दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला
नेपाल अखबार,रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला गरेका हुन्। प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भवती भएको पत्ता लागेको थियो।
युवतीका बुवा जयसवाल र आमा दलित समुदायअन्तर्गतको नेपाली (सार्की) जातको भएकाले खत्री परिवारले ती युवतीलाई स्वीकार गर्न नमानेको र झुक्याएर गर्भपतन गराई साउन १८ गते घरनिकाला गरेको भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता भएको छ। विवाहपूर्व नै गर्भवती भएको शंका लागेपछि प्रेमी शमशेरले नै गर्भजाँचको साधन ल्याएर परीक्षण गरेका थिए। त्यतिखेर गर्भवती भएको पत्ता लागेपछि विवाह गर्ने सल्लाह भएको समीक्षाले बताइन्।
तर शम्शेरले विवाह ...
