Wednesday, April 29

समाज

आज हरितालिका तीज
धर्म/संस्कृति, समाचार, समाज

आज हरितालिका तीज

नेपाल अखबार, पाेखरा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।    धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्म...
कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो
समाचार, समाज, स्वास्थ्य

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो

नेपाल अखबार, काठमाडौं । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए । उनले बितेको २४ घण्टामा देशभर ७०७ जनामा संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यस्तै संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।...
लिदी पहिरोः चार वर्षीय बालकसहित चारको शव फेला, मृतक २९
समाचार, समाज, हाइलाइट-समाचार

लिदी पहिरोः चार वर्षीय बालकसहित चारको शव फेला, मृतक २९

नेपाल अखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ। आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्ख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पहिरामा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस...
कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ
समाचार, समाज

कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ

नेपाल अखबार, सिरहा । सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयको लाठी प्रहारबाट अनुहार र शरीरका भित्री भागमा चोट लागेको राउतको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनालगतै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपमा स्थानीय ४७ वर्षीय बालदेव साह, ३८ वर्षीय कमलेश राउत, ४६ वर्षीया लिला देवी राउत र २२ वर्षीया सुलेखा राउतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । रास...
आज देशका चार प्रदेशमा भारी वर्षा हुने
समाचार, समाज

आज देशका चार प्रदेशमा भारी वर्षा हुने

नेपाल अखबार, काठमाडाैं। जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा भारी वर्षाको मौसम पूर्वानुमान गर्दै सुरक्षित र सतर्क रहन आग्रह गरेको छ । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि देशभर पर्ने विभागको अनुमान छ । त्यसैगरी बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका केही स्थानमा वर्षा भइरहेको छ । यस्तै आज राति राती देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको थोरै क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।...
घर-घरमा मास्क बाँड्दै अन्नपूर्ण गाउँपालिका
प्रदेश ४, समाचार, समाज

घर-घरमा मास्क बाँड्दै अन्नपूर्ण गाउँपालिका

नेपाल अखबार, पोखरा । कोरोना महामारीबाट जोगिन व्यक्तिगत सुरक्षा अपनाउन अपिल गर्दै कास्कीको अन्नपूर्ण गाउापालिकाले मास्क बाड्ने अभियान थालेको छ । पालिकाले जनचेतनामुलक अभियानस्वरुप प्रतिव्यक्ति एक मास्क, साबुन र कोरोना भाइरसबारे जानकारी समेटिएको ब्रोसर बाँड्ने अभियान थालेको छ । गाउँपालिका अध्यक्ष युवराज कुँवरले नागरिकसामू सचेतना फैलाउनका लागि यो अभियान थालिएको बताए । ‘कोरोना भाइरस संक्रमणबाट बच्न व्यक्तिगत सुरक्षाका उपाय अपनाउनुपर्छ । औषधी पत्ता लागिसकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले समुदायमा सचेतना फैलियोस् भनेर केही काम गर्ने बित्तिकै हात धुनको लागि साबुन, आवश्यक काममा बाहिर निस्किनु परे मास्क र कोरोना भाइरसबारे थप जानकारी लिनको लागि ब्रोसर बाँडिरहेका छौं ।’ पालिकाका जनप्रतिनिधि, क्लब, शिक्षक र आमा समूहमार्फत घर घरमा पुगेर स्वास्थ्य सामग्री वितरण सुरु गरिएको उनले सुनाए । अध्यक्ष क...
बझाङको बुंगलमा पहिरोः बेपत्ता दाजुभाइको शव फेला
समाचार, समाज

बझाङको बुंगलमा पहिरोः बेपत्ता दाजुभाइको शव फेला

नेपाल अखबार, बझाङ । बुङ्गल नगरपालिका ५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा  छन् । उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले पुरिएका अवस्थामा निकालिएको हो । ठूला ढुङ्गा पहिरासँगै आएकाले उद्धारमा समस्या भएको थियो । आज बिहान करीब १ बजेतिर घरमाथिबाट आएको पहिराले स्थानीयवासी ताम्राकारको घर पूर्ण रूपमा पुरिएको छ । उनी भने रोजगारीका सिलसिलामा भारतको बैंग्लोरमा छन् । पहिरामा परेर उनकी ४० वर्षीया श्रीमती पिपला, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल घाइते भएका छन् । घाइते चारै जनाको खिरातडी स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ । घटनालगत्तै नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरामा पुरिएका च...
अछाममा बाढी :  १२ जनाको शव फेला, ५ को खोजी जारी
समाचार, समाज, हाइलाइट-समाचार

अछाममा बाढी : १२ जनाको शव फेला, ५ को खोजी जारी

नेपाल अखबार, अछाम । गएराति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा  दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनले भने, “सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना बगाएको छ, खोजीमा खटिएको टोलीले निकै टाढा शव भेटाएको छ, खोलामा अहिलेसम्म पनि ठूलो बाढी आएका कारण खोजीमा निकै समस्या हुँदै आएको छ ।” नेपाली सेनाको एआइ १७  हेलिकप्टर बाढीले बगाएकाहरुको खोजीका लागि परिचालन भएको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले जानकारी दिए । उक्त खोजीमा अछामका प्रजिअ उपाध्याय, भवानी बक्सका गणपति लोचन कार्की तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली खटिएको जिल्ला प्रहरी का...
प्रेमजालमा फसाएर बालिकालाई बलात्कार
प्रशासन, समाचार, समाज

प्रेमजालमा फसाएर बालिकालाई बलात्कार

नेपाल अखबार, काठमाडौं । एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानीटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ । शुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए । उनका सहयोगी भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए । भारतीय व्यक्तिल...
अछामको रामारोशनमा बाढीले बगाएर १७ बेपत्ता, ४ जनाको शव भेटियो
समाचार, समाज

अछामको रामारोशनमा बाढीले बगाएर १७ बेपत्ता, ४ जनाको शव भेटियो

नेपाल अखबार,अछाम । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको रामाशोसन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले रातोपाटीलाई जानकारी दिइन् । बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको उपाध्यक्ष रावलले बताइन् । बाढीले २२ घर बगाएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको उद्धार टोली जाँदै छ । स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धार टोली रामारोशन पठाउने तयारी गरिरहेको छ । बाढीले बगाउँदा वर्ष ४० का हिक्मत शाही घाइते भएका छन् ।...