Sunday, August 30

समाज

जनता आवासका लागि प्रदेश सरकारले दुई हजार २४६ घर निर्माण गर्दै
समाचार, समाज, हाइलाइट-समाचार

जनता आवासका लागि प्रदेश सरकारले दुई हजार २४६ घर निर्माण गर्दै

नेपाल अखबार, काठमाडाैं। वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार २४६ घरमध्ये ६२० घर निर्माण सम्पन्न भएका छन् । सरकारले उक्त कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा जम्मा दुई हजार २४६ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो । सो कार्यक्रमका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा रु ४३ करोड बजेट विनियोजन गरेर काम शुरु गरेको र क्रमागत योजनाअन्तर्गत चालू आर्थिक वर्षमा रु आठ करोड ६३ लाख बजेट थप गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । सरकारले चितवनमा ७६६, मकवानपुरमा ६५०, धादिङमा ३५०, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, रसुवा र नुवाकोटमा ५०÷५० घर निर्माण गर्ने योजनाअनुसार अघिल्लो आर्थिक वर्षमा ६२० घर निर्माण सम्पन्न गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जनता आवास कार्यक्रमअ...
बाँकेमा मन्दिरको कुटीमै बोलाएर पुजारीले गरे दुई युवतीलाई बलात्कार
समाचार, समाज, हाइलाइट-समाचार

बाँकेमा मन्दिरको कुटीमै बोलाएर पुजारीले गरे दुई युवतीलाई बलात्कार

नेपाल अखबार, बाँके। बाँकेमा एक पुजारीले झारफुकको बहानामा मन्दिरको कुटीमै बाेलाएर दुई युवतीलाई बलात्कार गरेका छन्। पीडितकाे उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी ४० वर्षीय नजिर महमदलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख, एसपी ओमबहादुर रानाले जानकारी दिए। उनले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबर्जजस्ती करणी गरेको अभियोग लागेको छ। बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी सुवास खड्काका अनुसार घटना भदौ १० गते (बुधबार) राति १२ बजे भएको हो। ‘हामीलाई चाहिँ उजुरी भदौ ११ गते (बिहीबार) आएको हो,’ डीएसपी खड्काले शनिबार बिहान  भने, ‘त्यही दिन उसलाई हामीले पक्राउ गरेका हौं।’ एसपी रानाका अनुसार उनीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेकाे छ। डीएसपी खड्काका अनुसार पीडित दुवै युव...
सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता
Uncategorized, चलचित्र, मनोरञ्जन, समाचार, समाज, साहित्य \कला, हाइलाइट-समाचार

सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता

काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन्  । शुक्रबार साँझ (आज) भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए । कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो ।  नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए । पहिलो सिजनको विजेता बुद्ध लामा...
विष सेवनबाट ८ महिने शिशुको मृत्यु, आमा सिकिस्त
समाचार, समाज

विष सेवनबाट ८ महिने शिशुको मृत्यु, आमा सिकिस्त

नेपाल अखबार, कैलाली । जिल्लाको पुनर्बास नगरपालिका– १ गणेश बस्तीमा आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको मृत्यु भएको छ । स्थानीय २४ बर्षीया निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विषादी सेवन गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘आमाले आफूसँगै शिशुलाई पनि विष खुवाएकी थिइन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने ‘आमा बाँचिन्, शिशुको मृत्यु भयो ।’ निर्मला अहिले धनगढीस्थित सारथी अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको होस् अझैसम्म खुलेको छैन । तर, स्वास्थ्यमा केही सुधार आएको प्रहरीको भनाइ छ । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ प्रहरी नायव उपरीक्षक थापाले भने ‘उनको स्वास्थ्यमा सुधार आएलगत्तै शिशुलाई पनि किन विष खुवाइन् भन्नेबारे हामी सोधपुछ गर्नेछौं ।’...
नदी तर्न मासिक ३ सय शुल्क
प्रदेश ६, समाचार, समाज

नदी तर्न मासिक ३ सय शुल्क

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बासिन्दा बल्मा नदीमा दैनिकरुपमा आवतजावत गर्दै आएका छन् । दैजीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणी क्षेत्र जान यो बाटो छोटो दूरीको छ । अहिले यस क्षेत्रमा हुलाकी राजगमार्ग निर्माण भइरहेको छ । बल्मा खोलामा चार वर्षअघि पुल निर्माणका लागि ठेक्का भए पनि अहिलेसम्म निर्माण सकिएको छैन । खोला बढेर तर्न नसकेपछि अहिले सर्वसाधारणले शुल्क तिरी खोला वारपार गर्दै आएका छन् । मानिस, सवारीसाधन र सामान तार्न रु १०० देखि रु ३०० सम्म तिर्नुपर्ने अवस्था छ ...
विद्यालयभित्र तास खेल्ने ११ जना पक्राउ
समाचार, समाज

विद्यालयभित्र तास खेल्ने ११ जना पक्राउ

नेपाल अखबार, चितवन । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका  प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए । उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । उनीहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक घर्तीले बताए ।...
निषेधाज्ञामा वन तस्करी बढ्यो
समाचार, समाज

निषेधाज्ञामा वन तस्करी बढ्यो

नेपाल अखबार, महोत्तरी । कोविड–१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकरपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो । भदौ लागेयतामात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्यूविक फिट बरामद गरेको छ । चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैधरुपले सञ्चालन गरेका समिल (काठ चिरान गर्ने कारखाना) र फर्निचर उद्योगमा फेला परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । “हामीले यसै सातामात्र बर्दिवासका दुई ठाउँबाट ५९ क्यूविक फिट नापका चिरान गरिएका ९४ थान नयाँ कटान गरिएका काठ बरामद गरेका छौँ”, डिभिजन प्रमुख साहले भन्नुभयो, “तश्करले रुख कटान गर्...
पोखरामा नगद रु एक लाख ३६ हजार सहित पाँच जना जुवाडे पक्राउ
समाचार, समाज

पोखरामा नगद रु एक लाख ३६ हजार सहित पाँच जना जुवाडे पक्राउ

नेपाल अखबार, पाेखरा। पोखरामा नगद रु एक लाख ३६ हजार सहित पाँच जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४ चाउथे खसीबजार बस्ने चन्द्र बहादुर श्रेष्ठको घरमा सोही ठाउँ बस्ने जीतबहादुर कुँबरले संचालन गरेको जित रियलस्टेट एण्ड हाउजिङ प्रा.लि.को कोठामा अबैध रुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं.१३ मियापाटन बस्ने बर्ष ४२ का जीवन नेपाली, बाझापाटन बस्ने ३५ वर्षीय ओम बहादुर नेपाली, पोखरा–१० का रामबजार बस्ने बर्ष ५४ को देबिलाल तिमिल्सिना, चितवन भरतपुर महानगरपालिका–२५ घर भई हाल पोखरा–१४ वीपीमार्ग बस्ने बर्ष ४० को कृष्णहरी दवाडी र तनहँु भिमाद नगरपालिका–२ घर भई हाल चाउथे चाउथे बस्ने ४० वर्षीय ओमबहादुर आले रहेका छन् । जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलील...
पोखरामा भूकम्प हेमजा केन्द्रविन्दु
समाचार, समाज

पोखरामा भूकम्प हेमजा केन्द्रविन्दु

नेपाल अखबार,पाेखरा। आज साँझ पोखरा महानगरपालिका–२५ हेमजा केन्द्रविन्दु भएर भुकम्प गएको छ । साँझ ५ बजेर २७ मिनेटमा तीन दशमवल एक रेक्टरको भुकम्प गएको राष्ट्रिय अनुसन्धान तथा भूकम्प मापन केन्द्रले जनाएको छ । सो भुकम्प विसं २०७२ वैशाख १२ को गोरखा भुकम्पको पराकम्प भएको जनाइएको छ ।  
काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, समाज, स्वास्थ्य

काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा एकैपटक हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा उपत्यकमा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । संक्रमितमा काठमाडौंमा मात्रै २७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।  पछिल्लो एक सातायता राजधानीमा निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।  यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । यसअघि बुधबार पनि उपत्...