डेढ वर्षदेखि ‘ह्युमपाइप’ मै बास
नेपालअखबार । गणतन्त्र र संघीयतासहितको व्यवस्था गरेर जारी भएको नेपालको संविधान कार्यान्वयन भएको ७ वर्ष पुगेको छ । यसको उपलक्ष्यमा सोमबार राज्यले हर्षबढाइँ गरेर खुल्लामञ्चमा गणतन्त्र दिवस मनायो । तर, मोरङ पथरीशनिश्चरे–५ का लगभग ५० वर्षीय उल्टा ऋषिदेवलाई न त गणतन्त्रले छोयो, न उनको जीवनयापन नै सहज छ ।
संविधानले गाँस, बास र कपासलगायत मौलिक अधिकार सुनिश्चित गरेको छ । तर उल्टा ऋषिदेवको गाँसको टुङ्गो छैन, कपासको जोहो छैन, बास भने सडकको किनारामा फालिएको ह्युमपाइप मै छ । उनी यसैमा रात कटाउँछन् ।
उनी सुनवर्षी–२ स्थित सुगा बजारको सडक किनारको ह्युमपाइपलाई नै घर बनाउँदै आएका छन् । होम पाइपभित्र केही कपडाको पोका छन् । पाइपको छेउमा खाना पकाउने तीनवटा ढुङ्गाको चुल्हो छ । भाँडावर्तनको नाममा एउटा कराइ र सिल्भरको जग, एक थान सिल्भरको थाल र स्टिलको कचौरा तथा केही प्लाष्टिकका बोतल छन् ।
उनी दैनिक दिउँस...







