Sunday, October 25

समाज

कोलकातामा दुर्गा पूजामा भागदौड मच्चिँदा १९ जनाको मृत्यु
समाचार, समाज

कोलकातामा दुर्गा पूजामा भागदौड मच्चिँदा १९ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित चोरबागान दुर्गा पूजामा शनिबार साँझ भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्। पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीले घटनाबारे जानकारी दिँदै कलकत्ता उच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली (एसआइटी) गठन गरी छानबिन गरिने बताएका छन्। शनिबार साँझ करिब ७:३० बजे उत्तर कोलकाताको लोकप्रिय दुर्गा पूजा स्थल चोरबागानमा भागदौड भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुर्गा पूजाको सातौं दिन सप्तमीका अवसरमा साँघुरो गल्लीबाट भीड अघि बढ्ने क्रममा घटना भएको हो। भारी वर्षाका कारण सडक चिप्लो बनेको थियो। हावडा पुलबाट दुई किलोमिटरभन्दा कम दूरीमा रहेको चोरबागान कोलकाताका पुराना दुर्गा पूजा पण्डालमध्ये एक हो। प्रत्यक्षदर्शीका अनुसार वर्षाबाट ओत लाग्न खोज्दै मानिसहरू साँघुरो गल...
देशभर चिसो बढ्दै, जुम्लाको तापक्रम माइनसमा झर्‍यो
समाचार, समाज

देशभर चिसो बढ्दै, जुम्लाको तापक्रम माइनसमा झर्‍यो

नेपालअखबार,काठमाडौँ। देशभर चिसोको प्रभाव बिस्तारै बढ्न थालेसँगै न्यूनतम तापक्रम घट्दो क्रममा देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अधिकांश भू-भागमा चिसो बढ्दै गएको हो । आइतबार बिहान मापन अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा पछिल्ला तीन दिनदेखि तापक्रम निरन्तर घटिरहेको छ । यसअघि शुक्रबार १५.० डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम शनिबार घटेर १३.८ डिग्री पुगेको थियो । जुम्लामा तापक्रम माइनसमा महाशाखाले सार्वजनिक गरेको १७ वटा स्टेसनको विवरणअनुसार देशमै सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको छ । आइतबार जुम्लाको न्यूनतम तापक्रम माइनस ०.५ (–०.५) डिग्री सेल्सियसमा झरेको छ । जुम्लामा पनि चिसो तीव्र रूपमा बढिरहेको तथ्यांकले देखाउँछ; त्यहाँ शुक्...
फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
समाचार, समाज

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए

नेपालअखबार,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गरेका हुन् । उनले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गरेका थिए । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा भक्तजनको उपस्थिति रहने गरेको छ । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा छ ।...
सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा
समाचार, समाज

सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

नेपालअखबार, कास्की । सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत पृथ्वीराजमार्गमा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ नयाँ पुल निर्माण भइरहेका छन् । अपस्ट्रिम र डाउनस्ट्रिम नामका दुवै पुल १९० मिटर लम्बाइका छन् । पुल निर्माणका लागि २०७९ साल भदौ २६ गते रु एक अर्ब सात करोडमा ठेक्का सम्झौता भएको थियो । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको जानकारी दिए । उनका अनुसार निर्माणका क्रममा देखिएका अवरोध हटिसकेकाले निर्धारित म्यादभित्रै काम सम्पन्न हुने अपेक्षा गरिएको छ । “पुल अब म्यादभित्रै सम्पन्न हुन्छ । काममा कुनै अवरोध छैन । घरटहराको मुआब्जालगायत विषयसमेत टुङ्गो...
आज फूलपाती भित्र्याइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज फूलपाती भित्र्याइँदै

नेपालअखबार, काठमाडौं । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने ...
मनसुनजन्य विपदबाट बेनीमा ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति
समाचार, समाज

मनसुनजन्य विपदबाट बेनीमा ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति

नेपालअखबार, काठमाडौँ । यस वर्षको मनसुनजन्य विपदबाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ। बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ। २४२ वटा घर पुनर्निर्माण गर्नुपर्ने  भएको छ। सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा  भएको छ। त्यहाँ दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। साथै, ३३ वटा गोठमा क्षति भएको छ। बेनी बजार संरक्षणका लागि गणेशटोलस्थित कालीगण्डकी नदीको किनारमा निर्माण गरिएको पक्की पर्खाल असोज ११ गतेको बाढीले भत्काएको छ। क्षतिग्रस्त सडक मर्मतका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको ७५ लाख बजेट अपुग भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा निर्णय गराएर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थप एक करोड बजेट माग गरिएको छ। बेनी नगरकी उपप्रमुख ज्योति लामिछानेले क्षतिग्रस्त सडकहरुलाई पुरानै अवस्थामा फर्काउ...
पोखरा–२८ ओख्लेभीर बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण
समाचार, समाज

पोखरा–२८ ओख्लेभीर बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण

नेपालअखबार, पोखरा। पोखरा महानगरपालिका–२८, ओख्लेभीरमा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी तथा स्थानीय नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न पोखरा महानगरपालिका–२८ ले वडा कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। २०८३ असोज २३ गते माझठानाबाट कालिकातर्फ जाँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा सडकबाट करिब २०० मिटर तल खस्दा चार जना विद्यार्थी र एक जना स्थानीय नागरिक गरी पाँच जनाको दुःखद निधन भएको थियो भने १९ जना घाइते भएका थिए। उक्त हृदयविदारक दुर्घटनाले समग्र पोखरा तथा स्थानीय समुदायलाई शोकमा डुबाएको छ। दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीहरू ममता तिवारी, अशिम कँडेल, सुवेच्छा तिवारी, रेनुका नेपाली तथा ६५ वर्षीय स्थानीय बाबुराम तिवारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभक...
कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
समाचार, समाज

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

नेपालअखबार,म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब रु एक करोड लगानी बाढीले बगाएर क्षति पुर्याएको अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । “तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत नौ वर्षदेखि रु एक करोडभन्दा बढी लगानी गरेर तयार पारेको पूर्वाधार ध्वस्त बनाएको छ”, उनले भने, “कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ ।” कालीगण...
नेपालीहरुको महान् पर्व दशै, तिहार, छठले आपसि सद्भाव, एकता कायम गरोस् : अध्यक्ष अली
धर्म/संस्कृति, समाचार, समाज

नेपालीहरुको महान् पर्व दशै, तिहार, छठले आपसि सद्भाव, एकता कायम गरोस् : अध्यक्ष अली

नेपालअखबार,काठमाडौं ।  मुस्लिम आयोगद्धारा नेपालीको महान् पर्व दशै, तिहार, छठ शुभकामा आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अध्यक्ष मुहम्मदिन अलीले सम्पूर्ण नेपालीका बिच आपसि सद्भाव, एकता, सन्देश सहित दुख शान्तिको कामना गर्दै शुभकामना व्यक्ति गर्नू भयो । अध्यक्ष अलीले हामी सबै नेपालीले एक अर्काको धर्म, संस्कारको सम्मान गर्दै आपसि भाईचार सधै कायम राख्नु पनेमा जोड्दिनु भयो ।  ...
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
समाचार, समाज

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

नेपालअखबार,तनहुँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ। तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो। नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने बुधबार सम्पन्न भएको हो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारीसाधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए। उक्त पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय, तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौतामार्फत काम गरेको थियो। पुल पुनःसञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर...