राजमार्ग अवरोध भए पनि खसीबोका किनबेच यथावत्
नेपालअखबार,काठमाडौँ । लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको मुग्लिन क्षेत्र र बिपी राजगमार्गसहित अन्य मार्गमा यातायात सहज नहुँदा गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको भाउ केही बढी भए पनि किनबेचमा असर परेको छैन ।
मुलुकका धेरैतिर पहिरोका कारण बाटोको समस्या र यात्रुवाहक बसमा ढुवानी गर्न नपाइने व्यवस्थाका कारण बेग्लै ट्रकमा हालेर ल्याउँदा खसी बोकाको भाउ गत वर्षभन्दा केही बढेको व्यवसायीले बताएका छन् ।
यो वर्ष गत वर्षको तुलनामा प्रतिकिलो करिब रु २५ का दरले भाउ बढेको व्यवसायीहरु बताउँछन् । गत वर्ष जिउँदो खसी प्रतिकिलो रु सात सयदेखि रु सात सय २५ सम्ममा बिक्री भएकामा यो वर्ष रु सात सय ५० मा बिक्री भएको पाइएको छ । किसानले मूल्यवृद्धिको लाभ पाएका छन् । किसानका गोठबाट व्यापारीले प्रतिकिलो रु ६१० ले बेचेका छन् ।
काठमाडौँको टुकुचाका साथै कलंकी, दहचोक, कालिमाटी, लोकन्थली, सल्लाघारी, चाबहिललगाय...










