Tuesday, May 5

समाज

बाँदर धपाउन जाँदा हृदयघात भएर मृत्यु
समाचार, समाज

बाँदर धपाउन जाँदा हृदयघात भएर मृत्यु

नेपालअखबार, नुवाकोट। नुवाकोटमा बाँदर धपाउन जाँदा एक पुरूषको हृदयघात भएर मृत्यु भएको छ। पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बुधबार बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार नेपाली बाँदर धपाउन भनेर गएका थिए। त्यही बेला हृदयघात भएको एसपी रेग्मीले बताए। ‘प्रेसर र पहिले पनि हृदयघात भएका बिरामी रहेछन्। बाँदर धपाउन भनेर जाँदा हृदयघात भएको भनेर परिवारले भनेका छन्,’ उनले भने। बाँदरले आक्रमण गरेको कुनै चोट भने नरहेको प्रहरीले जनाएको छ। हृयदघातबाट अचेत भएपछि परिवारले उनलाई काठमाडौंस्थित अस्पताल ल्याउँदै थियो। त्यसक्रममा बाटोमै मृत्यु भएपछि अन्त्येष्टिका लागि फिर्ता लगिएको थियो। ‘बाँदरले आक्रमण नै गरेर मृत्यु भएको हो कि भनेर बुझेका थियौं। तर आक्रमण नै भएको होइन रहेछ। धपाउन जाँदा चाहि हृदयघात भएको हो,’ एसपी रे...
वडा अध्यक्ष साहको निधन
समाचार, समाज

वडा अध्यक्ष साहको निधन

नेपालअखबार, सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ५ का अध्यक्ष देवेन्द्र साहको निधन भएको छ। उनको ७० वर्षको उमेरमा निधन भएको हो। अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा बुधबार बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन्। साह २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका थिए। उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनका दुई छोरा र तीन छोरी छन्।...
करेन्ट लागेर गैंडा मरेको घटनामा किसानलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
समाचार, समाज

करेन्ट लागेर गैंडा मरेको घटनामा किसानलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालअखबार,चितवन। करेन्ट लगाइ संरक्षित वन्यजन्तु एकसिंगे गैडा मारेको अभियोगमा माडीका किसान हरिभक्त श्रेष्ठलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो। गत साउन २१ गते चितवनको माडीमा बाली जोगाउन छाडिएको करेन्ट लागेर एकसिंगे गैंडाको मृत्यु भएको थियो। माडी–२ भैरवपुरका किसान हरिभक्त श्रेष्ठको खेतमा करेन्ट छोडिएको तारमा गैंडा अल्झिएको थियो। गैंडा मरेपछि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सोही दिन हरिभक्तलाई नियन्त्रणमा लिएको थियो। सरकारी वकिलको कार्यालयले सोमबार मात्रै जिल्ला अदालतमा उक्त मुद्दा अभियोजन गरेको थियो। हरिभक्तलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार करेन्ट लगाई संरक्षित वन्यजन्तु एकसिंगे गैडा मारेको अभियोग लगाइएको थियो।...
नमाजको समयमा नाइजेरियामा मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु
विदेश, समाचार, समाज

नमाजको समयमा नाइजेरियामा मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु

नेपालअखबार,अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य कात्सिनाको उन्गुवान मान्टाउ सहरमा अज्ञात बन्दुकधारीहरूले एक मस्जिदमा आक्रमण गरेर कम्तीमा २७ जनाको हत्या गरेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू मस्जिदमा भएको समयमा मंगलबार बिहानको नमाजको समयमा यो आक्रमण भएको थियो । स्थानीय प्रशासनका अनुसार, अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन । तर यस क्षेत्रमा किसान र गोठालाहरू बिच जमिन र पानीलाई लिएर लामो समयदेखि तनाव चलिरहेको थियो । सञ्चार माध्यमहरूमा छापिएका समाचारलाई पत्याउने हो भने, यो विवादका कारण प्रायः हिंसात्मक झडप र हत्याहरू हुने गरेका छन् । यस आक्रमण पछि बढ्दो तनावलाई ध्यानमा राख्दै, अरु आक्रमण हुन नदिन सो क्षेत्रमा सेना र प्रहरीलाई क्षेत्रमा तैनाथ गरिएको राज्य आयुक्त नासिर मुआजुले बताए । वर्षाको समयमा, बन्दुकधारीहरू प्रायः खेतमा बालीनालीहरू बीचमा लुकेर गाउँहरूमा आक्र...
सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्
समाचार, समाज

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

नेपालअखबार, सिरहा । जिल्लामा सिँचाइका लागि गाडिएका चार सय ३३ वटा डिप बोरिङमध्ये आधाभन्दा बढी हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । कृषि ज्ञान केन्द्रका अनुसार प्राविधिक संरचना, विद्युत् ट्रान्सफर्मर, पाइपलाइनको अभाव र स्थानीय समिति गठनमा चासो नहुनुजस्ता प्रमुख कारणले बोरिङ सञ्चालनमा आउन नसकेका हुन् । केन्द्र प्रमुख नरेन्द्रकुमार महासेठले यहाँको गोलबजार नगरपालिकामा गाडिएका एक यस ५४ डिप बोरिङमध्ये ३२ वटा, धनगढीमाई नगरपालिकामा २४ मध्ये १७, भगवानपुर र नवराजपुर गाउँपालिकामा सात–सात वटा बोरिङमध्ये पाँच–पाँच, कर्जन्हा नगरपालिकामा २८ मध्ये १६, विष्णुपुर गाउँपालिकामा पाँचमध्ये तीन र सखुवानन्कारकटी गाउँपालिकामा १० वटामध्ये एउटासमेत सञ्चालनमा नआएको बताए । यस्तै बरियारपट्टी गाउँपालिकामा १७ मध्ये १०, मिर्चैया नगरपालिकामा ३३ मध्ये २४, अर्नमा गाउँपालिकामा १५ मध्ये १४, सिराहा नगरपालिकामा २६ मध्ये १...
युवा नेता अन्सारीद्वारा एक थान ल्यापटप र एक सेट मोबाइल फोन नेपाल महिला संघलाई हस्तान्तरण
समाचार, समाज

युवा नेता अन्सारीद्वारा एक थान ल्यापटप र एक सेट मोबाइल फोन नेपाल महिला संघलाई हस्तान्तरण

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी अबुल हुसेन अन्सारीले नेपाल महिला संघ केन्द्रीय समितिलाई  एक थान ल्यापटप र एक सेट मोबाइल फोन नेपाल महिला संघलाई  सहयोग प्रदान गर्नु भएकाे छ । महिला संघको चौथो महाधिवेशन तयारीलाई लक्षित गर्दै नेता अन्सारीले उक्त सहयोग सामग्री महिला संघकी अध्यक्ष उषा राउतलाई औपचारिक रूपमा हस्तान्तरण  गर्नु भयाे । यस सहयोगका लागि महिला संघले अन्सारीप्रति हार्दिक आभार प्रकट गरेको छ।...
नेपाल हज समिति सदस्यमा १५ सदस्य नियुत्त 
समाचार, समाज

नेपाल हज समिति सदस्यमा १५ सदस्य नियुत्त 

नेपालअखबार,काठमाडौं । नेपाल हज समितिको अध्यक्ष मुख्तारअहमदले हज समितिको  १५ सदस्य नियुत्त  जानकारी दिनु भयो  । नेपाल काङ्ग्रेस र नेकपा एमालेको तर्फबाट ७ जना   साथै पञ्च काश्मिरी तकिया मस्जिदले तोकेको एक जना  व्यक्तिलाई सदस्यमा नियुत्ति गरिएको अध्यक्ष अहमदले जान्कारी दिनु भयो  । सदस्य नियुत्ति प्रकृयामा केहि ढिलो हुनको कारण पार्टीबाट छनोट भएर आउनु पर्ने साथै नियुत्ति गर्न भन्दा पहिला सरकारी प्रकृया पुरा गर्दा केहि दिन ढिलो भएको हो । यसलाई अन्यार्थ रुपमा लिन मिल्दैन  अध्यक्ष अहमदले  बताउनु भयो । पहिलो बैठकको नियर्ण भए लगतै हजयात्राका लागि आहवान गर्नका लागि सूचना जारि गरिने बताउनु भएको छ । हजयात्रीहरूको काठमाडौँ बसाई जति सक्दो सहज बनाउन विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरण गर्नका लागि छिट्टै सरोकावाला सबैलाई निमन्त्रण गरी छलफल अन्तरक्रिया गर्ने बताउनु भयो ।    ...
महाशिलावासीद्वारा फलामखानी उत्खनन् गर्न माग
समाचार, समाज

महाशिलावासीद्वारा फलामखानी उत्खनन् गर्न माग

नेपालअखबार, पर्वत । पर्वतको महाशिला गाउँपालिका–६ मा रहेको सम्भावित फलामखानी उत्खनन गर्न स्थानीयवासीले पुनःमाग गरेका छन्  विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन, अनुसन्धानमात्र गरेर फर्किएको थियो । भूगर्भविद्हरूले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको जनाइएको थियो । कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको बताइएको छ । फलामखानीमा दुई किलोमिटर लम्बाइमा खानी फैलिएको अनुमान छ । तर स्थानीयले पटकपटक फलामखानीको उत्खनन माग गर्दा पनि कतैबाट तदारुकता नदेखाएपछि निरास बनेका छन् । कहिले केन्द्र सरकार त कहिले प्रदेश सरकारसँग उत्खननको माग गरे पनि नीति तथा कार्यक्रममा चर्चा हुने तर बजेट विनियोजन नहुने समस्या भएकोे महाशिला –६ ...
झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
समाचार, समाज

झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

नेपालअखबार,झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन् । करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उहाँले बताउनुभयो । अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन । अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै मृत्युवरण गरिरहेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/...
ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा
समाचार, समाज

ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

नेपालअखबार,भोजपुर । पछिल्लो समयमा जिल्लाका गाउँगाउँमा विद्युत् विस्तार भइरहेको छ । यसले असहज रहेको गाउँले जीवनमा मात्र उज्यालोपन ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ ।ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्रउपकरण सञ्चालन गरेर लाभ उठाउन थालेका छन् । अहिले गाउँगाउँमा कुटानी पिसानीका लागि विद्युतीय मिल जडान भएपछि दैनिकी सहज बनेको स्थानीयको भनाइ छ । विद्युत् विस्तारले ग्रामीण क्षेत्रका नागरिकको दैनिकीमा परिवर्तन ल्याएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय रमेश विष्ट बताउछन् । विगतमा कुटानी पिसानीका लागि घण्टौँ लगाएर डिजेल वा पेट्रोलबाट चल्ने मिल खोज्न हिँड्नुपर्ने अवस्थामा अहिले टोलटोलमा विद्युतीय मिल जडान भएको उनको भनाइ छ । “विद्युत् गाउँघरको मुहार फेरेको छ”, उनले भने, “विद्युत् विस्तारले गाउँघर उज्यालो भएको छ । टोलटोलमा विद्युतीय...