Wednesday, April 29

समाज

श्रृंगार सामाग्रीविक्री गरेको आम्दानीबाट बृद्धाश्रमलाई सहयोग
समाचार, समाज

श्रृंगार सामाग्रीविक्री गरेको आम्दानीबाट बृद्धाश्रमलाई सहयोग

नेपाल अखबार, पाेखरा।  पितृ पक्षशुभारम्भको दिनपारेर पोखराको जनजागरण आमा समूहमा आवद्ध महिलाहरुले बृद्ध बृद्धाहरुका लागिखाद्यान्न सहयोग गरेका छन । सम्पूर्ण पितृहरुको सम्झनागर्दै पोखराको विरौटामा रहेको उक्तआमा समूहकादुईजनासदस्यले बुधबार पोखरा १७स्थितपोखरा बृद्धाश्रममानुन, तेल, खाद्यान्न, फलफूल, जुस, मास्कलगायतका सामाग्रीहरु वितरण गरेको समूहकाअध्यक्षनन्दकुमारी गुरुङले जानकारी दिईन् । कोरोनामहामारीको विषम परिस्थितिमा बृद्ध बृद्धाहरुका लागि सहयोग पुगोस भन्ने उद्धेस्यका साथ समूहमा आवद्ध पवित्रापोखरेल र अञ्जु क्षेत्रीले करिब २० हजार बराबरको सामाग्रीप्रदान गरेकाहुन् । बन्दाबन्दीकै समयमाउनीहरुले श्रृंगारका सामाग्रहीहरु, चुरा, पोते, तथाकुशन र गुडियाबनाएर विक्रिी गरेकाथिए । र तीसामाग्रीहरु बेचेर आएको आम्दानीबाट बृद्धाश्रममा सहयोग गरेको समूहकासल्लाहकार देविथापाले बताईन् ।सदस्यहरुले आफूहरुको पहिलो कमाइ न...
७ वर्षीया छोरीलाई बलात्कार आरोपमा बाबु पक्राउ
समाचार, समाज

७ वर्षीया छोरीलाई बलात्कार आरोपमा बाबु पक्राउ

नेपाल अखबार, काठमाडौं । काठमाडौंको शंखमुलमा ४० वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेका छन् । ७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्रेको छ । बालिकालाई ७ महिनादेखि बाबुले बलात्कार गर्दै आएका थिए । आमा रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउँदै थिइन् । क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शुरु भएपछि आमा गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् । छोरीले ‘योनी दुख्यो’ भन्न थालेपछि आमाले उनलाई अस्पताल लगिन् । अस्पतालमा छोरीले बाबुको कर्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले  जानकारी दिए । बाबुलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको एसपी राठौरले बताए ।...
टहरेको बास र थापेको गासमा चल्दै छ सास
समाचार, समाज

टहरेको बास र थापेको गासमा चल्दै छ सास

नेपाल अखबार, गलेश्वर । पहिरोले घरखेत लगेपछि म्याग्दीको धवलागिरि गाउँपालिका-६ मराङका बासिन्दाको बिचल्ली भएको छ । उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता बासको छ । “टहरेको बास र थापेको गासमा चल्दै छ सास”, ४७ वर्षीया चनमति लामगाडेले भन्नुभयो, “अब कहाँ बस्ने, के खाने थाहा छैन ।” “गत असार २५ गतेको रातलाई सम्झदा पनि मन भक्कानिन्छ, कसैले नसोधिदिए हुन्थ्यो नि जस्तो लाग्छ”, त्यो राति आएको पहिरोमा चार सन्तान गुमाएकी चनमतिले भन्नुभयो, “चार सन्तानको सास त दैवले चुड्यो, बाँकी बचेका चार जनाको टहरेको बास र थापेको गासमा चल्दै छ सास ।” म्याग्दी समाज न्यूयोर्क अमेरिकाले बाढी पहिरो पीडितलाई पठाएको सहयोग रकम बुझ्न आइतबार मराङको बेसीमा आउनुभएकी चनमतिले रु ५० हजार सहयोग रकम बुझेपछि रासससंग भन्नुभयो, “त्यो रात सम्झदा मुटु भक्कानिन्छ, रिङ्गटा लाग्छ, मर्छु जस्तै हुन्छ तर श्रीमान्को मुख हेर्न जसोतसो बाचुँजस्तो लाग्छ हजुर ।”...
पहिरोमा परी आमाबाबु गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा
समाचार, समाज

पहिरोमा परी आमाबाबु गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा

नेपाल अखबार, सिन्धुपाल्चोक । लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो । एसओएसले हिजैदेखि बालबालिकाको शिक्षा र संरक्षणका लागि आवश्यक प्रक्रिया थालेको छ । लिदीका अभिभावक गुमाएका १२ वर्षमुनिका पाँच बालबालिकालाई तत्काल काभ्रेको पनौतीस्थित एसओएस बालग्राम ल्याएर पठनपाठन शुरु गर्ने निर्देशक अमगाईँले जानकारी दिनुभयो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमतिपत्र लिनेलगायतका विषयमा हिजो नै छलफल भएको छ । बाँकी १२ वर्षमाथिका सात बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने अमगाईँले जानकारी दिनुभयो । उनीहरुका लाग...
लकडाउनको समयमा दाङमा ९ बालबालिकाले गरे आत्महत्या
समाचार, समाज, हाइलाइट-समाचार

लकडाउनको समयमा दाङमा ९ बालबालिकाले गरे आत्महत्या

नेपाल अखबार,  दाङ। कोरोनाको कहरको बेला दाङमा १६ वर्षमूनिका बालबालिकाहरु आत्महत्या गर्न थालेका छन् । विगतमा बालबालिकाले आत्महत्या गरेका घटना त्यति सुनिँदैन्थे । तर कोरोना कहरका बेला १६ वर्षमूनिका बालबालिकाले आत्महत्या गरेका घटना बढी बाहिर आएको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लकडाउनयता १६ वर्षमूनिका ९ बालबालिकाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार चैतमा एक, वैशाखमा दुई, जेठमा एक, असारमा दुई, साउनमा दुई र भदौको आधाआधी बित्दा एकजनाले आत्महत्या गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बालबालिकाले आत्महत्या गरेका घटना जिल्लामा नयाँ भएको र यसको प्रमुख कारण कोरोना कहर र पारिवारिक बेवास्ता हो । ‘हामी सबै अभिभावक काममै व्यस्त भयौं, लकडाउनका कारण घरभित्र गुम्सिएर बसेका बालबालिकाको मनोभावलाई वास्ता गर्ने फुर्सद भएन,’ गौतमले भने, ‘फलत...
घरमा ढुङ्गा खस्दा आमाको मृत्यु, छोरी घाइते
समाचार, समाज

घरमा ढुङ्गा खस्दा आमाको मृत्यु, छोरी घाइते

नेपाल अखबार, पाल्पा। पाल्पामा अविरल वर्षाका कारणले  घरमा ढुङ्गा खसेर लाग्दा आमाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गा.पा. ३ श्रीडाडा बस्ने गोबिन्द सोमईको घरमा अविरल वर्षाको कारणले घरदेखि माथि पहाडबाट ढुङ्गा खसी लाग्दा आमा र छोरी गम्भीर घाइते भएका थिए । माथागढी गाउपालिका–७  हवास बस्ने वर्ष २९ की समीक्षा चौहानको उपचारका क्रमामा गत राति बुटवलमा मृत्यु भएको छ । उनकी छोरी वर्ष ३ की करिश्मा चौहानको उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
चट्याङ लागेर ताप्लेजुङमा एक महिलाको मृत्यु
समाचार, समाज

चट्याङ लागेर ताप्लेजुङमा एक महिलाको मृत्यु

नेपाल अखबार, ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो । रासस...
कोभिड संक्रमण र सामाजिक आतंक
Uncategorized, पत्रपत्रिका, विचार, विश्व, समाज, स्वास्थ्य

कोभिड संक्रमण र सामाजिक आतंक

मानव सभ्यताको २१औँ शताब्दीसम्म आइपुग्दासम्म धेरै बैज्ञानिक चमत्कारहरु भए, मानव सभ्यता सँगसँगै धेरै खोजहरुको विकास भयो, जसको फलस्वरुप अहिलेको अवस्थासम्म आइपुग्दा हामीले जिउने जीवनशैलीमा जमीन आकाशको फरक भएको छ । पहिले दैनिक जीवनयापन सँग जोडिएको हाम्रो जीवन अहिले खोजमुलक, सभ्यतामुलक, सुविधायुक्त जीवनशैली र भविष्य सँग जोडिएर जिउने क्रमको विकास अगाडी बढेको पाइन्छ । जतिजति विकासकोक्रम अगाडी बढ्छ त्यस सँगै विनास पनि हामीले देखेका, भोगेका र सुनेका छौं, बेला बखतमा प्राकृतिक प्रकोप लगायत विश्व भरमा नै देखापर्ने महामारीले हाम्रो जीवनशैलीलाई प्रभावित बनाएको छ, अहिले फेरी कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण समग्र विश्व नै स्तव्ध र तनावको स्थितीमा छ, विश्वभर पेण्डेमिक रुपमा फैलिएको यसको संक्रमणले बिस्तारै सदियौदेखि मिलेर बसेका हामीलाई मानिस देखि मानिस नै डराउनु पर्ने, एक ठाउँमा थुनिएर बस्नु पर्ने,...
सप्तरीमा हात्ती आतंक : पाँच घरमा तोडफोड
समाचार, समाज

सप्तरीमा हात्ती आतंक : पाँच घरमा तोडफोड

नेपाल अखबार, सप्तरी। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको छ। जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति जंगली हात्तीको समूहले पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको हो। कोशी टप्पु वन्यजन्तु आरक्षबाट नौ वटाको समूहमा आएको जंगली हात्तीले कञ्चनरुप नगरपालिका–१० बदगामामा पाँच वटा घरमा तोडफोड गरेको वडाध्यक्ष दिलीप चौधरीले जनाकारी दिए। सो हात्तीको समूहले स्थानीयवासी सम्झाना देवी यादवको एक, मनोज गुप्ताको एक, जयकृष्ण कुमार कुसियैतको दुई र सुदामा कुसियैतको एक वटा घरमा तोडफोड गरेको वडाध्यक्ष चौधरीले बताए। हात्तीले घरमा तोडफोड गर्दा घरभित्र रहेका चार ड्रम चामल, तीन ड्रम गहुँ र अन्य अन्नपात खानुका साथै घरको आँगनमा रहेको खानेपानी टु्यवबेलसमेत उखेलेर फालेको पीडित सञ्जय कुसियैतले जानकारी दिए। ती हात्तीलाई स...
विष सेवनबाट एकको मृत्यु, एकको अवस्था चिन्ताजनक
समाचार, समाज

विष सेवनबाट एकको मृत्यु, एकको अवस्था चिन्ताजनक

नेपाल अखबार, महोत्तरी । विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले करेन्ट नामक विषादी सेवन गर्दा उनको ज्यान गएको हो। विषादी सेवनबाट बेहोस भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै जिल्लाको बलवा नगरपालिका–११ बस्ने सुरेन्द्र महतोकी छोरी १४ वर्षीया आरती कुमारीले आमाले गाली गरेको विषयलाई लिएर थाइमेड नामक विषादी सेवन गरेपछि उनी सिकिस्त भएकी छिन्। उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको छ भने अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। रासस...