यक छ । नयाँ आउनुभएका मन्त्रीसँग यसबारेमा...
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्
समाचार, समाज

तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्

नेपालअखबार,तनहुँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूको खोजी कार्र्य तीव्र बनाइएको छ । केही कैदीबन्दीहरू आफू खुसी कारागार फर्किने गरे पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । त्यसैगरी जेनजी आन्दोलनमा कारागारबाट फरार रहेका जिल्ला गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय सुमन परियालाई बिहीबार पक्राउ गरिएको छ । नकवजनी चोरी मुद्दाको कैदी परियारलाई तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि कारागार पठाइएको उनले बताए ।...
बङ्गलादेशको अखबार भवनमा आगजनी, २५ जना पत्रकारको उद्धार
विदेश, समाचार, समाज

बङ्गलादेशको अखबार भवनमा आगजनी, २५ जना पत्रकारको उद्धार

नेपालअखबार,ढाका ।  ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले आगो लगाउँदा कार्यलयमै फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको छ । बिडी न्यूजका अनुसार आक्रोशित भीड शुक्रबार अखबारको कार्यालयमा आइ आगो लगाउनु अघि तोडफोड गरी नारा लगाएको र आगो लगाएको जनाइएको छ । भिडले उनीहरूको बाटो अवरुद्ध गरेको कारण केही समयका लागि अग्निशमन सेवा भवनमा पुग्न नसकेको पत्रकारहरूलाई उदृत गर्दै बिडी न्यूजले जनाएको छ । फोन र सामाजिक सञ्जाल मार्फत सहयोग र ज्यान बचाउन आग्रह गर्दै छतमा भागेको र दमकलकर्मीहरू अन्ततः घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइ उद्धार गरेको उनीहरुलाई उदृत गर्दै बिडी न्युजले जनाएको छ । बिडी न्यूजका अनुसार घटना स्थलमा सुरक्षाको लागि सेना तैनाथ गरिएको छ । पछि न्यु एजका सम्पादक नुरुल कबिर सँगै पत्रकारहरूलाई बाहिर निकाल्दै सैनिकह...
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
प्रशासन, समाचार, समाज

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

नेपालअखबार,काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्तु शिवराज नगरपालिका-५ घर भई हाल काठमाडौँ-३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५ बस्ने २५ वर्षीय साइरज सुवेदी पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनले भने, “पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै रु १९ लाख, विश्वकर्माले क्यानडा पठाइदिने भन्दै रु १९ लाख र सुवेदीले अमेरिका पठाइदिने भन्दै रु ११ लाख १४ हजार ५०० सय लिई विदेश नपठाएर सम्पर्कविहीन भएका उजुरीको आधारमा पक्राउ गरिएको हो ।”पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथ...
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
समाचार, समाज

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

नेपालअखबार,मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले/चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुई वटा विद्युत् सवस्टेसन निर्माण सुरु गरेको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङमा ३३ केभिए विद्युत् प्रसारण लाइन तथा सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको हो । उनीसहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले बिहीबार मुस्ताङको चैले र चराङमा पुगेर सवस्टेसन निर्माण क्षेत्रको स्थलगत अवलोकन तथा सर्वे गरे । भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा देवयान्स-भिसान जेभीले रु ३८ करोड लागतमा ठेक्का सम्झौता गरेको आयोजना प्रमुख विमल...
हुम्लामा जंगल क्षेत्रमा ३५ भेँडा मरे
समाचार, समाज

हुम्लामा जंगल क्षेत्रमा ३५ भेँडा मरे

नेपालअखबार,हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिका–१ काडाँगाउँको लामासैना लेकमा चराउन लगिएका ३५ भेँडा मरेका छन् । लामासैना जंगल क्षेत्रमा भेँडाहरु मरेका ताजाँकोट गाउँपालिका–१ बिरबल खड्काले जानकारी दिए । उनका अनुसार ताजाँकोट–१ कै सीपी रिठालका भेँडा पनि मरेका छन् । भेँडा मर्नुको कारण खुलेको छैन । तर विषालु खानेकुरा खाएर मरेको स्थानीयको अनुमान छ । भेँडा मर्दा लाखौंको क्षति भएको रिठालले बताए ।...
छविलाल जोशीले जमानत बुझाए
समाचार, समाज

छविलाल जोशीले जमानत बुझाए

नेपालअखबार,काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पूर्वडिआइजी छविलाल जोशीलाई पनि आफ्नो बिगो बराबरको धरौटी बुझाए छाड्न आदेश गरेको छ। बिहीबार अदालतका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारीको ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई छाड्न आदेश दिएको हो। रवि लामिछानेले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको रकम बुझाएर छुटिपाउन अनुरोध गरेका थिए। छविलालले पनि सोही प्रकृतिअनुसार निवेदन दिएका थिए। तर उनले रकम भने तोकेका थिएनन्। त्यसकारण उनले जिल्ला अदालत रूपन्देहीमा आफ्नो भागमा पर्ने बिगोको जमानत बुझाएर छुटिपाउन माग गर्नुपर्ने रजिस्ट्रार अमित उप्रेतीले बताए। ‘छविलाल जोशीको हकमा पनि सोही प्रकृतिको आदेश भएको हो। तर उहाँले बिगो बमोजिम आफ्नो भागमा पर्ने रकम किटान गर्नुभएको थिएन,’ उनले भने, ‘उहाँको त...
तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै
कृषि, समाचार, समाज

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

नेपालअखबार, तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रुपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण सङ्कलन सुरु गरेको हो । तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैँचा अवलोकनका साथै देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे किसानलाई जानकारी गराइएको बताए । अघिल्लो वर्षको सुन्तलामा यस वर्ष सुन्तला उत्पादन वृद्धि हुने अनुमान छ । बेनीकोटका किसान दलबहादुर थापाले केही वर्षयता सुन्तलाका बोटहरु सुक्दै जाने समस्या देखिएको बताए । उहाँका अनुसार बेनीकोटबाट यस वर्षमात्रै रु दुई करोड बढीको सुन्तला बिक्री भइसकेको छ । यहाँ १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । कार्यालयका अनुसा...