Sunday, August 30

समाज

सर्लाहीमा एक साता थपियो निषेधाज्ञा
प्रशासन, समाचार, समाज

सर्लाहीमा एक साता थपियो निषेधाज्ञा

नेपाल अखबार, सर्लाही । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद थप गरिएको छ । पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि आइतबार निषेधाज्ञाको म्याद थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आगामी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको उनले बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सर्लाहीमा यसअघि साउन २६ गतेदेखि साउन मसान्तसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसअघि २१ साउनदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरिएको थियो ।...
नेपाल प्रहरीका दुई डीआईजीसहित थप ३७ जनामा कोरोना पुष्टि
समाचार, समाज, स्वास्थ्य

नेपाल प्रहरीका दुई डीआईजीसहित थप ३७ जनामा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडाैं। नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। दुई डीआईजीसहित थप ३७ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ५५ जना पुगेको छ। यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा ३० जनामा संक्रमण देखिएको छ।...
रौतहटमा एक युवकको घाँटी काटेर हत्या
समाचार, समाज

रौतहटमा एक युवकको घाँटी काटेर हत्या

नेपाल अखबार, , रौतहट ।  रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ ।  जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय  युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको हो । जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय  युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको हो । चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्थामा शव बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । आज बिहान ६ बजे स्थानीयको खबर अनुसार जिंगडिया गाउँ भन्दा करिब ३ सय मिटर पर चौरमा शव बरामद भएको छ । प्रारम्भिक चरणमा धारिलो हतियारले घाँटी काटिएको तर पुरै न छिनालिएको डिएसपी महतोले बताए । अहिले घटनास्थल प्रहरीले सुरक्षित बनाएर अनुसन्धानको लागि तालीम प्राप्त कुकुर मगाईँदैछ  डिएसपी महतोले बताए । घटनास्थल र प्रकृति हेर्दा कसैले कुनै रिसिभिको कारण निरन्जन रामको ...
पोखरामा विहानै ५ संक्रमित थपिए
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

पोखरामा विहानै ५ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखरामा  कोरोना संक्रमण जोखिम पोखरामा दिनदिनै बढिरहेको छ । आइतबार बिहान पोखरा महानगरका थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । महानगरका २ वटा वडाका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयले बिहान ५  नं. वडाकी ३३  वर्षीया महिला  तथा वडा नं. १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा  कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँ भानु – ४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ  । संक्रमितलाई अहिले आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९ पुगेको छ ।  ...
नारायणी नदीले सतर्कताको तह पार गर्यो
समाचार, समाज

नारायणी नदीले सतर्कताको तह पार गर्यो

नेपाल अखबार, चितवन। चितवनको नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बहाव बढेसँगै सतर्क रहन संकेत स्वरुप साइरन बजाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ । तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको बाढी भने बढ्दो क्रममा छ । देवघाटमा मध्याह्न १२ बजेर ५ मिनेटमा गरिएको मापन अनुसार बाढी उर्लिएर ७.६२ मिटर माथि पुगेको छ । देवघाटमा ७.३ मिटरसम्म सतर्कताको तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ । यसैगरी नारायणगढ पुलमा मध्याह्न १२ गरिएको मापनमा नारायणी नदीको बाढी ११.३२ मिटरसम्म पुगेको छ । यहाँ ११ मिटर पुगेमा सतर्कताको तह मानिन्छ । केहीबेर अघिसम्म धनकुटास्थित तमोर नदीमा पनि बहाव उच्च भए पनि अहिले घटेको छ । यस्तै लम्जुङको बेंसिशहरमा भारी वर्षा भएको छ । त्यसैले त्यहाँको नारायणी नद...
सिन्धुपाल्चोक पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो
समाचार, समाज

सिन्धुपाल्चोक पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

नेपालअखबार,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा साेही दिन ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो । अझै २६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री, ८ वर्षीय मिलन दोङ, पाँच वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय सानुकान्छी दोङ, पाँच वर्षीय प्रीति दोङ, पाँच महिनाकी कान्छी दोङ, ३४ वर्षीय धनमाया तामाङ दोङ र चार महिनाको रेमी दोङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहिरामा बेपत्ता २६ जनाको आज बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी भइरहेको ...
पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु
समाचार, समाज

पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु

नेपाल अखबार,  बागलुङ ।  बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा घर माथिबाट आएको पहिराले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ बस्ने  हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिरामा पुरिएर मृत्यु भएको हो । सोही पहिरामा परी ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । सोही घरमा रहेका अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको उनले बताए । राति २ बजेको समयमा आएको पहिराले हिराबहादुर विकको घर पुरेको हो । मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए । घरमाथिबाट आएको पहिराले घर बगाएको छ । रासस...
पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा हुने
समाचार, समाज

पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा हुने

नेपाल अखबार, पाेखरा । पश्चिम भूभागमा केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विगत २४ घण्टामा पनि बागमती, गण्डकी, प्रदेश ४ र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ । शनिबार दिउँसो र राति पनि बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । कर्णाली प्रदेशमा भने आज भारी वर्षाको सम्भावना नरहेको उनले बताए । मनसुनी न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको हो । पश्चिम क्षेत्रमा एकैछिन आकास खुले पनि एकैछिनमा बादल लाग्ने र वर्षा हुने छ । गएराति बर्दियाका गुलरिया, रानीजरूवा, रम्बापुर लगायतका धेरैजसो स्थानमा भारी वर्षा भएको छ र थप वर्षा हुने सम्भावना छ । त्य...
लिदीको बस्ती स्थानान्तरण गरिने
प्रशासन, समाचार, समाज

लिदीको बस्ती स्थानान्तरण गरिने

नेपाल अखबार,सिन्धुपाल्चोक । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताएका छन् ।  पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् । मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताए । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीव्् बनाइने गृहमन्त्रीको भनाइ थियो । शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुगेका थिए । उनले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निष्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुःख व्यक्त गरे । मन्त्री थापाले भने, “उहाँहरु साँझ सरेर अर्कै ठा...
निषेधाज्ञापछि चितवनको जनजीवन ठप्प
समाचार, समाज, हाइलाइट-समाचार

निषेधाज्ञापछि चितवनको जनजीवन ठप्प

नेपाल अखबार, चितवन। भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा  अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण ...