Sunday, August 30

समाज

कास्कीमा शिशु हत्याको अभियोगमा महिला पक्राउ
समाचार, समाज

कास्कीमा शिशु हत्याको अभियोगमा महिला पक्राउ

नेपाल अखबार, पाेखरा। आफ्नै शिशुको हत्या अभियोगमा प्रहरीले कास्‍कीको रुपा गाउँपालिका ४ खाल्टेकि रिता मल्ल सिंहलाई पक्राउ गरेको छ । साउन २७ गते दिउँसो पौने ४ बजे रुपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले भर्खरै जन्मेको शिशुको शव फेला पारेको थियो । त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले साउन ३२ गते सिंहलाई पक्राउ गरेको हो ।घटनाको अनुसन्धानका लागि सिंहलाई ७ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत कास्कीबाट लिएको प्रहरीले जानकारी दिएको छ ।...
सोमबार थपिए ५ सय ८१ कोरोना संक्रमित
समाचार, समाज, स्वास्थ्य

सोमबार थपिए ५ सय ८१ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन् । यससँगै १७ हजार ४ सय ९५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ रहेको छ।‍...
सुकुम्बासी बस्तीका ८५ घरपरिवार भोकभोकै
समाचार, समाज, हाइलाइट-समाचार

सुकुम्बासी बस्तीका ८५ घरपरिवार भोकभोकै

नेपाल अखबार, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ८५ घरपरिवार भोकै बस्न बाध्य भएका छन् । मजदूरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरु कोरोनाको बढ्दो सङ्क्रमणका कारण कामकाज बन्द भएपछि साँझ बिहान हातमुख जोर्न समस्या भएको हो । यस बस्तीमा कुछबधिया समुदायका सहित करिब ३०० जनसङ्ख्या रहेको छ । दिनभर काम गरेर जोहो गर्ने अधिकांश परिवार यतिबेला थप समस्यामा परेका हुन् । अपाङ्ग, अशक्त, एकल महिला, वृद्ध, वृद्धा झनै अप्ठ्यारोमा परेका छन् । कोरोनाका कारणले कामकाज नहुँदा मजदूरी गर्ने, रिक्सा चलाउने, मिस्त्री, ठेला व्यापार, घुम्टी पसललगायतका काममा संलग्न मारमा परेको स्थानीय कृष्णबहादुर कामीले जानकारी दिए । “भएको रासन, पैंसो सबै सकियो, काम गर्ने बातावरण पनि छैन”, उनले भने, “के गरेर गुजारा गर्ने हो भन्ने पीर छ ।” स्थानीय अगुवा लालबहादुर परियारले दैनिक गरिखाने ...
धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यू
समाचार, समाज

धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यू

नेपाल अखबार, जनकपुर । धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यू भएको छ । प्रादेशिक अस्पताल जनकपुरको कोभिड-१९ विशेष अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेका धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीय पुरुषको सोमबार मृत्यु भएकोअस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिए । डा. सिंहका अनुसार उनी साउन ३१ गते अस्पताल भर्ना भएको बताए । दम रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वास समस्या तथा रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएपछि अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको थियो । यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने प्रदेश नम्बर २ मा ४६ जना कोरोना संक्रमृतको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...
फोनमा कुरा गर्दागर्दै घरको छतबाट खसेर युवकको मृत्यु
समाचार, समाज

फोनमा कुरा गर्दागर्दै घरको छतबाट खसेर युवकको मृत्यु

नेपाल अखबार, बुटवल ।  रुपन्देहीमा घरको छतबाट खसेर  १ जनाको मृत्यु  भएको छ ।. मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षीय विकास जैसवाल रहेका छन् । आफ्नो घरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खस्दा घाइते भएका जैसवालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जैसवाललाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको छ ।...
आज (सोमबार) दिउँसो हल्कादेखि मध्यम सम्म र राति भने भारी वर्षाको  सम्भावना
समाचार, समाज

आज (सोमबार) दिउँसो हल्कादेखि मध्यम सम्म र राति भने भारी वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। आज (सोमबार) दिउँसो हल्कादेखि मध्यमसम्म र राति भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। भारी वर्षाको सम्भावना छैन। तर राति भने वर्षा अलि बढ्ने सम्भावना छ। हल्कादेखि मध्यसम्मको वर्षा देशका धेरै स्थानमा हुने सम्भावना छ भने कतिपय स्थानमा भारी वर्षासमेत हुने अनुमान गरिएकाे छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । ‘अहिले (सोमबार बिहान) पनि प्रदेश १, २, गण्डकी प्रदेश ५, कर्णाली प्रदेशका एक दुई स्थानमा...
स्याङ्जामा आँगनमै आएर चितुवाले चिथोर्दा एक जना घाइते
समाज

स्याङ्जामा आँगनमै आएर चितुवाले चिथोर्दा एक जना घाइते

नेपाल अखबार, पाेखरा। स्याङ्जामा आज (सोमबार) बिहान चितुवाले चिथोर्दा एक जना घाइते भएका छन्। स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दिएको जानकारीअनुसार वालिङ नगरपालिका वडा नम्बर ११, स्वरेक टापु निवासी ६७ वर्षीय खगिसरा पंगेनी (पुरुष) लाई बिहान २ बजेतिर चितुवाले झम्टेको हो। ब्याएको भैंसी हेरेर घरको आँगनमा बसिरहेका बेला उनलाई चितुवाले चिथोरेको हो। डीएसपी अधिकारीका अनुसार उनको टाउको र दुवै हातमा चोट लागेको छ। स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई बिहान ६ बजे गण्डकी मेडिकल कलेज (पोखरा) लगिएको प्रहरीले जानकारी दिएको छ।...
बेनी–जोमसोम यात्रा जोखिमपूर्ण
समाचार, समाज

बेनी–जोमसोम यात्रा जोखिमपूर्ण

नेपाल अखबार,मुस्ताङ । मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते भए । हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाँचिएर घाइते भएका हुन् । पहिरोसँगै करिब १० मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी गर्बुजालाई नेपाली सेनाको बज्रदल गणको घाँसा सुरक्षा बेस क्याम्प, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । पहिरोबाट उद्धारपछि प्राथमिक उपचार गरी स्टे«चरमा राखेर सेनाको टोलीले म्याग्दीको दाना ल्याएपछि गाडीमा राखेर बेनी अस्पताल ल्याइएको थियो । पहिरो पार गर्ने क्रममा भिरबाट एक्कासि खसेको ढुङ्गा, माटोसहितको पहिरोले चोट लागेको घाइते गर्बुजाले बताए । अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा खसेको पहिरोले पुरिएर साउन ६ गते सोही पालिकाको ३ नम्बर वडामा पर्ने काभ्रेका ३२ वर्षीय झलक पुनको ज्यान...
छोरी जन्माउने आमालाई भत्ता
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

छोरी जन्माउने आमालाई भत्ता

नेपाल अखबार, बैतडी। दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ । स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले रु एक हजारका दरले प्रोत्साहन भत्ता पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनले भने, “स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेका हौँ ।” छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोराछोरी बीचको समानता कायम गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए ।  उनले भने, “छोरीले पनि छोरा सरह नै काम गर्न सक्छन् भन्ने बुझाउन र समाजले उनीहरुलाई समान दृष्टिकोणले हेर्ने चेतनाको विकासका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको  हो ।” नेपाल सरकारले संस्थागत सुत्केरी भए यातायताबापत दिने रु दुई हजार र चार...
कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा
प्रशासन, समाचार, समाज

कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा

नेपाल अखबार, बुटवल । कपिलवस्तुमा जारी निषेधाज्ञा एक हप्तासम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा आइतबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको दर पुनः बढेकाले जिल्ला उच्च जोखिममा रहेकोले आइतबार राति १२ बजेसम्म यसअघि जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णण गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । निषेधाज्ञा अवधिमा अत्यावश्यक वाहेक सबै खाले ब्यवसाय, सेवा तथा कार्यालयहरु र बजार बन्द रहने छन् । खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोेलियम पदार्थ, ग्यास, औषधि, पानी र पशुपंक्षी दाना ढुवानी गर्ने सवारी साधनहरु तथा एम्बुलेन्स र शववाहन भने चल्न पाउनेछन् । यस्तै राजमार्ग भएर गुड्ने सवारी साधनहरु जिल्लामा पर्ने सडकमा रोकेर यात्रु ओरा...