डरलाग्दो बलात्कार शृंखला !
नेपाल अखबार,सिरहा । साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्। तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने। तिनै छिमेकी दाइ उनका लागि राक्षस बने। आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा बलात्कृत भइन्।
यो घटना साउन ४ गते दिउँसो सिरहा नगरपालिका–१९ सन्हैठाको सोहर्वा टोलमा भएको हो। खेतबाट आएकी आमा घरभित्रै छोरीलाई रक्ताम्य देखेपछि आत्तिइन्। छोरी पीडाले सहन नसकेर छटपटाइरहेकी थिइन्। उनी हतारहतार छोरीलाई लिएर जिल्ला अस्पताल सिरहा पुगिन्। त्यहाँ डाक्टर नभेटेपछि उनी लहान अस्पताल गइन्। प्रारम्भिक उपचारकै क्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरीसमक्ष पीडित बालिकाले घटनाको बयान गरिन्।
विगत तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रदेश २ का आठ जिल्लामा बलात्कृतमध्ये करिब ६० प्रतिशत...
