Monday, September 7

समाज

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध
समाचार, समाज

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

नेपालअखबार । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्क विच्छेद भएको बताउनुभयो । स्तरोन्नतीको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ । मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा ...
धरानमा पानी ल्याउन हर्क साम्पाङ  सफल
समाचार, समाज

धरानमा पानी ल्याउन हर्क साम्पाङ सफल

नेपालअखबार, काठमाडौं । धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए । उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । उनले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिंदै कमेन्ट गरेका छन् । केहीले भने सुक्खायाममा त्यो पानी सुक्न सक्ने भन्दै त्यसको विकल्प पनि सोच्न सुझाव दिएका छन् ।...
दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो
समाचार, समाज

दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

नेपालअखबार, दार्चुला। दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । गएराति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । नौगाडमा पहिरोले १२ घर पूर्णरुपमा क्षति पुगेको छ । यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिए । उनीहरुको खोजी भइरहेको छ । डुङुरी ...
नारीशक्ति जागरण आमा समुहमा प्यारी गुरुङ
समाचार, समाज

नारीशक्ति जागरण आमा समुहमा प्यारी गुरुङ

हरि बाँस्तोला, पोखरा । नारीशक्ति जागरण आमा समुह पोखरा १७ आँखा अस्पतालचोकको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले प्यारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । दुई बर्षे कार्यकाल रहेको सो समुहको उपाध्यक्षमा राधादेवी पौडेल लम्साल,सचिवमा पूर्णकला पोखरेल, कोषाध्यक्षमा सरास्वती नेपाल सुवेदी, सहसचिव मञ्जु के.सी, सहकोषाध्यक्षमा हरिकमला के.सी. चयन हुनुभएको हो । समुहको सदस्यहरुमा सिता पौडेल क्षेत्री, डीलमाया कार्की, दुर्गाकुमारी शर्मा, सुजिता पराजुली, कल्पना गोदार, पुष्पलक्ष्मी महर्जन, ज्योति शेरचन, आशा सेवा परिवार र अप्सरा गोदार रहनु भएको छ । अधिवेशनले कार्यसम्पादनका लागि बिभिन्न पाँच उपसमिति समेत गठन गर्ने निर्णय गरेको छ । अधिवेशनको उद्घाटन गर्दै पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले आमा समुहमार्पmत नेतृत्व विकास गर्दै उद्यमशिलतासंग जोडिनु पर्ने आवश्यकता औ...
मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु
समाचार, समाज

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

नेपाल अखबार, मुगु। मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ रारा नगरपालिका वडा नं १३ बामका वर्ष २६ गोरा बहादुर बढुवालको मृत्यु भएको हो । नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार विगत केही दिनदेखि मृतक बढुवाल भेडा चराउन जंगलमै बसोबास गर्दै आइरहेका थिए ।  उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।...
मासिँदै  ढिकी, जाँतो र पानीघट्ट
समाचार, समाज

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

नेपालअखबार,  बागलुङ। एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युतको पहुँच थिएन। विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। तर अहिले हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगेको छ। यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन्। पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो। गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत् सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ। गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ। खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो। खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत् फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गर...
अज्ञात रोगले मर्न थाले मनाङमा चौंरी
समाचार, समाज

अज्ञात रोगले मर्न थाले मनाङमा चौंरी

नेपालअखबार, मनाङ। अज्ञात रोगका कारण मनाङका चौंरीमा बिरामी भई मर्न थालेका छन्। मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ। केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीले उपचार थालेको बताए। चौरीलाई म्यागुते रोग लागेको अनुमान छ। बिरामी भएकामध्ये १० चौरी मरिसकेका छन्। भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ। त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले बताए। हालसम्म ४२ चौरी बिरामी परेकामध्ये ३० मरेको छ। रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ। प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार...
पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध
समाचार, समाज

पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

नेपालअखबार,बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।...
माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी
समाचार, समाज

माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

नेपालअखबार, कैलाली। कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी हुन् । मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको  छ । “पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।” उनले भनिन्, “सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।” उनले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरुको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताइन्। बर्सातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ । त्यसैमा वर्षाको फुर...
करेन्ट लागेर विद्युत प्राधिकरणका प्राविधिकको मृत्यु
समाचार, समाज

करेन्ट लागेर विद्युत प्राधिकरणका प्राविधिकको मृत्यु

नेपालअखबार, खोटाङ। करेन्ट लागेर नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ । विगत आठ र नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा विद्युत मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रशारण लाईनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए । करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप उपचारका लागि अन्य लैजाने तयारी हुँदाहुँदै राईलाई मृत घोषणा गरिएको थियो ।  अवरुद्ध विद्युत सुचारु गराउन र जलेको ट्रान्सफर्मर ...