जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम
नेपालअखबार,काठमाडौं । बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम छ । उच्च जोखिममा काठमाडौं उपत्यका समेत परेको छ ।
अहिले वर्षाको दर विस्तारै बढ्दै गएको छ र यो क्रम राति अझै बढ्न सक्ने सम्भावना छ । त्यसैले काठमाडौंका नदीहरुको बहाव बढ्दै गएर सतर्कताको तह नजिक पुगेको छ ।
बाढीको सतह अझै बढ्ने सम्भावना भएकाले आज बेलुका र भोलिसम्मका लागि विशेष सतर्कता जरुरी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंको हकमा विष्णुमती, बागमती, मनोहरा, नख्खु सबै नदीहरुमा बाढी सतर्कताको तह नजिक पुगेको छ, त्यस हिसाबले यी क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ,’ जल तथा मौसम विज...










