Sunday, August 30

समाज

सप्तरीमा हात्ती आतंक : पाँच घरमा तोडफोड
समाचार, समाज

सप्तरीमा हात्ती आतंक : पाँच घरमा तोडफोड

नेपाल अखबार, सप्तरी। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको छ। जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति जंगली हात्तीको समूहले पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको हो। कोशी टप्पु वन्यजन्तु आरक्षबाट नौ वटाको समूहमा आएको जंगली हात्तीले कञ्चनरुप नगरपालिका–१० बदगामामा पाँच वटा घरमा तोडफोड गरेको वडाध्यक्ष दिलीप चौधरीले जनाकारी दिए। सो हात्तीको समूहले स्थानीयवासी सम्झाना देवी यादवको एक, मनोज गुप्ताको एक, जयकृष्ण कुमार कुसियैतको दुई र सुदामा कुसियैतको एक वटा घरमा तोडफोड गरेको वडाध्यक्ष चौधरीले बताए। हात्तीले घरमा तोडफोड गर्दा घरभित्र रहेका चार ड्रम चामल, तीन ड्रम गहुँ र अन्य अन्नपात खानुका साथै घरको आँगनमा रहेको खानेपानी टु्यवबेलसमेत उखेलेर फालेको पीडित सञ्जय कुसियैतले जानकारी दिए। ती हात्तीलाई स...
विष सेवनबाट एकको मृत्यु, एकको अवस्था चिन्ताजनक
समाचार, समाज

विष सेवनबाट एकको मृत्यु, एकको अवस्था चिन्ताजनक

नेपाल अखबार, महोत्तरी । विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले करेन्ट नामक विषादी सेवन गर्दा उनको ज्यान गएको हो। विषादी सेवनबाट बेहोस भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै जिल्लाको बलवा नगरपालिका–११ बस्ने सुरेन्द्र महतोकी छोरी १४ वर्षीया आरती कुमारीले आमाले गाली गरेको विषयलाई लिएर थाइमेड नामक विषादी सेवन गरेपछि उनी सिकिस्त भएकी छिन्। उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको छ भने अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। रासस...
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वामः वडा कार्यालयमा तालाबन्दी
समाचार, समाज, हाइलाइट-समाचार

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वामः वडा कार्यालयमा तालाबन्दी

नेपाल अखबार, दार्चुला । लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेको र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। एक वर्षअघि मृत्यु भइसकेका जोशीको नाममा वडाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता झ्वाम पार्दै आएको आरोप स्थानीयवासीको छ। सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी प्राविधिक हरसिंह बोहरालाई दिएको वडा कार्यालयले जनाएको छ। जोशीको ०७६ असार २३ गते मृत्यु भएको थियो भने ०७६ साउन १४ गते मृत्यु दर्ता प्रमाणपत्र जारी भएको तथ्यांक वडा कार्यालयसँग छ। मृतकका नाममा साउन महिनादेखिक...
पहिरोका कारण प्युठानका ग्रामीण सडक अवरुद्ध
समाचार, समाज

पहिरोका कारण प्युठानका ग्रामीण सडक अवरुद्ध

नेपाल अखबार, प्युठान । वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएका कारण प्यूठानका ग्रामीण सडक अवरुद्ध भएका छन् । सवारीसाधन नचल्दा ऐरावती गाउँपालिकाका सिख्रे तिग्रापातल, तिल्केनी, चुत्रेनी जाबुनलगायतका नागरिकले समस्या  भोग्दै आएका छन् । यहाँ हिउँदको समयमा मुश्किलले सवारीसाधन आवतजावत गरे तापनि वर्षात्का समयमा सवारीसाधन चल्दैनन् । आर्थिक वर्ष २०७३/०७४ बाट सडक डिभिजन कार्यालयले माण्डवी र ऐरावती गाउँपालिका जोड्ने चेरनेटा–चीन–जाबुने सडकखण्ड स्तरोन्नति गर्न लागेपछि सडकमा गाडी गुड्न पाएका छैनन् । शुरुमा माटो र ढुङ्गाको उचित व्यवस्थापन नहुँदा सवारी सञ्चालनमा आउनसकेका थिएनन् । तिग्रापातलवासीले ठेकेदारका कारण समस्या भएको जनाउँदै इलाका वन कार्यालय बरौलामा मौखिक निवेदन दिएपछि रोकिएको निर्माणको काम माग पूरा गर्ने सर्तमा पुनःसञ्चालन भएको थियो । वर्षात्का समयमा पानीको मात्रा बढेसँगै नयाँ सड्क भत्किनुका साथै ठ...
पोखरामा ९ वर्षीया बालिकालाई बलात्कार, ५४ वर्षीय छिमेकी पक्राउ
समाचार, समाज, हाइलाइट-समाचार

पोखरामा ९ वर्षीया बालिकालाई बलात्कार, ५४ वर्षीय छिमेकी पक्राउ

नेपाल अखबार, पोखरा । पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् । बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि रेसबहादुर फरार थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार बालिकाका बाबुआमा दुवै जना विदेश छन् । उनी बालिकाको छिमेकी हुन् । प्रहरीका अनुसार पुरानो घर स्याङ्जा भएका उनले बालिकालाई चकलेट खान दिने, फकाउने र अनैतिक काम गर्न लगाउन थाले । छिमेकीबाट भएको जघन्य अपराधबारे बालिकाले आफन्तलाई भन्न सकिनन् । ‘घटनाबारे बालिकाका आफन्तले सुइँको पाएछन् । त्यसपछि अभियुक्त फरार भए । बालिकालाई फकाएर सोध्दा उनले घटनाको सबै...
नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढ्यो
समाचार, समाज

नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढ्यो

नेपाल अखबार, कैलाली। नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढेको छ । टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा कर्णाली नदीले तटबन्ध कटान गर्दा टीकापुरमा जोखिम बढेको हो । नदीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध कटान शुरु गरेको छ । “कटान तीव्ररुपमा भइरहेको छ । नदीले बहाव बदल्ने देखिन्छ”, स्थानीय झपट सोडारीले भने, “यसलाई नियन्त्रण नगरे बस्तीमा क्षति पुग्ने निश्चित छ । नदी बस्तीमा पसे टीकापुर २, ७, ८ सखाप हुने देखिन्छ । हजारौँ घर डुबानमा पर्नेछन् ।” सोडारीका अनुसार यस वर्ष नै निर्माण गरिएको तटबन्ध कमजोर रहेकाले नदी कटान बढेको हो । नदीले कटान तीव्र पार्दा नदी बस्तीमा फर्किने अवस्था आएको उनको भनाइ छ । उनी भन्छन्, “नदीलाई तत्काल नियन्त्रणको प्रयास नभए बस्ती सखाप हुन्छ ।” नदी कटानले करिब १०० मिटर तटबन्ध बगेर जाने अवस्थामा पुगेको छ । तटबन्ध बगे कर्णाल...
एसइईमा कम नम्बर दिएकाे भन्दै विद्यार्थीले शिक्षकलाई कुटे
शिक्षा, समाचार, समाज

एसइईमा कम नम्बर दिएकाे भन्दै विद्यार्थीले शिक्षकलाई कुटे

नेपाल अखबार, सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाको एक सामुदायिक विद्यालयका शिक्षकलाई सोही विद्यालयमा अध्ययनरत केही विद्यार्थीले कुटपिट गरेको छन्। एसइईमा कम नम्बर दिएको निहुँमा आइतबार दिउँसो सुनकोसी ७ मझुवास्थित गणेश माविका प्रधानाध्यापक र एक शिक्षकमाथि कुटपिट भएको हो। विद्यार्थीले विद्यालयमै गएर शिक्षकमाथि निर्घात कुटपिट गरेका प्रहरीले जनाएको छ। प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी विषय पढाउने शिक्षक चित्रबहादुर भण्डारीमाथि विद्यार्थीले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले जानकारी दिइन्। कुटपिटमा संलग्न विद्यार्थी फरार छन्। ‘कुटपिटमा संलग्न विद्यार्थीको खोजी भइरहेको छ,’ एसपी सिग्देलले  भनिन्, ‘कुटपिटबाट दुई शिक्षक घाइते हुनु भएको छ। उहाँहरुले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दर्ता गराउनु भएको छ। हामीले उहाँहरुको घाउ जाँच गरेर घटना...
रौतहटमा एक महिला मृत फेला, बलात्कारपछि हत्याको आशंका
समाचार, समाज

रौतहटमा एक महिला मृत फेला, बलात्कारपछि हत्याको आशंका

नेपाल अखबार, रौतहट । रौतहटमा एक ४० वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् ।  गढीमाई नगरपालिका–३ लक्षमीपुरकी मिन्त्री देवीको शव आइतवार गाँउछेउकै उखुुघारीमा फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गरी सालले घाँटी कसेर हत्या गरिएको अवस्थामा मिन्त्री देवीको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । घटना प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको डिएसपी श्रेष्ठले बताए ।  महिलाको हत्याको अनुसंधान गर्न आवश्यक जनशक्ति परिचालन गरिएकाले तत्कालै हत्याको कारण यकिनका साथ भन्न सकिने अवस्था भने नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ  । हाल घटनास्थललाई सुरक्षित राखेर मुचुल्का उठाउने काम भइरहेको प्रवक्ता श्रेष्ठले बताए । यसअघि गत साउन ३२ गते जिंगडियाका २२ वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव बरामद भएको थियो । यस्तै गत भदौ ...
सैनिकद्वारा आत्महत्या
समाचार, समाज

सैनिकद्वारा आत्महत्या

नेपाल अखबार,तनहुँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् । तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिनुभयो । उक्त घटनाको विषयमा उनका आफन्तलाई खबर गरिसकिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जङ्गी अड्डाले जनाएको छ । रासस...
सिन्धुपाल्चोकमा पहिरोले चार घर पुरिए
समाचार, समाज

सिन्धुपाल्चोकमा पहिरोले चार घर पुरिए

नेपाल अखबार, सिन्धुपाल्चोक ।  गएराति सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ धुसेनीमा गएको पहिरोले चार घर पुरिएको छ । पहिरोले स्थानीय खिल बहादुर भण्डारीको २ घर, इबबहादुर भण्डारी र चेतबहादुर भण्डारीको १/१ घर पुरेको स्थानीय भुपेन्द्र भण्डारीले जानकारी दिए । पहिरो अन्य ८ घर आशिंक रुपमा क्षति भएको भूपेन्द्र भण्डारीले जानकारी दिए । उनले भने, ‘पहिरोमा मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाय भने पुरिएको छ ।’ पानी शनिबार साँझदेखि परेको थियो । राती करिब ३ बजेको समयमा पहिरो आएको भण्डारीको भनाइ छ । उक्त स्थानमा पहिलादेखि नै धाँजा फाटेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेलले बताइन् । उनले भनिन्, ‘पहिलादेखि नै जमिन धाँजा फाटेको हुनाले ९ भदौमा जोखिमयुक्त क्षेत्रका वासिन्दालाई स्थान्तरण गरिसकेका थियौं ।’ आजको पहिरोले जोखिमयुक्त बनाएको ठाउँमा वासिन्दालाई पनि सुरक्षित ठाउँमा स्थान्तरण गर्ने तयारी गर...