कृष्णभीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
नेपालअखबार, काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ।
भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध भएको छ।
सडक विभागले अवरूद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ।
विभागले प्राविधिक तथा भौगर्भिक विज्ञ सहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो।
पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताए।
उनले राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सञ्चालन गर्नेगरी काम अघि बढाइने जानकारी दिए।
विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म...









