Wednesday, April 29

समाज

नारायणी नदीले सतर्कताको तह पार गर्यो
समाचार, समाज

नारायणी नदीले सतर्कताको तह पार गर्यो

नेपाल अखबार, चितवन। चितवनको नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बहाव बढेसँगै सतर्क रहन संकेत स्वरुप साइरन बजाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ । तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको बाढी भने बढ्दो क्रममा छ । देवघाटमा मध्याह्न १२ बजेर ५ मिनेटमा गरिएको मापन अनुसार बाढी उर्लिएर ७.६२ मिटर माथि पुगेको छ । देवघाटमा ७.३ मिटरसम्म सतर्कताको तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ । यसैगरी नारायणगढ पुलमा मध्याह्न १२ गरिएको मापनमा नारायणी नदीको बाढी ११.३२ मिटरसम्म पुगेको छ । यहाँ ११ मिटर पुगेमा सतर्कताको तह मानिन्छ । केहीबेर अघिसम्म धनकुटास्थित तमोर नदीमा पनि बहाव उच्च भए पनि अहिले घटेको छ । यस्तै लम्जुङको बेंसिशहरमा भारी वर्षा भएको छ । त्यसैले त्यहाँको नारायणी नद...
सिन्धुपाल्चोक पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो
समाचार, समाज

सिन्धुपाल्चोक पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

नेपालअखबार,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा साेही दिन ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो । अझै २६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री, ८ वर्षीय मिलन दोङ, पाँच वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय सानुकान्छी दोङ, पाँच वर्षीय प्रीति दोङ, पाँच महिनाकी कान्छी दोङ, ३४ वर्षीय धनमाया तामाङ दोङ र चार महिनाको रेमी दोङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहिरामा बेपत्ता २६ जनाको आज बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी भइरहेको ...
पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु
समाचार, समाज

पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु

नेपाल अखबार,  बागलुङ ।  बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा घर माथिबाट आएको पहिराले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ बस्ने  हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिरामा पुरिएर मृत्यु भएको हो । सोही पहिरामा परी ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । सोही घरमा रहेका अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको उनले बताए । राति २ बजेको समयमा आएको पहिराले हिराबहादुर विकको घर पुरेको हो । मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए । घरमाथिबाट आएको पहिराले घर बगाएको छ । रासस...
पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा हुने
समाचार, समाज

पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा हुने

नेपाल अखबार, पाेखरा । पश्चिम भूभागमा केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विगत २४ घण्टामा पनि बागमती, गण्डकी, प्रदेश ४ र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ । शनिबार दिउँसो र राति पनि बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । कर्णाली प्रदेशमा भने आज भारी वर्षाको सम्भावना नरहेको उनले बताए । मनसुनी न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको हो । पश्चिम क्षेत्रमा एकैछिन आकास खुले पनि एकैछिनमा बादल लाग्ने र वर्षा हुने छ । गएराति बर्दियाका गुलरिया, रानीजरूवा, रम्बापुर लगायतका धेरैजसो स्थानमा भारी वर्षा भएको छ र थप वर्षा हुने सम्भावना छ । त्य...
लिदीको बस्ती स्थानान्तरण गरिने
प्रशासन, समाचार, समाज

लिदीको बस्ती स्थानान्तरण गरिने

नेपाल अखबार,सिन्धुपाल्चोक । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताएका छन् ।  पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् । मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताए । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीव्् बनाइने गृहमन्त्रीको भनाइ थियो । शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुगेका थिए । उनले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निष्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुःख व्यक्त गरे । मन्त्री थापाले भने, “उहाँहरु साँझ सरेर अर्कै ठा...
निषेधाज्ञापछि चितवनको जनजीवन ठप्प
समाचार, समाज, हाइलाइट-समाचार

निषेधाज्ञापछि चितवनको जनजीवन ठप्प

नेपाल अखबार, चितवन। भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा  अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण ...
कास्कीमा  इञ्जिनियर मृत फेला
समाचार, समाज

कास्कीमा इञ्जिनियर मृत फेला

नेपाल अखबार, पोखरा । कास्कीमा हाइड्रोपावरमा कार्यारत एक सिभिल इञ्जिनियर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्त शुक्रबार दिउँसो करिब १२ बजे कास्कीको मादी गाउँपालिका-२ क्युरोखोलामा मृत अवस्थामा फेला परेका हुन् । मादी गाउँपालिका-२ सेती खोला नामार्जुन हाइड्रोपावरमा सिभिल इञ्जिनियर पदमा कार्यारत पन्त शुक्रबार राति खाजा खान हिँडेका थिए । त्यस पछि बेपत्ता भएका उनको शव आज दिउँसो खोलामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।...
मकवानपुरमा पहिरोले पुरिएका पुरुषको शव फेला
समाचार, समाज

मकवानपुरमा पहिरोले पुरिएका पुरुषको शव फेला

नेपाल अखबार, मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१२ मा पहिरोले पुरिएर बेपत्ता भएका ५४ बर्षिय काले मोक्तानको शव फेला परेको छ । गएरातीको सुख्खा पहिरोले पुरिएका मोक्तानको शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक (एसपी) सुशिलसिंह राठौरले  जानकारी दिए । मृतक काले थाहा नगरपालिका–१२ का स्थानिय हुन् ।  थाहा नगरपालिकाको गैरीगाउँमा संचालित ढुंगाखानीमा जाने बाटोमा खसेको पहिरोले तिनवटा ट्रिपर र एउटा स्काभेटर पुरेको छ । मृतक सो खानीका गाडी रेखदेख गर्न खटिएका थिए । पहिरोका कारण त्रिभुवन राजथपमा सवारी अवागमनमा कुनै असर नपर्ने एसपी राठौरले बताए । बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका ह...
कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु
समाचार, समाज

कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु

नेपाल अखबार, टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित साङ्गा चोक नजीकै चट्याङ पर्दा बालिका अञ्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पताल ल्याइएको छ । चट्याङ लागेर उनीसँगै रहेकी लम्कीचुहाकै १४ वर्षीया भावना शर्मा भने घाइते भएकी छन् । हात र खुट्टामा गम्भीर चोट लागेकी घाइते बालिकाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस...
पोखरामा ठुलो मात्रामा घरेलु मदिरा र कच्चा पदार्थ बरामद
समाचार, समाज

पोखरामा ठुलो मात्रामा घरेलु मदिरा र कच्चा पदार्थ बरामद

नेपाल अखबार, पोखरा । पोखरा उपत्यका तथा आसपासबाट घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको छ । गत मङ्गलबार र बुधबार पोखराका विभिन्न स्थानहरुबाट कास्की प्रहरीले १० लिटर घरेलु मदिरा तथा ४ सय लिटर कच्चा पदार्थ बरामद गरेको हो । प्रहरीका अनुसार मङ्गलबार पोखरा -११ फुलबारी स्थित सुन्तली श्रेष्ठको कोठाबाट १ सय ५० लिटर कच्चा पदार्थ चिनी तथा मर्चा र सोही स्थानकी राधिका थापामगरको कोठाबाट १० लिटर तयारी मदिरा तथा १ सय ५० लिटर कच्चा पदार्थ बरामद गरिएको हो । त्यस्तै बुधबार कास्की-१४ मनकामना टोल स्थित टेकबहादुर गुरुङको घरबाट १ सय लिटर कोदो मर्चा र चिनी मिसाएको मदिराजन्य कच्चा पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।...