Thursday, June 25

समाज

अण्डाको नयाँ मूल्य निर्धारण
कर्पोरेट, समाचार, समाज

अण्डाको नयाँ मूल्य निर्धारण

नेपालअखबार, नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो । नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६०, ठूलो अण्डाको ५४५, मध्यम (मिडियम) अण्डाको ५१५ तथा सानो अण्डाको प्रतिपेटी तीन हजार कायम गरिएको छ । यसअनुसार  खुद्रा बजारमा  अण्डाको मूल्य करिब २५  भएको छ । सङ्घले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ...
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ
अपराध, समाचार, समाज

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

नेपालअखबार,काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ । विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरील जनाएको छ । शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो । आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।...
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
प्रशासन, समाचार, समाज

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

नेपालअखबार,बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ । बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइल चालकले चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्दै आएका जनगुनासो बढेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो । पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरले बताए । उनका अनुसार जथाभावी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिललगायत पुर्जालाई परिवर्तन गरेको पाइएपछि कारबाही गरिएको हो । स्वरूप परिवर्तन गरी चलाइएका सवारीसाधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्...
दिल्ली पुगेलगत्तै अभिजीतले भने : प्रदर्शन शान्तिपूर्ण हुन्छ, शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ
राजनीति, समाचार, समाज

दिल्ली पुगेलगत्तै अभिजीतले भने : प्रदर्शन शान्तिपूर्ण हुन्छ, शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ

नेपालअखबार,काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले दिल्ली पुग्नेबित्तिकै भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै दीपकेले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ। पाँच जना विद्यार्थीले आत्महत्या गरिसकेका छन् ।’ दीपकेले नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणसँग जोडिएका ती विद्यार्थीहरूलाई सम्झिँदै केहीले आत्महत्या गरेको दाबी गरेका हुन् । यसैबीच, दीपकेले सामाजिक सञ्जाल एक्समार्फत दिल्ली प्रहरीले जन्तर-मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको जानकारी दिएका छन् । उनले समर्थकहरूलाई सिधै जन्तर-मन्तर पुग्न आह्वान गरेका छन् । शान्तिपूर्ण प्रदर्शन हुने उनले बताए । सीजेपीले पनि एक्समा पोस्ट गर्दै जन्तर-मन्तरमा प्रदर्शनको अनुमति प्राप्त भएको पुष्टि गरेक...
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’

नेपालअखबार,टेक्सास । अमेरिकामा लामो समयपछि एकपटक फेरि खतरनाक परजीवी ‘न्यु वर्ल्ड स्क्रु–वर्म’ भेटिएको पुष्टि भएको छ । टेक्सास राज्यको जाभाला काउन्टीमा एक तीन हप्ताको बाछोमा यो परजीवी फेला परेको अमेरिकी कृषि विभाग (यूएसडीए) ले जनाएको छ । सन् २०१७ पछि पहिलो पटक अमेरिकामा यो खतरनाक किरा फेला परेको हो । यसको लार्भा जीवित जनावरको शरीरभित्र प्रवेश गरेर मासु खाने भएकाले यसलाई अत्यन्तै घातक मानिन्छ । यसले पशुधनमा ठूलो क्षति र आर्थिक नोक्सान निम्त्याउन सक्ने खतरा रहन्छ । के हो स्क्रु–वर्म ? यूएसडीएका अनुसार यो एक प्रकारको झिँगा हो, जसको लार्भा घाउ वा शरीरका नरम भागमा छिरेर भित्रभित्रै मासु नष्ट गर्दछ । अहिले संक्रमित बाछोको नाभिमा यसको लार्भा भेटिएको बताइएको छ । यो परजीवी सन् १९६६ मा नै अमेरिकाबाट पूर्ण रूपमा उन्मूलन गरिएको थियो । तर पछि सन् २०१७ मा फ्लोरिडा कीज क्षेत्रमा यसको सानो प्रको...
नेपाली ख्रीष्टियन समुदायमा सुशासन, पारदर्शिता र शुद्धीकरणका लागि नयाँ संस्था गठनको तयारी
धर्म/संस्कृति, समाचार, समाज

नेपाली ख्रीष्टियन समुदायमा सुशासन, पारदर्शिता र शुद्धीकरणका लागि नयाँ संस्था गठनको तयारी

नेपालअखबार, काठमाडौं । नेपाली ख्रीष्टियन समुदायभित्र पछिल्ला वर्षहरूमा देखिएका विभिन्न विकृति, विसंगति, आर्थिक अपारदर्शिता, हैकमवादी प्रवृत्ति तथा त्यसबाट उत्पन्न भएका सामाजिक, नैतिक र कानुनी जटिलताहरूलाई सम्बोधन गर्ने उद्देश्यले नयाँ संस्थाको गठन प्रक्रिया अगाडि बढाइएको छ। विश्वसनीय स्रोतका अनुसार प्रस्तावित संस्थाले समुदायभित्र सुशासन, पारदर्शिता, उत्तरदायित्व, आत्मिक शुद्धता तथा नैतिक नेतृत्वको प्रवर्द्धनलाई मुख्य उद्देश्यका रूपमा अघि बढाउनेछ। साथै चर्च तथा सम्बन्धित संस्थाहरूमा देखिने अनियमितता, शक्ति दुरुपयोग, आर्थिक अपारदर्शिता र अन्य बेथितिविरुद्ध सचेतना तथा सुधारमुखी अभियान सञ्चालन गरिने जनाइएको छ। संस्थाले मानव अधिकारको संरक्षण, कानुनी सचेतना अभिवृद्धि, पीडित व्यक्ति तथा मण्डलीहरूलाई आवश्यक सहयोग तथा संरक्षण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ। साथै समुदायभित्...
महोत्तरीमा बालक अपहरण गर्न खोज्ने पक्राउ
प्रशासन, समाचार, समाज

महोत्तरीमा बालक अपहरण गर्न खोज्ने पक्राउ

नेपालअखबार, महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालक अपहरण सम्बन्धी कसूर मुद्दाका एक फरार प्रतिवादीलाई रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं. ७ बस्ने वर्ष २३ को नवराज अधिकारी रहेको प्रहरीले जनाएको छ। गत वैशाख ७ गते दिउँसो अन्दाजी २ बजे महोत्तरी जिल्लाबाट तीन जना अज्ञात मानिसले नम्बर नखुलेको मोटरसाइकलमा एक ८ वर्षीय बालकलाई राखेर अपहरण गरी लैजाँदै गरेका थिए। त्यस क्रममा बालक चिच्याएर कराएपछि स्थानीय बासिन्दाले देखेर उक्त मोटरसाइकललाई रोक्ने प्रयास गरेका थिए। स्थानीयले रोक्न खोजेपछि अपहरणकारीहरू बालकलाई सोही स्थानमा छाडेर फरार भएका थिए। प्रहरीले अनुसन्धानका क्रममा वारदातमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल समेत बरामद गरेको थियो। उक्त घटनामा संलग्न प्रतिवादीहरूमध्येका अधिकारीलाई गत जेठ १५ गते दिउँसो अन्दाजी ३:३० बजे महोत्तरीबाट ख...
अमेरिका र इरानबिच पुन: सैन्य टकराव
विश्व, समाचार, समाज

अमेरिका र इरानबिच पुन: सैन्य टकराव

नेपालअखबार, वासिङ्टन डिसी । अमेरिकी सेनाले इरानमाथि ‘आत्मरक्षा’ का लागि भन्दै हवाई आक्रमण गरेको छ। यसका साथै खाडी मुलुकहरू र पानीजहाजलाई लक्षित गरी इरानले प्रहार गरेका ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोनहरूलाई बिचमै खसालिदिएको दाबी अमेरिकी पक्षले गरेको छ। स्ट्रेट अफ होर्मुजमा अवस्थित क्युशम टापुमा अमेरिकी सेनाले गरेको यो हमला मध्यपूर्वभर इरानले गर्न खोजेको आक्रमणको जवाफ भएको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ। यता इरानले भने बदलास्वरुप एक ‘क्षेत्रीय मुलुक’ मा रहेका अमेरिकी सैन्य अखडा र हेलिकप्टरहरूमा क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ। सेन्टकमका अनुसार तेहरानले कुवेततर्फ दुई र बहराइनतर्फ तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये केही बाटोमै खसेका थिए भने केहीलाई आकाशमै ध्वस्त पारिएको थियो। महिनौँदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा भएको युद्धविर...
७० वर्षमा नागरिकता!
प्रशासन, समाचार, समाज

७० वर्षमा नागरिकता!

नेपालअखबार, म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममाया खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। जिल्ला प्रशासन कार्यालयले मंगलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो। नेपाली नागरिकताको अभावमा शारीरिक रुपमा अपांगता भएकी एकल महिला खत्री राज्यको सेवासुविधाबाट वञ्चित भएकी थिइन्। कान्छो भाइ गर्भे खत्रीले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा आएपछि राममायाको हातमा ७० वर्षको उमेरमा पहिलो पटक नागरिकता परेको हो। प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र सहायक प्रजिअ कुलप्रसाद आचार्यले राममायालाई नागरिकता हस्तान्तरण गरे। विसं २०१३ सालमा जन्मिनुभएकी राममायाको एउटा हात चल्दैन । नागरिकताका आधारमा खत्रीले सामाजिक सुरक्षा भत्ताको सुविधाका लागि प्रक्रिया सुरु गर्ने बताइन्। 'नागरिकता पाएपछि निकै खुस...
काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’
समाचार, समाज

काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’

नेपालअखबार,काठमाडौँ । बाहिरबाट हेर्दा काठमाडौँ सहरको बसाई लोभलाग्दो देखिन्छ । बाहिरबाट हेर्दा जति लोभलाग्दो छ । सहरभित्रको सामाजिक अन्तरघुलन त्यत्तिकै उकुसमुकुस छ । जेठ १५ गते काभ्रेको पलाञ्चोक विजेश्वरी भवानीको दर्शन गर्न पुगेका वडा नं. ११ क्षेत्रका ज्येष्ठ नागरिकहरुको अभिव्यक्ति र खुला ठाउँमा पुग्दाको खुशीले यस्तै बताइरहेको थियो । सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका १२५ जना ज्येष्ठ नागरिकलाई वडा नं. ११ कार्यालयले तीर्थाटन गराउन पलाञ्चोक लगेको थियो । गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरु देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरका सँग सामुहिक खाना र खाजा खाँदा उहाँहरुको अनुहारमा उझ्यालो देखिँदै गएको थियो । तीर्थाटनमा सहोदर दाजुभाइ ८७ वर्षिय हीरामान डंगोल र ८५ वर्षिय मचाम डंगोल एकैसाथ हुनुहुन्थ्यो । उहाँहरुले एकै ठाउँमा उभिएर अनुभव सुनाउँदै भन्नुभयो, ‘सहरमा म मात्...