Monday, August 3

समाज

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो
समाचार, समाज

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

नेपालअखबार,तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उनको भनाइ छ । विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ ।...
काठमाडौंबाट पश्चिमतर्फको यातायात खोल्ने तयारी
प्रशासन, समाचार, समाज

काठमाडौंबाट पश्चिमतर्फको यातायात खोल्ने तयारी

नेपालअखबार,काठमाडौं । पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन दिने तयारी गरिएको हो । जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरुलाई सूचना दिइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब काठमाडौं–नारायणगढ र काठमाडौं पोखरा–सडक खण्डमा यातायातका साधन सञ्चालन गर्ने तयारी छ । ‘अहिले कुनै–कुनै ठाउँमा साना–साना पहिराहरु छन् । त्यो पन्छाएपछि पश्चिमतिर जाने बाटो क्लियर हुन्छ अनि थप पानी पर्ने सम्भावना नभएको जानकारी आएकाले गाडी चल्न दिइने छ,’ मन्त्रालय स्रोतले जनाएको छ । बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले हाल वर्षा हुने क्रम रोकिएको र ठूलो पानी पार्ने प्रणाली मध्यक्षेत्रबाट बाहिरिएकाले ठूलो पानी पर्ने सम्भावना नरहेको जान...
रौतहटमा चट्याङ लागेर दुई जना किशोरको मृत्यु
समाचार, समाज

रौतहटमा चट्याङ लागेर दुई जना किशोरको मृत्यु

नेपालअखबार,रौतहट। रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउँका १६ वर्षीय नविन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार मृतक दुवैको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।...
अध्यक्ष नेपालद्धरा उद्धार र राहतको काममा लाग्न पार्टी पंक्ति तथा स्वयंसेवी संस्थाहरूलाई समेत अपिल
समाचार, समाज

अध्यक्ष नेपालद्धरा उद्धार र राहतको काममा लाग्न पार्टी पंक्ति तथा स्वयंसेवी संस्थाहरूलाई समेत अपिल

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार  नेपालले  लगातारको बर्षा र यसको कारण उत्पन्न बाढी, पहिरो सहितका प्राकृतिक विपत्तिका कारण उच्च जोखिम बढेको बताउनु भयो। मौसमविद्हरूको पूर्वानुमान त थियो नै तर पनि यसको कारण दशैं मनाउन यात्रा गर्नेहरू सहित नदि किनारामा बसोबास गर्ने एवम् भूक्षयको जोखिम भएका स्थानका जनसमुदाय सबै जोखिममा हुनुहुन्छ । जोखिममा परेकाको उद्धार गर्न तथा क्षतिलाई न्यूनिकरण गर्न आवश्यक सचेतना एवम् तयारीको लागि समन्वयात्मक रूपमा काम गर्न आम जनसमुदाय सहित राज्यका सरोकारवाला निकायको गंभीर ध्यानाकर्षण गराउॅनु भएको छ । अध्क्षय नेपालले आफु सुरक्षित रहॅदै सचेतना, उद्धार र राहतको काममा लाग्न पार्टी पंक्ति तथा स्वयंसेवी संस्थाहरूलाई समेत अपिल गर्नु भएको छ ।...
अन्सारीलेद्धारा नेपाल प्रहरीलाई रेनकोट ५५ थान वितरण
समाचार, समाज

अन्सारीलेद्धारा नेपाल प्रहरीलाई रेनकोट ५५ थान वितरण

नेपालअखबार,काठमाडौं । युवा नेता डाक्टर अबुल हुसेन अन्सारीलेद्धारा प्रहरीप्रभाग हनुमान स्थान कोपुण्डोल१०, ललितपुरलाई रेनकोट ५५ थान वितरण गर्नु भएको छ । डा. अन्सारी भन्नु हुन्छ ‘यो विपतको बेलामा तपाई हामी सबैले सहयोग गरौँ ’। सदन बिगठन भएको छ तर त्यहाँ हुने दल र भुपू माननीयहरुले आफ्नो गाउँ ठाउँ चिन्नु भएको छ। यो आपतकालीन अवस्था मा सम्पुर्ण रिस त्याग गरेर आफ्नो गाउँ ठाउँको सेवामा खट्न अनुरोध गर्नु भयो।    ...
मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा
समाचार, समाज

मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

नेपालअखबार,काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको  तुइनखोला नजिकै माथिबाट ढुंगा खसेको थियो । त्यसपछि दुईतर्फी रोकिएको सवारी आवागमन अहिले भने एकतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।वर्षा भइरहेको अवस्थामा यस खण्डमा पहिरोको उच्च जोखिम भएकोले अति आवश्यक अवस्था बाहेक जोखिम मोलेर यात्रा नगर्न र यात्रा गर्नुपर्ने भए सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्नुहुन हार्दिक अनुरोध गरिएको छ ।...
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
प्रशासन, समाचार, समाज

काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६:०० देखि बिहान ६:०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो। आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्र्दै प्राधिकरणले सतर्क रहन भनेको हो । ‘सम्भावित जोखिम कम गर्न काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्म सवारी आवागमनमा आवश्यकतानुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ’, प्राधिक...
नारायणघाट–बुटवल सडकमा हालसम्म छैन अवरोध
समाचार, समाज

नारायणघाट–बुटवल सडकमा हालसम्म छैन अवरोध

नेपालअखबार,काठमाडौं। नारायणघाट–बुटवल सडकखण्डमा हालसम्म (शनिबार १६:४० बजेसम्म) कुनै अवरोध नभएको प्रशासनले जानकारी दिएको छ। सो सडकको दाउन्ने खण्ड पनि हाल सामान्यतया खुला रहेको छ। यद्यपि, सुरक्षा कारणले काठमाडौँतर्फ जाने गाडीहरुलाई भने बर्दघाटस्थित टीसीएन चोकमा रोकिएको छ। प्रशासनले सम्भावित जोखिको मूल्याङ्कन गर्दै राति दाउन्ने खण्डमा यात्रा गर्न पनि रोक लगाउन सक्ने जनाएको छ । सडकमा हुने सम्भावित विपदसँग जुझ्न सरकारसँगको सहकार्य सबै नागरिकको कर्तव्य रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीको भनाइ छ।...
पछिल्लो २४ घण्टामा मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा
समाचार, समाज

पछिल्लो २४ घण्टामा मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

नेपालअखबार,काठमाडौं । पछिल्लो २४ घण्टामा मधेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार, पर्साको कालिकामाईदेखि रौटहटको गौरसम्मका अति भारी वर्षा भएको हो । कालिकामाईदेखि गौरसम्म मौसम पूर्वानुमान महाशाखाका आधा दर्जन वर्षामापन केन्द्र छन् । ती सबै केन्द्रमा एक दिनयता २ सय मिलिमिटर भन्दा बढी पानी परेको हो । २४ घण्छामा २ सय मिलिमिटर भन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ, जुन खतराको तहभन्दा माथि हो । रौतहटको मधेशपुर स्टेसनमा सबैभन्दा बढी २७७ मिलिमिटर वर्षा भएको छ । रौतहटको गौरुडामा २०७ मिलिमिटर वर्षा भएको छ । गौरमा २५४ मिलिमिटर वर्षा भएको छ । बाराको कलैयामा २१८ मिलिमिटर वर्षा भएको छ । बीरगञ्जमा २२६ र मुदालीमा २३१ मिलिमिटर पानी परेको छ । अलि उत्तरतिरको भागमा भने तुलनात्मक रुपमा कम पानी परेको देखिन्छ । पर्साको टाँडी, बाराको सिमरा विमानस्थल र निजगढमा...
सोमबार बिहानसम्मै उच्च सतर्कता अपनाउनुपर्ने : जल तथा मौसम विज्ञान विभाग
समाचार, समाज

सोमबार बिहानसम्मै उच्च सतर्कता अपनाउनुपर्ने : जल तथा मौसम विज्ञान विभाग

नेपालअखबार,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्यान्हसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति ७/८ बजेबाट आइतबार मध्यान्ह १२/१ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसै सन्दर्भमा मन्त्री घिसिङले वर्षासँगै आउन सक्ने बाढी, पहिरो, डुबान र सम्भावित जोखिमप्रति सावधानी अपनाउन र यात्रा गर्दा विशेष सतर्कता राख्न अनुरोध गरेका हुन्। शनिबार मन्त्रालयमा आयोजित समन्वय बैठकमा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभाग र जल तथा मौसम विज्ञान विभागका महानिर्देशकहरूसँग छलफल गरी आवश्यक तयारी अवस्था बलियो बनाउन निर्देशन दिए...