Thursday, August 6

समाज

बैतडीमा राति गाडी चलाउन रोक
समाचार, समाज

बैतडीमा राति गाडी चलाउन रोक

नेपालअखबार,काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । जिल्लावासीलाई पनि आकस्मिक अवस्थामा बाहेक यात्रा नगर्न आह्वान गरेको छ । तीन दिनदेखि लगातार वर्षा हुँदा सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लाको जनजीवन प्रभावित भएको छ । महाकाली नदीको सतह बढेकाले किनारका बासिन्दालाई चनाखो रहन आग्रह पनि गरिएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विपदको जोखिम भएकाले स्थानीय उच्च सतर्कता अपनाउन, जोखिम भएका स्थानमा नबस्न र अति आवश्यक नभई यात्रा नगर्न भनिएको जानकारी दिए । साथै कुनै विपद्जन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन पनि सुरक्षाकर्मीसहित जिम्मेवार निकायहरुलाई भनिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयले मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनज...
पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा पर्यटक अलपत्र
समाचार, समाज

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा पर्यटक अलपत्र

नेपालअखबार.बागलुङ । पहिराले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुमेर फर्किने र जाने पर्यटक अलपत्र परेका हुन् । सोमबार साँझ पहिराले अवरुद्ध बनेको सडक अहिलेसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतले जानकारी दिए । पहिरो धेरै ठुलो हुँदा सडक खुलाउन समय लाग्ने उनको भनाइ छ । योबाहेक अरू वैकल्पिक सडक नहुँदा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको बस्नेतले बताए । साँझ नै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकिएको उहाँको भनाइ छ । बिहानैदेखि सडक खुलाउन उपकरण प्रयोग गरेको उनले बताए । “पहिरो धेरै ठुलो गएको हुँदा सडक खुलाउन समस्या भएको छ, बिहानदेखि नै मेसिन प्रयोग गरिएको छ, अझै समय लाग्ने देखिन्छ, सडक अवरुद्ध हुँदा सबैभन्...
फेवातालमा हाम फालेकी महिलाको सशस्त्रले गर्‍यो उद्धार
समाचार, समाज

फेवातालमा हाम फालेकी महिलाको सशस्त्रले गर्‍यो उद्धार

नेपालअखबार,पोखरा । पोखरास्थित फेवा तालमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। मंगलबार बिहान करिब पाँच बजेतिर एक जना महिला पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटस्थित फेवातालमा हाम फालेकी थिइन्। मकवानपुर घर भई पोखरा–६ लेकसाइड बस्ने करिब ४५ वषीकी हीरा नेगीलाई प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। डिएसपी थापाका अनुसार नेगी तालमा हाम फाल्दा त्यहाँ रहेको काठको मुढामा अड्किएकी थिइन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएका पाँच जना गोताखोर, पाँच जना विपद व्यवस्थापन र नेपाल प्रहरी सहितको संयुक्त सुरक्षा फौजले उद्धार गरेको हो। उद्धारपश्चात उनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पठाइएको  र अवस्था सामान्य रहेको थापाले जानकारी दिए।...
सप्तकोसीमा बढ्यो जलसतह, खोलियो ३८ ढोका
समाचार, समाज

सप्तकोसीमा बढ्यो जलसतह, खोलियो ३८ ढोका

नेपालअखबार,काठमाडौं ।  सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ। पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो। बेलुका १० बजे गरिएको जलसतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ। दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। ‘ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकको बहाव पार गरेपछि जलप्रवाहलाई खतराको संकेत स्वरूप जनाइन्छ। रातो बत्ती बाल्नु खतरा सम्भावना भएको अवस्था हो, जसले स्थानीयवासी र सरोकार भएकालाई सतर्क रहन संकेत गर्...
महाकाली नदीमा पानीको बहाव घट्दो : बाढी विस्थापित अझै घर फर्कन सकेनन्
समाचार, समाज

महाकाली नदीमा पानीको बहाव घट्दो : बाढी विस्थापित अझै घर फर्कन सकेनन्

नेपालअखबार,कञ्चनपुर । डुबानमा परेका दोधारा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन् । दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए । बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन् । डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन् । नदीको बहाव घट्दो रूपमा रहेकाले अवस्था यही रहे साँझसम्म विस्थापनमा परेका परिवार फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । डुबानमा परेर विस्थापनमा परेका नगरपालिकाको वडा नं ८ रामपुरे टापुर जर्गा टोलका २५ घरका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिए...
सुडानमा पहिरोले पुरिएर कम्तीमा १००० जनाको मृत्यु
विदेश, समाचार, समाज

सुडानमा पहिरोले पुरिएर कम्तीमा १००० जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १,००० जनाको मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (आर्मी)ले जनाएको छ । बीबीसीका अनुसार, यो घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको हो। संगठनका अनुसार लगातार धेरै दिनसम्म परेको भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो गएको हो। यसमा तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको छ । ‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १,००० भन्दा बढी हुने अनुमान छ। केवल एक जना मात्र जीवित छन्,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेका छन्। मृतकमध्ये बालबालिका पनि रहेका छन्। सुडानमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धले देशलाई विश्वकै भीषणतम मान...
महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष अलथानीबीच कतारमा भेटवार्ता
समाचार, समाज

महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष अलथानीबीच कतारमा भेटवार्ता

नेपालअखबार,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अध्यक्ष शेख खालिफा बिन जासिम बिन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र कतारबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । त्यस अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको महासंघ अध्यक्ष ढकालले जानकारी दिए । उनले नेपाल–कतार जेबीसी दुवै देशबीच व्यापार तथा लगानी प्रवर्द्धनको महत्त्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिए । नेपाल–कतार जेबीसी स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसर रहेकाले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । ‘नेपालमा धेरै क्षेत्...
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न
समाचार, समाज

अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न

नेपालअखबार,पाेखरा। अल्फाबिटा पोखराको आयोजनामा मल्टि सिटी एड्मिशन डे कार्यक्रम आज सम्पन्न भएको छ । बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म पोखराको न्युरोड स्थित सिटी स्क्वायर ब्यङकुइटमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले  अष्टे«लिया, क्यानडा, युके, अमेरिका, जर्मनी, न्युजिल्याण्ड, जापान, भारत, थाइल्याण्ड र आयरल्याण्ड का विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विदेश अध्ययन सम्बन्धी परामर्श लिएका  थिए । झण्डै तिन सय जना विद्यार्र्थी र उनीहरूका अभिवावकको उपस्थिती रहेको उक्त कार्यक्रममा एभिला युनिभर्सिटी अमेरिका, फेडिरेशन युनिभर्सिटी अस्ट्रेलिया, युनिभर्सिटी अफ नायगरा फल्स क्यानडा, ओयबस्टर युनिभर्सिटी अमेरिका, कन्कोर्डिया युनिभर्सिटी अमेरिका, युनिभर्सिटी क्यानडा वेष्ट, युनिभर्सिटी अफ ल बेलायत लगायत युरोप तथा एसियाका युनिभर्सिटीका झण्डै १ दर्जन एसिया रिजनल र ...
पहिरोबाट होक्मा गाउँका ६ घर उच्च जोखिममा
समाचार, समाज

पहिरोबाट होक्मा गाउँका ६ घर उच्च जोखिममा

नेपालअखबार, ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका ६ घर परिवार पहिराेका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन् ।स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिराले हाङमाया थुङ्गिम (लिम्बू) को घर उच्च जोखिममा परेको छ भने पहिरो झरिरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टङ्क भण्डारीको घरसमेत जोखिममा रहेका छ । चिचिहाङ बस्तीको तलबाट पहिरो झरेको बताइएको छ । पहिरो झरेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा गइ बसेको बताइएको छ । अन्य घर परिवारसमेत सुरक्षित ठाउँमा छन् । अहिले वर्षा नभए पनि समयसमयमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।...
पानीको सतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिए
समाचार, समाज

पानीको सतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिए

नेपालअखबार, धरान (सुनसरी)  ।  सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेन्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो । प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् । कोशी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताए ।...