Tuesday, May 5

समाज

जेनजीको प्रदर्शन ट्रमाका ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्नुपर्ने
समाचार, समाज, स्वास्थ्य

जेनजीको प्रदर्शन ट्रमाका ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्नुपर्ने

नेपालअखबार,काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ । अस्पतालका अनुसार ११ जनाको अवस्था जटिल छ । तीमध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालका प्रमुख डा. बद्री रिजालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने भएको छ । अस्पतालले मंगलबार ओपीडी र नियमित शल्यक्रिया बन्द गरेर प्रर्दशनमा घाइते भएको उपचार गर्ने तयारी गरेको छ । ‘हिजोको प्रर्दशनमा घाइते भएका बिरामी र आकस्मिक केशका मात्रै शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ’, डा. रिजालले  भने, ‘अस्पतालको सबै स्वास्थ्यकर्मीलाई काममा खटिनु भएको छ ।’सोमबार राति ११ जनाको अप्रेशन गरिएको थियो । ‘हिजो सकेसम्म ज्यान बचाउने कोसिस गरियो’, डा. रिजालले भने, ‘ हामीकहाँ जटिल खालका बि...
काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश
प्रशासन, समाचार, समाज

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश

नेपालअखबार,काठमाडौँ । काठमाडौँमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। आदेश जारी भएको सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी सूचनामा उल्लेख छ । काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यु आदेश लागु हुनेछ । कफ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक ...
नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थाले
समाचार, समाज

नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थाले

नेपालअखबार,काठमाडौँ । नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थालेका छन् । अहिले उनीहरुले कुनै ब्यानर बोकेका छैनन् । 'हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ । युवाको पक्षमा स्वस्फूर्त आएको हुँ,' एकजना युवाले भने । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । जेन–जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन्  भने सरकारको चौतर्फी आलोचना भइरहेको छ ।...
देशभर ३४७ जना घाइते, ११ अस्पतालमा उनीहरूको उपचार हुँदै
समाचार, समाज, स्वास्थ्य

देशभर ३४७ जना घाइते, ११ अस्पतालमा उनीहरूको उपचार हुँदै

नेपालअखबार,काठमाडौँ । सोमबार भएको जेन-जी प्रदर्शनमा ३४७  जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी निजामती कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालले १५ जना घाइतेलाई वीर र ट्रमा अस्पतालमा रिफर गरेको थियो। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ। ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक बिरामीलाई हेर्न निर्देशन दिएको छ। ट्रमामा ८ जनाले ज्यान गुमाएका छन् । वीर अस्पतालमा ६ जना घाइतेहरूको उपचार भइरहेको छ। एभरेस्ट अस्पतालमा १०२ जनाको उपचार भइरहेको छ । अस्पतालमा ७ जना गम्भीर घाइते छन्। मन्त्रालयका अनुसार एभरेस्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ । पाटन अस्पता...
पोखरामा अनिश्चितकालीन कर्फ्यु
प्रशासन, समाचार, समाज

पोखरामा अनिश्चितकालीन कर्फ्यु

नेपालअखबार,काठमाडौं  । जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन्। 'पोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२३ गते दिनको २:०० बजे देखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ,' जारी गरिएको विज्ञप्तिमा भनिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम...
जेन–जी प्रदर्शन : १८ जनाको मृत्यु, २५६ जना घाइतेको यी अस्पतालमा हुँदैछ उपचार
समाचार, समाज

जेन–जी प्रदर्शन : १८ जनाको मृत्यु, २५६ जना घाइतेको यी अस्पतालमा हुँदैछ उपचार

नेपालअखबार,काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंमा कर्फ्यू जारी हुँदा पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् । संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ । भने १०० जना घाइतेको उपचार भइरहेको...
आगजनी र तोडफोडपछि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको देखियो: मानव अधिकार आयोग
समाचार, समाज

आगजनी र तोडफोडपछि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको देखियो: मानव अधिकार आयोग

नेपालअखबार,काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोग युवाहरूको प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिएपछि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको जनाएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गरी लोकतान्त्रिक सरकारले नागरिकको उचित आवाजलाई समयमै पहिचान गर्नुपर्ने औंल्याएको हो। उसले सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नुलाई ‘दु:खद’ भन्ने बाहेक अरु टिप्पणी गरेको छैन। प्रदर्शनपूर्व उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन र प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न सुझाव दिएको मानव अधिकार आयोग आन्दोलनको दमनका विषयमा थप टिप्पणी गर्नुभन्दा ‘मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन’ केन्द्रित बनेको छ। आन्दोलनको पूर्वसंकेत पाइसकेको आयोग जनज्यानको क्षति हुने घटना भइसकेपछि समेत मौन थियो। प्रदर्शन र मानव अधिकार उल्लंघनका घटनाको सघन अनुगमनको नेतृत्व गर्नुपर्ने आयोगका अध्यक्ष तपबहादुर मगर आफैं दि...
जेन-जी छिरे  संसद् भवनभित्र
समाचार, समाज, हाइलाइट-समाचार

जेन-जी छिरे संसद् भवनभित्र

नेपालअखबार, काठमाडौँ । भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए ।  उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।...
बाढीका कारण पञ्जाबमा ४८ जनाको मृत्यु
विदेश, समाचार, समाज

बाढीका कारण पञ्जाबमा ४८ जनाको मृत्यु

नेपालअखबार,नयाँ दिल्ली ।  भारतको पञ्जाब राज्यमा आएको बाढीको प्रकोप कम हुने कुनै संकेत देखिएको छैन । शनिबारको बाढीका कारण क्षतिग्रस्त भएका  राज्यका चार जिल्लामा बाँधको मर्मत सम्भारको कार्य आइतबार जारी रह्यो । बाँध बनाउने काममा सेना र एनडीआरएफ टोलीहरू निरन्तर संलग्न छन् । राज्यका २३ बाढी प्रभावित जिल्लाका २०५० गाउँहरूमा कुल ३ लाख ८७ हजार ८९८ जना घरबारविहीन भएका छन् भने २० लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् । बाढीका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएको बताइएको छ । पठानकोट जिल्लाबाट तीन जना बेपत्ता छन् । राज्यका धेरै जिल्लाहरूमा अहिलेसम्म १ लाख ७६ हजार ९८० दशमलव शून्य ५ हेक्टर बाली प्रभावित भएको बताइएको छ । पञ्जाब सरकारले सेप्टेम्बर ८ देखि राज्यका सबै विद्यालय, कलेज, विश्वविद्यालय, पोलिटेक्निक संस्थान र आईटीआई खोल्ने निर्णय गरेको छ । यद्यपि, बाढी प्रभावित क्षेत्रहरूमा संस्थाहरू ...