Tuesday, May 5

समाज

पाल्पामा एक पुरुष मृत भेटिए
समाचार, समाज

पाल्पामा एक पुरुष मृत भेटिए

नेपालअखबार, पाल्पा । पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीकाअनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् । बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीनपटक शल्यक्रिया गरेको परिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।...
कर्णालीका विद्यार्थीले अझै पाएनन् पाठ्यपुस्तक
शिक्षा, समाचार, समाज

कर्णालीका विद्यार्थीले अझै पाएनन् पाठ्यपुस्तक

नेपालअखबार, कर्णाली । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ। यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेको जानकारी दिए। जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यस वर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन्। कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरुका अभिभावक आक्रोशित छन्। नयाँ पुस्तक नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार...
कतार प्रहरीमा पठाइदिने भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा
समाचार, समाज, सुरक्षा-अपराध

कतार प्रहरीमा पठाइदिने भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा

नेपाल अखबार, काठमाडौं ।कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापनको पत्र सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजमा छापा मारेको हो । छापा मारेर उक्त विज्ञापनसम्बन्धी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए । पत्रिकामा विज्ञापन निकालेको कटिङ देखाउँदै ओभरसिजको नाममा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समय तय गरिएको थियो । २०० जनाको डिमान्ड देखाएर उक्त कम्पनीको नामबाट विज्ञापन सार्वजनिक गरिएको थियो । उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट १५ लाख रुपैयाँसम्म उठाइरहेको भन्ने सूचना आएपछि छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको निर्देशक सुनुवारले बताए । आकस्मिक अनुगमनको क्रममा गतिविधि शंकास्पद देखिएपछि...
निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना
समाचार, समाज

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

नेपाल अखबार, काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ ।मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सवै कारागारमा मतदान केन्द्र रहने हुनाले म्यादीको संख्या बढाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव बनाएर गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ । गृ...
सन्दर्भ सामुदायिकवनदिवसःमैदिपाखो सामुदायिकवनको पैह्रोमा वृक्षारोपण
समाचार, समाज

सन्दर्भ सामुदायिकवनदिवसःमैदिपाखो सामुदायिकवनको पैह्रोमा वृक्षारोपण

हरिप्रसादबास्तोला ।  सातौ राष्ट्रिय सामुदायिकदिवसको अवसरमापोखराकातीन वटा वडालाई समेटेको मैदिपाखो सामुदायिकवनमापहिरो गएको स्थानमाआज वृहत वृक्षारोपण कार्यक्रमको आयोजनागरियो । २०७६ सालभदौमागएको पहिरोमासामुदायिकवनउपभोक्तामहासंघ नेपालकास्कीको समन्वयएवम मैदिपाखो सामुदायिकवनउपभोक्ता समुहको आयोजनामाबाँस, तेजपात, अमलालगायतकाचार समय भन्दा बढी विरुवा रोपिएको हो । सामुदायिकवनउपभोक्तामहासंघ नेपाल केन्द्रीय सदस्यएवमं प्रचार विभागप्रमुख हरिप्रसादबास्तोलाले तेजपातको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै रोपिएकाविरुवाको संरक्षणगर्नु हामी सवैको दायित्वभएको बताउनुभयो । सामुदायिक वनबाट प्राकृतिकश्रोत काठलाई मात्रआम्दानीको श्रोतका रुपमा हेर्न नहुने बताउँदैउहाँले काठको विकल्परुपमा सम्भाव्यताअध्ययनकाआधारमाकृषिउत्पादनसंगै पर्यापर्यटनको विकास गरेर थपआयअर्जन गर्नेतर्फ लाग्नु पर्नेमाजोड दिनुभयो । सामुदायिकवनको...
पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई
समाचार, समाज

पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई

नेपाल अखबार, बाँके ।बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ ।राप्ती सोनारी गाउँपालिका –२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पाँच सय ५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नं ५ बिनौना र वडा नं २ कचनापुरवासीको सिधा सम्बन्ध र सम्पर्क जोडिएको छ ।पुल नहुँदा वर्षाद्को समयमा आवागमन ठप्प हुने र हिउँदका महिनामा जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नुपर्ने बाध्यताको अव अन्त्य भएको बिनौनास्थित भुवर भवानी माध्यमिक विद्यालयका शिक्षक रुद्र डाँगीले बताए ।राप्ती नदीवारी कचनापुर निवासी शिक्षक डाँगीलाई नदीपारी बिनौनास्थित विद्यालय पुग्न वर्षाद्को समयमा कठिन हुने गर्दथ्यो । अहिले पुल बनेपछि बिनौना र कचनापुरवासीलाई आवागमनमा सहज भएको उनको भनाइ छ । पुल नहुँदा कचनापुर र बिनौनावासीलाई सवारी साधनमार्फत नदी वारपार गर्न करिब २५ किलोमिटर टाढा अगैया पुग...
स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता
समाचार, समाज

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता

नेपालअखबार, स्याङ्जा । स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् । साउन १९ पछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए । जिल्लाका ११ स्थानीय तह अन्तर्गत ९७ वटा वडाका सेवाग्राहीलाई पायक पर्ने गरी तीन स्थानमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको उनले बताए । स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय वालिङमा नियमितरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । “मतदाता नामावलीमा नाम लेखाउन...
भक्तपुरको मनोहरा खोला बस्तीमा पस्यो, १०० घर प्रभावित
समाचार, समाज

भक्तपुरको मनोहरा खोला बस्तीमा पस्यो, १०० घर प्रभावित

नेपालअखबार, काठमाडाैं   । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार रात बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका-४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ । वडानम्बर १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरा डुबानमा परेको र त्यहाँबाट चार जना नगरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ । यस्तै, मध्यपुर ठिमी नगरपालिका-२ मनोहरा खोला किनारमा रहेको कृषि फर्म डुवानमा परेको छ । त्यहाँबाट ५०० वटा हाँस, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरिएको छ । एक अर्को फर्मबाट गिरिराज कुखुराका ४५ चल्चा बगाएको छ । वडानम्बर १ मा रहेको सुकुमबासी बस्तीमा रहेका ६० घर पनि डुबानमा परेका छन् । प्रहरीक...
नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति
समाचार, समाज

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

नेपालअखबार,  मोरङ। नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो। यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको संख्या ४१ पुगेको छ। परिवार पनि थपिएको छ। संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो। ‘यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत ६ बाट सात पुगेको छ’, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भने। उनी हाल फेडेरेसन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभय...
हरिणको आक्रमणबाट वृद्धाको मृत्यु
समाचार, समाज

हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

नेपालअखबार, महाेत्तरी। महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।...