सर्पले डसेर गम्भीर कास्की तप्राङका बालक विशाललाई उपचार खर्च अभाव
नेपाल अखबार, पाेखरा। कास्कीको उत्तरपूर्वी मादी गाउँपालिका–६तप्राङका गङ्गाधर पौडेलका १३ वर्षीय छोरा विशाल पौडेलको उपचारमा रकम अभाव भएको छ ।
गत साउन २८ गते राति घरमै सुतिरहेको अवस्थामा विषालु सर्प कालो करेतले डसेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकामा उपचार प्रक्रिया लम्बिँदै जाँदा रकम अभावसँगै परिवारले सहयोगी हातको अपेक्षा गरेको छ ।
करेतको डसाइपछि गम्भीर बिरामी पौडेलको अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । बिरामी पौडेल महारुद्र मावि तप्राङमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । कोमाबाट १९ दिनपछि फर्किएका विशालको मुख र आँखा चलेपनि अहिलेसम्म होसमा आउन सकेका छैनन् । उपचारका लागि चिकित्सकले काठमाडौँ लैजान सिफारिस गरे पनि पैसाको अभाव भएको उनका बाबु गंगाधर पौडेलले दुखेसो पोखे ।
विशालको उपचारमा ८ लाख रुपैयाँ खर्च भइसकेको छ । कमजोर आर्थ...
