Saturday, June 27

समाज

सिन्धुलीमा पनि देखियो सलह किरा
समाचार, समाज

सिन्धुलीमा पनि देखियो सलह किरा

नेपाल अखबार, सिन्धुली । भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह किरा सिन्धुलीमा पनि देखिएको छ । सिन्धुलीका विभिन्न  स्थानमा सलह किरा देखिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।   सिन्धुलीको कमलामाई नगरपालिका २, ८ बाघमारा र १० को भडारमा सलहजस्तै किरा देखिएको कार्यालयले जनाएको हो । कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँलका अनुसार किसानबाट फट्याङ्ग्राजस्तो किराले बालीनालीमा नोक्सान पुर्याएको जानकारी दिए । जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले नेपालमा सहल प्रवेश गरेको औपचारिक जानकारी कृषि  मन्त्रालयले नदिए पनि प्रभावित जिल्लाका विज्ञ एवं प्राविधिकसँग भिडियो छलफल गरिरहेको जानकारी दिए । उनले तराईसँगै सीमा जोडिएको सिन्धुलीसमेत सलहको खतरामा रहेको बताए ।  किराको नमूना हेर्दा सलह नै रहेको अनुमान गर्दै  सो विषयमा प्राविधिकहरुसँगको छलफलपछि यथार्थ सार्वजनिक गरिने विज्ञ ...
पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु
समाज, स्वास्थ्य

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार,  पाेखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ । उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । डा. आचार्यका अनुसार उनी डायबिटिजबाटसमेत पीडित थिए । पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि पनि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि यसैबीच...
४९ वर्षको उमेरमै वडाध्यक्षको निधन
समाज

४९ वर्षको उमेरमै वडाध्यक्षको निधन

नेपाल अखबार, चितवन । पू्र्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ । उनको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिए । लामो समय देखि अल्सरको उपचार गर्दै आएका तामाङको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो । समस्या जटिल भएपछि उनलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन् । उनका अनुसार तामाङको निधन आज दिउँसो ४ बजे भएको हो । उनलाई केही दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो । उपचारका क्रममा तामाङको निधन भएको हो । नगरसभा सकिने समयमा उनको निधन भएको खबर आएको प्रमुख बरालले बताइन्। तामाङ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् । रासस...
प्युठानमा १८ वर्षीया युवतीले क्वारेन्टिनमै जन्माइन् शिशु
समाचार, समाज

प्युठानमा १८ वर्षीया युवतीले क्वारेन्टिनमै जन्माइन् शिशु

नेपालअखबार, प्युठान।   प्युठानको एक क्वारेन्टिनमा बसेकी १८ वर्षीया युवतीले शिशु जन्माएकी छन्। मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बसेकी १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन्। क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा ल्याइएको थियो। स्वास्थ्य केन्द्रमै मंगबालर बिहान करिब ८ बजे उनी सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए। अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ। खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ। पीसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए। खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बसेकी थिइन्।...
बझाङमा युवकले गरे क्वारेन्टिनमै आत्महत्या
समाचार, समाज

बझाङमा युवकले गरे क्वारेन्टिनमै आत्महत्या

नेपाल अखबार, बझाङ । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका-७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए । भारतबाट आएका युवक यही असार ६ गतेदेखि क्वारेन्टिनमा बसेका थिए । अध्यक्ष धामीका अनुसार युवक ८ गते बिहान कोठाभित्रै झुण्डिएको अवस्थामा भेटिएका हुन् । मृतकको सोमबार नै अन्त्येष्टि गरिएको छ । स्थानीयवासी त्रसित भएकोले  सुरक्षा व्यवस्था मिलाएर युवकको शवलाई गाडिएको अध्यक्ष धामीले बताए । मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ । भारतबाट फर्किएका उनको परिवारसँग भेट भएको थिएन ।...
मंगलबारको मौसम पूर्वानुमान, देशभर वर्षाको सम्भावना
समाचार, समाज

मंगलबारको मौसम पूर्वानुमान, देशभर वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा । मौसम पूर्वानुमान महाशाखाले आज नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यसैगरी, राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको   सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा बताइएको छ । यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक  वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।...
पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि, बोर्डले क्षमा मागे
प्रशासन, समाचार, समाज

पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि, बोर्डले क्षमा मागे

नेपाल अखबार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा असामान्य परिस्थिति सिर्जना भएको र कार्यक्रम बीचमै अन्त्य गर्नुपरेकोमा क्षमा मागेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम बीचमै अन्त्य गर्नुपरेको भन्दै क्षमा याचना गरेको हो । यस विषयमा बोर्डले छानविनका लागि कार्वाही प्रक्रियालाई समेत अघि बढाइसकेको जानकारी दिएको छ । के भएको थियो भर्चुअल बैठकमा ? कोभिड १९ को रोकथामका लागि पर्यटन सम्बबद्ध निर्देशिका जारी गर्न बोर्डले भर्चुअल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी थिए । जुममा आयोजित भर्चुअल कार्यक्रम सुरु भएको केहीबेरमै पोर्न भिडियो बज्न थाल्यो । एकाएक अश्लिल भिडियो बज्न थालेपछि सबैजना केहीबेर अलमलमा परे । तर आयोजक पक्षले तत्काल बैठक रोक्यो । मन्त्री भट्टराई बोल्न सुरु गर्नासाथ अश्लिल भिडि...
पोखरामा सफल कौसी खेती
समाचार, समाज

पोखरामा सफल कौसी खेती

जमुनावर्षा शर्मा, पाेखरा । पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उनी पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थालेकी छिन् । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बनेकी छन् । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर उनी भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उनको सफलताले अहिले चर्चा पनि पाउने गरेको छ । बिहान जुरुक्क उठ्दा उनको घर अगाडिबाट कैयौँ मानिस बिहानको हिँडाई (मर्निङ वाक) मा देखिन्छन् । तर उनको बिहान भने कौसीमा तरकारीसँगै बित्ने गर्दछ । उनी सामान्य व्यायामपछि तरकारीको हेरचाहमा व्यस्त हुन्छिन् । मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौँला, लौका, स...
भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या
समाचार, समाज

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या

नेपाल अखबार,  बझाङ।  बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । गएराति सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले झुण्डिएर आत्महत्या गरेका हुन् । उनी ३ दिन अघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।  वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार उनी ६ गतेदेखि क्वारेन्टिनमा बसिरहेका थिए । तर गएराति अचानक उनी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका थिए । वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो ।...
एउटाको गर्भ, अर्कोसँग विवाह
समाचार, समाज

एउटाको गर्भ, अर्कोसँग विवाह

नेपाल अखबार, सप्तरी। एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले भुइँमा लडाई बलात्कार गरेको र उनकै गर्भ रहेको बताएपछि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुबा हुन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले गर्भवती बालिकाको विवाह वैशाख २८ गत...