Monday, April 27

समाज

सरकार र बञ्चरेडाँडावासीबीच सहमति भएको ११ बुँदामा के छ?
समाचार, समाज

सरकार र बञ्चरेडाँडावासीबीच सहमति भएको ११ बुँदामा के छ?

नेपालअखबार,काठमाडौँ  । सरकार र बञ्चरेडाँडाका स्थानीयहरूबीच ११ बुँदे सहमति भएको छ। बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्थानीयबीचको छलफल ११ बुँदे सहमति सहित टुंगिएको हो। सरकार र स्थानीयबीच भएको सहमतिमा स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, इआइए प्रतिवेदन छिटो तयार गर्नको कन्सलटेन्ट कम्पनीलाई पत्राचार गरी सोको लिखित प्रतिबद्धता समेत लिने, आगामी आ.व. को बजेटमा इआइए प्रतिवेदन अनुसारको जग्गा अधिकरणको लागि आवश्यक बजेट विनियजन गर्ने कार्य अगाडि बढाउने सहमति भएको छ। त्यस्तै, बञ्चरेडाँडाको स्थानीयहरूका लागि तत्काल आ.व. २०८२/८३ को घर टहरा तथा बालीको मुआब्जा दिनको लागि काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने समझदारी भएको छ। का.म.न.पा.ले समेत १ महिनाभित्र बञ्चरे क्षेत्रको अति प्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रल...
पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच
समाचार, समाज

पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच

नेपालअखबार,काभ्रेपलाञ्चोक । काभ्रेको पनौती र रोशीका १२३ घर परिवारलाई खानेपानीको पहुँच विस्तार गरिएको छ । पनौती नगरपालिका–२ कुशादेवीस्थित बोलखे गाउँको ६० परिवार र रोशी गाउँपालिका–११ भिमखोरीको ६३ परिवारमा प्रदेश सरकार तथा विभिन्न संस्थाको सहयोगमा खानेपानी व्यवस्थापन गरिएको हो । बोलखे गाउँमा खानेपानी व्यवस्थापनपछि सुरक्षित खानेपानीयुक्त समुदायसमेत घोषणा गरिएको छ । स्वीस सरकार र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दिगो विकासका लागि नागरिक मञ्च (सिविक) फोरमको सहजीकरणमा ६० घरधुरीमा खानेपानी पुर्‍याइएको हो । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा गत साउन १५ गते जारी ‘सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२’ अनुसूची–३ मा उल्लेखित न्यूनतम सूचक पुरा भएपछि ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको हो । ४० हजार रुपैयाँ श्रमदानसहित ३ लाख ४२ ह...
प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
शिक्षा, समाचार, समाज

प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन

नेपालअखबार,काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा प्युठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयमा निर्माण भएका नयाँ विद्यालय भवन तथा छात्रावास संरचनाको एक समारोहबिच उद्घाटन गरिएको छ। भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर गीताञ्जली ब्रैंडन तथा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् । समारोहमा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, स्थानीय समुदाय, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोगबाट विद्यालय भवन, छात्रावास तथा अन्य सहायक संरचना निर्माण गरिएको हो। परियोजना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो। दाङवाङ माध्यमिक विद्यालय प्युठानको ग्रामीण भेगमा अवस्थित अग्रणी सामुदायिक विद्यालयमध्ये एक ...
तनहुँमा मकै उत्पादन बढ्यो
कृषि, समाचार, समाज

तनहुँमा मकै उत्पादन बढ्यो

नेपालअखबार,तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्छन्, “यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन् । विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो । यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ ।” यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका सुली भेटिन्छन् । विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव किसानले बेहोर्नुपरेको थियो । यो वर्ष समस्या नभएकाले जिल्लामा पर्याप्त मकै उत्पादन भएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत किरण परियारले बताए । आव २०७९/८० मा २२ हजार २३८ हेक्टर क्षेत्रफलमा गरिएको मकैखेतीबाट ६७ हजार १५ मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा २२ हजार ३४८ ...
ताप्लेजुङको तेम्बा बजारमा आगलागी
समाचार, समाज

ताप्लेजुङको तेम्बा बजारमा आगलागी

नेपालअखबार, काठमाडौं ।  ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेको र करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष सलिना बराइलीले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालयले भने क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । स्थानीयका अनुसार एक मोटरसाइकलमा आगलागी भएको र त्यसलाई नालीतिर पल्टाउन खोज्दा घरमा आगो सल्किएको थियो । दमकलको सुविधा नहुँदा आगो निभाउन कठिनाइ हुने गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष बराइलीले बताइन् ।  ‘दमकल छैन, स्थानीय स्रोत साधनबाट आगो निभाउन गाह्रो हुने गरेको छ,’ उनले भनिन् ।...
तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने
समाचार, समाज

तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने

नेपालअखबार, पोखरा। तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने भएको छ। तमु जातिको महान चाड एवम नयाँबर्ष आगमनको अवसरमा आउदो पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव २०८२ गर्ने निर्णय गरेको हो। तमु धिं नेपाल मुख्य आयोजक र क्षेत्रिय तमु समाजहरु आयोजक रहने तमु ल्होछार महोत्सव भव्यताका साथ आयोजना गर्न तमु र्धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ अध्यक्षतामा २०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ। मुल आयोजक समितिमा तमु धिं नेपाल, जिल्ला समिति, क्षेत्रिय तमु समाजहरु, केन्द्रिय युवा समिति, केन्द्रिय आमा समिति, पालिका समितिका अध्यक्षहरु रहेकाछन्। ल्होछार महोत्सवमा र्याली एवम झाँकी प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, पोशाक तथा तमु भाषा प्रतियोगिता, भलिबल प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता, रोधिं, लोकदोहोरी विविध साँस्कृतिक प्रस्तुतिसहित विशेष आकर्षक सा...
१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा
विदेश, शिक्षा, समाचार, समाज

१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा

नेपालअखबार,काठमाडौं । मुम्बईको वसईमा १३ वर्षीया छात्राको मृत्यु भएपछि ठूलो विवाद उत्पन्न भएको छ। विद्यालयमा ढिलो आएको भन्दै सय पटक उठबस गर्न लगाइएपछि उनको स्वास्थ्य एकाएक बिग्रिएको र त्यसपछि ज्यान गएको परिवारको आरोप छ। अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार विद्यालयकी एक महिला शिक्षकले ढिलो आएका छात्र–छात्रालाई सय पटक उठबसको सजा दिएकी थिइन्। त्यही सजाय पाएपछि ती छात्राको अवस्था बिग्रँदै गएर नोभेम्बर १४ को रात जेजे अस्पतालमा मृत्यु भएको बिबिसीले जनाएको छ। मृत छात्रा वसई पूर्वको सातीवली क्षेत्रको एक विद्यालयमा कक्षा ६ मा पढ्थिन्। विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी अध्ययन गर्छन्। नोभेम्बर ८ को बिहान करिब ५० विद्यार्थी ढिला आएका थिए, जसमा ती छात्रा पनि थिइन्। केही विद्यार्थीले झोला काँधमै राखेर उठबस गरेका थिए। त्यस दिन विद्यालयबाट घर फर्किएपछि ती छात्राको अवस्...
पर्यटकको रोजाइमा फुङ्फुङ्गे झरना
समाचार, समाज

पर्यटकको रोजाइमा फुङ्फुङ्गे झरना

नेपालअखबार,ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका स्थानीय तथा घरवास (होमस्टे) सञ्चालक विजय लिम्बूले बताए । उनका अनुसार फुङ्फुङ्गे झरनालाई प्रचारप्रसार गर्नका लागि मिक्वाखोला गाउँपालिकासँग सहकार्यमा गत वर्षदेखि फुङ्फुङ्गे झरना महत्सवको आयोजना गर्दै आएको छ । आगामी दिनमा झरनाको अझ प्रभावकारी प्रचारप्रसार गर्नका लागि विभिन्न सामाजिक सञ्जालमार्फत भिडियो, फोटो प्रतियोगितासमेत गर्ने योजना रहेको छ । यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ । पछिल्लो समय प्रचार–प्रसारसँगै फेसबुक, टिकटक, युट्युवजस्ता...
सुदूरपश्चिममा धान उत्पादन :  क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
कृषि, समाचार, समाज

सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि

नेपालअखबार,कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ ।  खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो । कृषि विकास निर्देशनालय सुदूरपश्चिमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८३ हजार ३१७ क्षेत्रफल हेक्टरमा धानखेती गरिएकामा छ लाख ४८ हजार ९२४ मेट्रिक टन धान उत्पादन भएको थियो । सो आर्थिक वर्षमा यो प्रदेशमा धानको उत्पादकत्व तीन दशमलव ५४ रहेको थियो । त्यसैगरी, एक लाख ४४ हजार ५८२ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा तीन लाख ३१ हजार ९२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । सो आवमा गहुँको उत्पादकत्व दुई दशमलव २९ रहेको थियो । ५० हजार ६०७ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदा एक लाख चार हजार २५० मेट्रिक टन उत्पादन भएको थियो भने दुई दशमलव ०६ उत्पादकत्व थियो । सत्र ...
हुप्सेकोट गाउँपालिका अध्यक्षको घर जलाएको आरोपमा तरूण दल क्षेत्रीय अध्यक्ष सहित ४ जना पक्राउ
प्रशासन, समाचार, समाज

हुप्सेकोट गाउँपालिका अध्यक्षको घर जलाएको आरोपमा तरूण दल क्षेत्रीय अध्यक्ष सहित ४ जना पक्राउ

नेपालअखबार,चितवन । जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पक्राउ पर्नेमा कावासोती नगरपालिका ८ का तरुण दलका क्षेत्रीय सभापति अमित गिरी, अविनाश काफ्ले, कुमार पुलामी र हुप्सेकोट गाउँपालिका १ का कमल खनाल रहेका छन् । अध्यक्ष पाण्डेलगायत जनप्रतिनिधिहरूले दर्ता गराएको किटानी जाहेरीको आधारमा उनीहरूलाई शनिबार बिहान ११ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधु नेपालले बताए ।कावासोतीका गिरी नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय सभापति हुन् । पालिका अध्यक्ष पाण्डे पनि कांग्रेसबाट दोस्रोपटक निर्वाचित पालिका अध्यक्ष हुन् । उनी गाउँपालिका महासंघको अध्यक्ष पनि हुन् ।यसअघि प्रहरीले हुप्सेकोट प्रहरी चौकीमा आगजनी र...