Monday, September 7

समाज

पोखरा बसपार्कका ३२५ भूमिहीन सुकुम्बासी परिवारको अर्काे हप्ता स्थानान्तरण
प्रशासन, समाचार, समाज

पोखरा बसपार्कका ३२५ भूमिहीन सुकुम्बासी परिवारको अर्काे हप्ता स्थानान्तरण

नेपालअखबार,काठमाडाैँ ।  पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३२५ परिवार भूमिहीनको सूचीमा र २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। उनका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचनाअनुसार दाबी-विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन...
जनकपुरमा होटलमा एक युवती मृत फेला
समाचार, समाज

जनकपुरमा होटलमा एक युवती मृत फेला

नेपालअखबार, जनकपुरधाम । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर ६ स्थित नमस्कार चौकमा रहेको न्यू राजधानी गेष्ट हाउसको कोठामा युवती झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकास खनालका अनुसार कोठाको भित्रबाट चुकुल लागेको अवस्थामा उक्त युवती मृत फेला परेपनि उनको सनाखत हुन सकेको छैन । उक्त कोठामा युवतीसंगै युवक पनिसँगै केही दिनसँगै बसेको र र युवक हिजो बाहिरिएपछि युवती आज झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सँगै आएर रुम लिएको र नाम लेखाएको एक युवालाई हिरासतमा लिएको जनाएको छ ।...
सल्यानमा खोलाले बगाएर रोल्पाका एक वृद्धको मृत्यु
समाचार, समाज

सल्यानमा खोलाले बगाएर रोल्पाका एक वृद्धको मृत्यु

नेपालअखबार, रोल्पा । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक व्यक्तिको मृत्यु भएको छ । रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२ वर्षीय देउरुप डाँगीलाई सल्यानको बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले बगाएको हो । सोमबार बेलुका ६:३० बजेको समयमा सल्यानबाट घर फर्कने क्रममा डाँगीलाई खोलाले बगाएको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वली (विपिन)ले जानकारी दिए। सल्यानमा खोलाले बगाएर रोल्पाको एक वृद्धको मृत्युवडाध्यक्ष वलीका अनुसार मृतक डाँगीको शव करिब तीन/चार सय मिटर तल फेला परेको हो ।...
अमेरिकामा टिकेनन् ह्यारी–मेगन, ६ वर्षमै फर्किँदै छन् बेलायत
विश्व, समाचार, समाज

अमेरिकामा टिकेनन् ह्यारी–मेगन, ६ वर्षमै फर्किँदै छन् बेलायत

नेपालअखबार,काठमाडाैँ । बेलायती राजपरिवारका सदस्य ह्यारी र उनकी पत्नी मेगन ६ वर्षअघि अमेरिका गएका थिए। राजपरिवारको बन्धन, दरबारको अनुशासन र बेलायती सञ्चारमाध्यमको तीखो निगरानीबाट टाढा जान चाहन्थे उनीहरू। उनीहरूको सपना थियो— राजदरबारबाट स्वतन्त्र जीवन। आफ्नै कमाइ। आफ्नै काम। अनि आफ्ना सन्तानलाई दरबार र सञ्चार माध्यमको लगातार निगरानीबाट टाढा राख्ने स्वतन्त्रता। त्यसका लागि उनीहरूले संसारको मनोरञ्जन उद्योगको केन्द्र अमेरिकाको क्यालिफोर्निया रोजे। उनीहरूले ६ वर्ष त्यहीँ बिताए। तर बेलायती राजकुमार ह्यारी र हलिउड अभिनेत्री समेत रहेकी मेगनले अमेरिकामा खोजेको सपना पूरा भएन। उनीहरू अमेरिकामा नटिक्ने भए। अनि बेलायत फर्किने निर्णय गरे। उनीहरू यही महिना ७ वर्षीय छोरा आर्ची र ५ वर्षीया छोरी लिलिबेटसहित बेलायत सर्दैछन्। छोराछोरी सेप्टेम्बरदेखि बेलायतमै पढ्ने छन्। बेलायत फर्किए पनि यो ह्...
युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै
विश्व, समाज

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

नेपालअखबार,काठमाडाैँ । यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो । यो महाद्वीप अन्य कुनै पनि महादेशभन्दा छिटो तात्दै छ । युरोपको सन् २०२६ को गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा किन यादगार बन्दैछ यो चिन्ताको बिषय बनेको छ । गर्मीयाममा ४० डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको भए पनि सन् २०२६ मा अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको छ । युरोपेली ड्राउट अब्जर्भेटरी (इडिओ) को अगस्ट १५ सम्मको दैनिक अधिकतम् तापक्रममा आधारित एएफपी विश्लेषणअनुसार टर्कीबाहेक एक करोड ८० लाख मानिस बसोबास गर्ने युरोपका क्षेत्रमा सन् २००० पछि पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो । यसले विशेष गरी जर्मनीका ९० लाख मानिस बसोबास गर्ने क्षेत्र मुख्यतः बर्लिनको दक्षिण र पश्चिम तथा फ्र्याङ्कफर्ट वरपरलाई असर गरेको छ । फ्रान्सका विशेष गरी पूर्वी फ्रान्स ...
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार, समाज

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालअखबार,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ । मौसम बुलेटिनका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली...
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्यो
समाचार, समाज

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्यो

नेपालअखबार,पर्सा। पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ। सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२६ को गणनाअनुसार बाघको सङ्ख्या ७१ पुगेपछि संरक्षण उपलब्धिलाई दीर्घकालीन र गुणस्तरीय व्यवस्थापनमा रूपान्तरण गर्न सिए टिएस प्रक्रिया अघि बढाइएको हो। यसै क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा पर्सा राष्ट्रिय निकुञ्जमा सम्पन्न सिए टिएस कार्यशालामा विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, जेडएसएल नेपाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय, निकुञ्जका कर्मचारी, उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाको सहभागिता थियो। ...
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी
समाचार, समाज

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी

नेपालअखबार, सुर्खेत। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ। आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए। उनले भने, ‘आगलागी भयो भन्ने खबर आएको हो, तर के कति क्षति भयो भन्ने विवरण आएको छैन। फोन सम्पर्क हुन सकिरहेको छैन।’ प्रहरीले क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको जनाए पनि भवनको महत्त्वपूर्ण कागजात र स्रेस्ता राखिएको कोठामा आगलागी भएको स्थानीयले बताएका छन्। टेलिफोन सम्पर्कमा समस्या भएका कारण घटनाको विस्तृत विवरण र आगलागीको कारण खुल्न बाँकी रहेको छ।...
काठमाडौँ उपत्यकासहित १२ जिल्लामा बाढीको जोखिम
समाचार, समाज

काठमाडौँ उपत्यकासहित १२ जिल्लामा बाढीको जोखिम

नेपालअखबार,काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला भई बहने स-साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तलै रहेको छ। महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ। यी नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ। यस्तै, भोलि र पर्सी गण्डकी तथा लुम्बिनी प्रदेश भई बहने केही स-साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ।...
दुखुखोलाको कटानले म्याग्दीको मोटरेबल पुल जोखिममा
समाचार, समाज

दुखुखोलाको कटानले म्याग्दीको मोटरेबल पुल जोखिममा

नेपालअखबार, म्याग्दी । जिल्लाको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ। दुखुखोलामा आएको बाढी पुलको संरचनाभन्दा मुनिबाट बग्न थालेपछि भासिने जोखिम बढेको हो। दुखुबेँसीका बासिन्दासमेत रहेका मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले पुलको मङ्गला गाउँपालिकातर्फको जग मुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएको जानकारी दिए। उनले भने, ‘यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ। यो पुल भत्किने हो भने मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ।’ पुलको एकातर्फको पिलरको जगमुनिबाट खोलाले कटान गरेर बाढी बग्न थालेको छ। सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला पूर्वाधार कार...