Sunday, April 26

समाज

पत्रिकाको ग्राहक बनिदिन्छु भन्दै बलात्कारः बच्चा जन्मिएपछि घटना सार्वजनिक
समाचार, समाज

पत्रिकाको ग्राहक बनिदिन्छु भन्दै बलात्कारः बच्चा जन्मिएपछि घटना सार्वजनिक

नेपाल अखबार, भक्तपुर । रामेछाप खाँडादेवी गाउँपालिका–९ स्थायी घर भएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारी मध्यपुरथिमिमा मासु पसल चलाउँथे ।  मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल अगाडी रहेको पसलमा २०७६ जेठ २७ गते एक किशोरी आइन् । उनी पत्रिकाको ग्राहक बनाउँदै हिँड्थिन् । भण्डारीले ती १७ वर्षकी किशोरीलाई पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ, भन्दै फकाई डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार भण्डारीले ती किशोरीलाई बलात्कार गरेपछि कोही कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की दिए । पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेको र गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिइन् ।  २०७७ असार १४ गते जबरजस्ती करणी मुद्दामा पीडित किशोरीले जाहेरी दरखास्त दिएपछि प्र...
कम्युनिष्ट नेता बर्मन बुढाको निधन
समाचार, समाज

कम्युनिष्ट नेता बर्मन बुढाको निधन

नेपाल अखबार, काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो । उनी ९० वर्षका थिए । विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो । बर्मन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बर्मन बुढा थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए । तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बर्मन बुढा होमिएका थिए । माओवादी पार्टीमा आएको विभाजनप्रति उनी असन्तुष्ट थिए । गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा उनी जेल परेका थिए । प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनलाई कम्युनिष्ट बनाएको थियो । त्यसपछि २०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ...
देशभर मनसुनी वायुको प्रभाव
समाचार, समाज

देशभर मनसुनी वायुको प्रभाव

नेपाल अखबार, काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ। जलत था मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै  स्थानहरुमा हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ । विहीबार पनि देशभर सामान्य ...
पहिरोले सिद्धार्थ राजमार्ग पुन: अवरुद्ध
समाचार, समाज

पहिरोले सिद्धार्थ राजमार्ग पुन: अवरुद्ध

नेपाल अखबार, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ । मंगलबार राति तानसेन नगरपालिका–८ गौडेपुल नजिकै र तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै नाग मन्दिरमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । गौडेपुल नजिकैको पहिरो दुई हप्तादेखि खस्ने र रोकिने हुँदै आएको छ । केही घण्टा वर्षा हुँदा पहिरो गएको ठाउँमा पुनः पहिरो खस्ने र सडक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी मदन गिरीले बताए । बुटवल–दोभान खण्डको नाग मन्दिरमा सोमबार राति पहिरो खसेकै ठाउँमा मंगलबार पुनः पहिरो खसेको हो । पहिरोमा ठूला–ठूला चट्टान खसेकाले अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, स्याङ्जा, कास्की, अर्घाखांची, पर्वत, बागलुङ...
जाजरकोटमा पहिरोबाट विस्थापितलाई शिविरमा राखिने
समाचार, समाज

जाजरकोटमा पहिरोबाट विस्थापितलाई शिविरमा राखिने

नेपाल अखबार, जाजरकाेट। गत असार २५ गते आएको पहिरोमा परी विस्थापित भएका एक हजार १५५ घरधुरीलाई व्यवस्थापनका लागि बारेकोट गाउँपालिकाले शिविरमा राख्ने निर्णय गरेको छ । गाउँपालिकाले तीन वटा मापदण्डका आधारमा विस्थापितलाई व्यवस्थापन गर्न लागेको छ । घर पूर्णरूपमा क्षति भएर विस्थापित भएको रातो (क), घर भत्किएर आंशिक क्षति भई विस्थापित भएकालाई पहेँलो (ख) र घर भत्किएर आंशिक क्षति भई जोखिममा नरहेकालाई हरियो (ग) मा विभाजन गरी राहतको प्याकेज घोषणा गरिएको छ । सोही आधारमा उत्पादनशील जमीनमा भएको क्षतिको विषयमा राहतको घोषणा गरिएको छ । मृतकका परिवार र पूर्ण वा आंशिक घर क्षति भई विस्थापित भएका घर परिवारलाई गाउँपालिकाको तर्फबाट खानेपानी, धारा, शौचालय, ट्याङ्की, काठेपुल तथा घट्ट  निर्माणका लागि गाउँपालिकाले तत्काल काम अगाडि बढाउने भएको छ । गाउँपालिकाले विस्थापितलाई पर्ने स्वास्थ्य समस्याका विषयमा शिविर सञ्चालन गर...
तनहुँमा पहिरोमा पुरिएर हजुरआमा बेपत्ता, नातिनीको उद्धार
समाचार, समाज

तनहुँमा पहिरोमा पुरिएर हजुरआमा बेपत्ता, नातिनीको उद्धार

नेपाल अखबार, तनहुँ । देशभर जारी मनसुनी वर्षाका कारण आएको पहिरोले तनहुँमा ८० वर्षीया वृद्धालाई बेपत्ता पारेको छ । सोमबार दिउँसो करिब २:३० बजे तनहुँ जिल्लाको भानु नगरपालिका-९ सिमगैरामा पहिरोले ८० वर्षीया तिलमाया धरालीलाई बेपत्ता पारेको हो । पहिरोले स्थानीय महिन्द्र धरालीको घर बगाउँदा उनको आमासहित छोरी त्रिप्सा धराली पुरिएका थिए । पहिरोबाट प्रहरीले त्रिप्सा धरालीको उद्धार गरे पनि तिलमाया धरालीको भने हराइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएकी त्रिप्सा धरालीलाई उपचारका लागि अस्पताल लगिएको र अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा बेपत्ता भएकी तिलमाया धरालीको खोजीकार्य भइरहेको छ ।...
चितवन राष्ट्रिय निकुन्जले जलाइदियो चेपाङका घर
समाचार, समाज

चितवन राष्ट्रिय निकुन्जले जलाइदियो चेपाङका घर

नेपाल अखबार, चितवन। चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका–९ का चेपाङ वस्तीका घर हात्ती लगाएर भत्काइदिनुका साथै केही आगजनीसमेत गरेको छ । माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले आठ वटा घर भत्काइएको र दुईवटा घरमा आगजनी गरिएको बताए । अविरल वर्षाको बेला घर नै नरहेपछि चेपाङ सुमदायको विचल्ली भएको छ । मेयर ढकालका अनुसार चेपाङ समुदायका लत्ताकपडा, भाँडाकुँडा, दुःख गरेर कमाएको केही रकमसमेत पूर्णरुपमा नष्ट भएको छ । माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि सकुम्वासी चेपाङहरु बस्दै आएका थिए । निकुन्ज क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै उनीहरुका घर भत्काउनुका साथै आगजनी गरिएको हो । स्थानीय सरकार वा सरोकारवाला कुनै पनि निकायसँग समन्वय नगरी निकुन्ज प्रशासनले चेपाङ समुदायको घर भत्काइदिएको र आगजनी गरेको भन्दै माडी नगरपालिकाले भत्र्सना गरेको छ । साथै चेपाङहरुको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण ग...
मनसूनी न्युन चापीय रेखा नेपाल तिर सर्‍यो : भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
समाचार, समाज

मनसूनी न्युन चापीय रेखा नेपाल तिर सर्‍यो : भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

नेपाल अखबार, पाेखरा। हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ।  देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका केही स्थानहरुमा साथै  प्रदेश ५,  सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको  सम्भावना  रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ । सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि ...
पोखरामा यस वर्ष गाइजात्रा महोत्सव तथा तायमचा प्रतियोगिता नहुने
समाचार, समाज

पोखरामा यस वर्ष गाइजात्रा महोत्सव तथा तायमचा प्रतियोगिता नहुने

नेपाल अखबार, पोखरा । यस वर्ष पोखरामा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने भएको छ । कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितीले गर्दा नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष हुने प्रतियोगिता यो वर्ष स्थगित गर्नु परेको खलका अध्यक्ष अशोक पालिखले जानकारी दिए । हालै नेवाः खल कास्कीको कार्यसमितीको वैठकले श्रावण २० गते परम्परागत रुपमा निकालिदै आईरहेको गाईजात्रा नृत्य तथा यही श्रावण २४ गते हुने गाईजात्रा महोत्सवलाई पनि स्थगित गरिएको हो । साँस्कृतिक परम्पराका रुपमा मनाउदै आएको गाइजात्रा भने घरका परिवार तथा सिमित व्यक्तिहरु सम्मिलित भई सामाजिक दुरी कायम गरि नजिकैको मन्दिर मात्रै परिक्रमा गरि निकाल्न पनि नेवाः खल कास्कीले आह्वान गरेको महासचिव सुविन्द्र श्रेष्ठले बताए । नेवारी संस्कार र संस्कृति जगेर्नाका लागि नेवाः खल कास्कीले हरेक वर्ष गर्दै आइरहेको गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प...
बाढीपहिरोले म्याग्देका ७१ परिवार विस्थापित
समाचार, समाज

बाढीपहिरोले म्याग्देका ७१ परिवार विस्थापित

नेपाल अखबार, दमौली । गत असार २८ र २९ गतेको बाढीपहिराबाट तनहुँको म्याग्दे गाउँपालिकाका ७१ परिवार विस्थापित भएका छन् । बाढीपहिराले घर भत्किएपछि सातवटै वडाका ती परिवार विस्थापित भएका हुन् । म्याग्दे गाउँपालिका–१ का ७, वडा नं २ का २७, वडा नं ३ का ८, वडा नं ४ का २, वडा नं ५ का ५, वडा नं ६ र वडा नं ७ का १४ परिवार विस्थापित भएको  गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । विस्थापित भएकाहरु छिमेकीको घरमा र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् । विस्थापित भएकाहरुलाई गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष रानाका अनुसार ती परिवारलाई नगद रु पाँच हजार र दैनिक उपभोग्य वस्तुहरु प्रदान गरिएको छ । ‘गाउँपालिका आफ्ना वासिन्दाप्रति उत्तरदायी छ, जनताको दुःखमा सहयोग गर्नु गाउँपालिकाको दायित्व हो’ उनले भनिन्, ‘पहिलो चरणमा प्राप्त तथ्याङ्कका आधारमा राहत सहयोग गरेका छौँ ।’ विस्थापित भए...