सुत्केरी हुन नसकेर ३ दिन देखि छट्पटाउँदै महिला
बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा तीन दिनदेखि व्यथा लागेर पनि एक महिलाले शिशु जन्माउन सकेकी छैनन् । सोही गाउँपालिका–३ साविकको विच्छ्या गाविस युनाकी २५ वर्षीया लालसरी बुढाले सुत्केरी व्यथा लागे पनि शिशु जन्माउन नसकी छट्पटाइरहेकी छन् ।
सुत्केरी व्यथा लागेकी बुढाको शरीरबाट अत्यधिक रगत बग्न थालेको छ । गाउँ नजीकै रहेको युना आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी गुम्बामा गएको बताइएको छ । स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन स्वास्थ्यकर्मी नभएकाले बुढालाई बिच्छ्या स्वास्थ्यचौकीमा लैजान खोज्दा बाटो अविरल वर्षाका कारण पहिराबाट भत्किएको र महिलाका शरीरबाट रगत बगिरहेकाले उक्त स्वास्थ्यचौकीमा पुग्न नसकेको स्थानीयवासी अर्जुन रोकायाले बताए ।
स्थानीयवासीको सक्रियतामा गर्भवतीलाई बिच्छ्या स्वास्थ्यचौकीमा पु¥याउन नसकी घर फर्काइएको छ । बुढाको शरीरबाट रगत बगेको र सुत्क...
