Wednesday, April 29

समाज

नवलपरासीमा एक युवा मृत अवस्थामा फेला
समाचार, समाज

नवलपरासीमा एक युवा मृत अवस्थामा फेला

नेपाल अखबार, नवलपरासी। नवलपरासी पूर्व   गैडाकोटमा एक युवा मृत अवस्थामा फेला परेकाछन् ।   विहान ८:०० बजेको समयमा गैडाकोट नगरपालिका-११ भेडाबारी पितौजिघाट स्थित नारायणी नदिको किनारमा हालसम्म नाम थर वतन नखुलेको अन्दाजी  वर्ष २०/२५ को युवा  मृत अवस्थामा फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएकाे  छ ।...
बाग्लुङमा पहिरोले घर पुरिदा १ जनाको मृत्यु
समाचार, समाज

बाग्लुङमा पहिरोले घर पुरिदा १ जनाको मृत्यु

नेपाल अखबार,बाग्लुङ । बाग्लुङमा पहिरोले घर पुरिदा १ जनाको मृत्यु भएकाे छ ।अविरल वर्षाको कारण जिल्ला बाग्लुङ ढोरपाटन नगरपालिका-२ अर्नाक बस्ने प्रकाश परियारको ढुङगा माटोले बनेको २ तले कच्चि घरमा  बिहान करिब ०५:२० बजे   १०।१५ मिटर माथिबाट पहिरो आई घर पुरिन जाँदा सोही घरमा सुतिरहेकी उनका  छोरी वर्ष १९ किपुजा परियार पहिरोले पुरिई  मृत फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले  घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।...
पोखरामा एक पुरुष मृत फेला
समाचार, समाज

पोखरामा एक पुरुष मृत फेला

नेपाल अखबार, पाेखरा। पोखराको वाइचोकमा  एक पुरुष मृत अवस्थामा फेला परेका छन्  । हालसम्म नाम, थर, वतन नखुलेको अन्दाजी ४०/ ४५ वर्षका  पुरुष इन्द्रपुरी चोकको सडकको नाली छेउमा मृत अवस्थामा फेला परेको  प्रहरीले  जनाएकाे छ  । मृत अवस्थामा रहेको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी टोली खटीई थप अनुसन्धान भईरहेको   जानकारी दिएकाे छ  ।...
लडेर सशस्त्र प्रहरीको मृत्यु
समाचार, समाज

लडेर सशस्त्र प्रहरीको मृत्यु

नेपाल अखबार, बुटवल । प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले विष्टको शौचालय जाने क्रममा लडेर टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । विष्ट सशस्त्र प्रहरी बल नं. ६ गण सिन्धुपाल्चोकमा कार्यरत वरिष्ठ हवल्दार हुन् । घटनाको इलाका प्रहरी कार्यालय बिजुवारबाट थप अनुसन्धान भइरहेको प्रवक्ता बैदवारले बताए ।...
जन्म दिन वृद्धाश्रममा सहयोग र वृक्षारोपण  गरि मनाईयो
समाचार, समाज

जन्म दिन वृद्धाश्रममा सहयोग र वृक्षारोपण गरि मनाईयो

नेपाल अखबार, पाेखरा। लायन्स क्लव अफ पोखरा सेन्टरले आफ्नो स्थापनाको अवसरमा कृष्ण प्रणामी वृद्धाश्रममा आवस्यक खाद्धयान्न तथा कपडा वितरण गरी मनायो । स्थापनाको २३ औं वार्षिकउत्सको अवसरमा खाद्धयान्न वितरण सँगै सोहि स्थानमा वृक्षारोपण पनि गरेको हो । कार्यक्रमका प्रमुख अथिती विशेश्वर आचार्यले लायन्सको सेवा वितरण मुखी भन्दा पनि उत्पादन र दिर्धकालमा पनि लाभ लिन सक्ने गरी गर्न सवैलाई अनुरोध गरे । उनले भने–“हामी लायन्सहरु देखाउने गरी भन्दा पनि देखिने गरी सामाजिक सेवामा लाग्न जरुरी छ ।” क्लवले केहि नया सोचका साथ सकारात्कम तरिकाले वार्षिक उत्सव मनाउने योजना अनुसार रचनात्मक काम गरेको क्लवका अध्यक्ष वविन वाग्दासले जानकारी दिए । उनले भने–“हामीले लायन्स क्लवहरुले गर्ने सामाजिक कार्यलाई परम्परागत तरिकाले भन्दा पनि सकारात्मक प्रभाव पर्ने गरी गर्ने सोचले यो काम गरेका हौं ।” कार्यक्रम क्लवका पुर्व अध्यक्ष तथा ...
पोखरामा वेवारिसे अवस्थामा महिलाको शव फेला
समाचार, समाज

पोखरामा वेवारिसे अवस्थामा महिलाको शव फेला

समिर रामदाम, पाेखरा । पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा एक शव वेवारिसे अवस्थामा फेला परेको छ । आज बिहान साढे सात बजेतिर प्रतिक्षालयमा कपडाले छोपिएको अवस्थामा फेला परेको उक्त शव अन्दाजी ४०–४५ वर्षीय महिलाको रहेको प्रहरीले जनाएको छ । महिलाको पहिचान खुलेको छैन् । शवको मुख, नाक र कानबाट समेत रगत बगेको देखिएको छ । स्थानियहरुले बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरीले शवको मुचुल्का गरि पोष्टमाटमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । उनको मत्युको कारणबारे पोष्टमाटम रिपोर्ट पछि मात्र थाहा हुने प्रहरीले बताएको छ । स्थानियहरुले भने त्यस्तो प्रकारको हुलिया भएकी महिला यसअघि सो क्षेत्रमा नदेखेको बताएका छन् । शवको साथमा पुरुषको कपडा पनि फेला परेको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान थालिने कास्की प्रहरीले बताएको छ ।...
काठमाडौं  उपत्यकामा २२४ संक्रमित थपिए
समाचार, समाज

काठमाडौं उपत्यकामा २२४ संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा मात्रै १७७ जना रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र  होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।...
मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु
समाचार, समाज

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

नेपाल अखबार, चितवन। चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजबाट नमूना संकलनको काम शुरुआत गरिएको छ। निकुञ्जमा ५९ हात्ती रहेका छन्। निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमूना संकलनको काम शुरुआत भएको जानकारी दिए। हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमूना संकलन गर्न थालिएको छ। हात्ती प्रजनन् केन्द्र खोरसोरमा २० र सौराहामा आठ हात्ती रहेका छन्। ती हात्तीको नमूना संकलन गर्न चारदेखि पाँच दिन लाग्ने उनले बताए। यसपछि पोस्टमा रहेका हात्तीहरुको नमूना संकलन गरी परीक्षणका लागि पठाइने छ। काठमाडौँको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमूना पठाइने छ। अहिले क्षयरोगको मात्र परीक्षण गरिने उनले जानकारी दिए। सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएका छन्। यस अवधिमा अन्य का...
कोरोनापछि फेरियो मनाङ जिल्लाकै परिचय
समाचार, समाज

कोरोनापछि फेरियो मनाङ जिल्लाकै परिचय

नवीन लामिछाने, मनाङ।हिमाल पारिको जिल्ला मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ । पर्यटन र पशुपालन मात्र नभई अहिले तरकारी खेतीतर्फ समेत स्थानीय वासिन्दा आकर्षित हुन थालेका छन् । विगतमा फापर, जौ, आलु, गहुँ मात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको परिश्रमका कारण अहिले तरकारीसमेत मनग्य फल्ने गरेको छ । मौसमी र बेमौसमी तरकारी खेती गरेर अहिले यहाँका किसानले राम्रो आम्दानीको बाटो पहिल्याएका छन् । ङिस्याङ गाउँपालिका–५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेंडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ । पहिले आलु र फापर मात्रै हुने यस ठाउँमा अहिले तरकारी राम्रोसँग उत्पादन भएको देख्दा यहाँका किसान मख्ख छन् । वडाध्यक्ष तथा पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङको बारीमा लगाइएको बन्दा र काउली एउटै करिब पाँचदेखि सात किलोग्रामसम्म र एउटै गाजर पनि करिब एक केजी बराबरको फलेका छन् । अध्यक्ष गुरुङ भने “मैले...
आमाको हत्या गरेको आरोपमा १ जना पक्राउ
समाचार, समाज

आमाको हत्या गरेको आरोपमा १ जना पक्राउ

नेपाल अखबार, सर्लाही । सर्लाहीमा एक पुरुषलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित पुनर्वास टोलस्थित ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।  पासवानले मादक पदार्थ सेवन गरी ५० वर्षीया आमा उर्मिला पासवानलाई ढुङ्गा प्रहार गर्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो । टाउकोमै चोट लागि घाइते भएका बाबु उपेन्द्र पासवानको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ । घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...