Monday, October 26

साहित्य \कला

रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल
समाचार, समाज, साहित्य \कला

रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल

नेपालअखबार, जनकपुरधाम । जनकपुर निवासी वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।  ७९ वर्षीय डा. विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो । राति घरमै नातिसँग खेलिरहेका उनको स्वास्थ्यमा एक्कासि समस्या उत्पन्न भएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको छोरा विभास लाभले बताए । उनको उपचारको क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि १ बजेतिर निधन भएको हो । उनको आजै स्वर्गद्धारीमा अन्त्येष्टि गरिने र अन्तिम श्रद्धाञ्जलीको लागि अहिले निजी निवास जनकपुर १० देवीचौकमा राखिएको छ । अध्यापन पेसामा लामो समय काम गरेका उनले विज्ञान विषयमा विद्यावारिधी गर्दै नेपाली, हिन्दी तथा अंग्रेजीमा स्नाकोत्तर गरेका थिए । बाल्यकाल देखि नै साहित्यमा रुचि देखाएका उनको विभिन्न कथा, नाटक तथा लघुकथाहरू प्रकाशन भएका छन् । नेपाली तथा मैथिली भाषामा उच्च योगदान पुर्‍याएको भन्दै डा.वि...
“स्कुलको ढोकाबाट फर्किएको  भविष्य” सरू लम्साल,
शिक्षा, समाज, साहित्य \कला

“स्कुलको ढोकाबाट फर्किएको भविष्य” सरू लम्साल,

सरू लम्साल,पोखरा । नयाँ शैक्षिक शत्र शुरू भएको थियो । पोखराको मौसम खुलेको हिमाल बिहानको चिसो हावा भर्खरै झुल्कदै गरेको घामको किरण सँगै सानो हातमा नयाँ झोला, अनि छेउमै उभिएकी आमा - आमाका आखाँमा एउटा सानो तर गहिरो सपना "मेरो बच्चा अधि बढोस ।" यहि सोच्दा सोच्दै स्कुलको गेट आएको पत्तै भएन बच्चालाई स्कुल छाडेर फर्किन् । यसपालि भने अब विस्तारै मेरो बच्चा पनि पक्के राम्रो सँग अगाडी बढ्नेछ भन्ने विश्वासका साथ दैनिकी चलिरहेको थियो। केहि हप्तापछि स्कुलबाट फोन आउछ "म्याम एकपटक विद्यालय आउनुहोस न" फेरि उनका मनमा धेरै प्रश्नहरुले तरङ मच्चाउन थाल्छन । मन मनै डर पलाउछ उनि विद्यालय पुग्छिन् । विद्यालयको अफिस कोठा टेबलको अकोपट्टी शिक्षकहरू गम्भीर अनुहारमा देखिन्छन् । यो देखेर उनको मन भारी हुन्छ । कक्षा शिक्षकले भन्नुहन्छ । " हामी तपाइको बच्चालाई यहॅा राख्न सक्दैनऊ.. " " उसलाई माथिल्लो कक्षामा उकाल्न गह्रो...
एकताको पथ
समाचार, साहित्य \कला

एकताको पथ

(कविता) एकताको पथ न निष्क्रिय न चञ्चल न टाढा न नजिक म जहाँ उभिएको छु यो माटो समान समतल छ लौकिक चाहनाभन्दा निक्कै पृथक। भूगोल मात्र पनि होइन यो ढुङ्गा र बालुवाले बनेको आत्मासँग गाँसिएको सूत्र हो यो जसले मेरो चलायमान शरीरलाई हंस–हंस दिन्छ। त्यसैले त यो मेरो पाउमुनि होइन, मेरो शिरमाथि छ। स्वयं काल सामु पनि नझुकुला जब यो माटोको तिलक मेरो निधारमा छ। म दुखी, सुखी, पीडित, सम्पन्न अनेक हुँला तर म जे छु, जो छु यही माटोमा उभिँदा छु। म कहाँ थिएँ त्यो मेटेर होइन, फरक–समानका भेदहरू खोजेर पनि होइन। जब विजयध्वज मेरो चन्द्र–सूर्य फरफराउँछ, एक रेसा, एक तन्तु उध्रिएको नसहौँला। कसैलाई नछुटाई काँधमा काँध मिलाई हरेक लडेकालाई उठाई मेरो राष्ट्र उठाउँला। एकताको पथमा जुटौँला। मेरो पुर्खाको रगत र पसिनाले सिँचिँदै गर्दा टप्–टप् यो माटो बोलेको आवाज मेरो कानमा गुन्जिरहँदा लौकिक आवश...
कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ?
राजनीति, विचार, साहित्य \कला

कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ?

नेपालअखबार, काठमाडौं । कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ? सर्वप्रथम बृहत बामपंथी एकता लागि पहिले आफू भित्रको एकता बलियो बनाउनुस । मन भित्रको पश्चाताप हटाउनुस अनिमात्र बृहत् बाम एकताका कुरा उठाउनुस् । बामपंथी एकताका कुरा सतहमा देखाउने तर व्यवहारमा पार्टीको इज्जत घटाउने प्रविधि स्वीकारे हुँदैन ? बाम एकताको मुद्दा उठाएर आफनो स्वार्थ वा राजनीति साध्ने तर संगठनलाई असहज बनाउने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ । बाहिर बाम एकताको प्रचार गर्ने गराउने पार्टी कमिटी भित्र मनोबल कमजोर पार्ने र कुनै निर्णय कार्यन्वयन हुन नदिने सोच र प्रवृत्ति भएका कमरेडहरुको दोहोरोचरित्रका कारण नै आज पार्टीलाई कमजोर बनाउने गतिविधि स्पष्ट देखा परेको छ । भाषणमा मात्र बृहत् बाम एकताको कुरा गरेर पक्कै गन्तव्यमा पुगिदैन कमरेड । सबै भन्दा पहिला आफ्नो धराताल आफ्नो पार्टीलाई बलियो बनाएर अघि बढ्नु पर्ने ...
पाँच जना विशिष्ट सिर्जनकर्मीहरू साहित्यिक पत्रकार सङ्घद्धारा अभिनन्दन
समाचार, समाज, साहित्य \कला

पाँच जना विशिष्ट सिर्जनकर्मीहरू साहित्यिक पत्रकार सङ्घद्धारा अभिनन्दन

नेपालअखबार,काठमाडौं । साहित्यिक पत्रकार सङ्घ (सापस)ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् । सोही कार्यक्रममा पत्रकार प्रविनप्रसाद थपलियालाई नगदसहित सम्मान गरिएको थियो । अभिनन्दित हुनुहुनेहरूलाई अभिनन्दनपत्र, दोसल्ला, टोपी र माला समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवम् प्रसिद्ध गीतकार एस्पी कोइराला र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., आख्यानकार हिरण्यकुमार...
ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन
समाचार, समाज, साहित्य \कला

ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन

नेपालअखबार ,पोखरा। नेपाल ह्योल्मो समाज सेवा समिति पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम समापन भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा ह्योल्मो भाषा तथा लिपिका बारेमा प्रशिक्षण प्रदान नगरिएको थियो । कास्की जिल्लाका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका प्रशिक्षार्थी सहभागी तालिमको उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङले समापन गर्नुभएको हो । उक्त अवसरमा उहाँले नेपालमा प्रचलित विविध भाषा, कला, संस्कृति र परम्परा सम्पूर्ण नेपालीहरूको अमूल्य साझा सम्पत्ति भएको उल्लेख गर्नुभयो । यसको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको सचिव गुरुङले बताउनुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश गीतसङ्गीत, भाषा र संस्कृतिमा समृद्ध रहेको जनाउँदै यसको जगेर्नाका लागि प्रति...
सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट
समाचार, समाज, साहित्य \कला

सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट

नेपालअखबार,काठमाडौँ । सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । उक्त प्रदर्शनीमा दर्ता भएका दुई दर्जन नाटकमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट भएका हुन् । प्रतियोगितामा सहभागी दुई दर्जन बढी नाटकमध्येबाट १४ वटा छनोट गरिएको बताउँदै महोत्सव संयोजक सविन न्यौपानेले दर्ता भएका सबै सहभागी नाटकलाई धन्यवाद दिनुभयो । उहाँले प्रतियोगी तथा अप्रतियोगी नाटकको वर्गीकरण गरिएको सूचनासहित महोत्सव तालिका आगामी माघ २२ गतेभित्र प्रकाशन गरिने जानकारी दिनुभयो । संयोजक न्यौपानेका अनुसार महोत्सवमा होलि एञ्जल्स पब्लिक स्कुलको ‘तारेभिर’, सनसाइन इङ्गलिस बोर्डिङ स्कुलको ‘स्याडो’, आकाशगङ्गा इन्टरनेसनल स्कुलको ‘रक्त पासो’, दर्शना स्कुलको ‘को चोर’, हिले माध्यमिक विद्यालयको ‘अभागी आरन’, भेलोसिटी स्कुलको ‘तुलसी’, समृद्धि स्कुलको ‘देउकी’ र ‘द अल...
“ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…
समाचार, समाज, साहित्य \कला

“ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…

नेपालअखबार,काठमाण्डौं । वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमविच उनको पुस्तक लोकार्पण भएको हो।यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ। कार्यक्रममा विशेष अतिथिहरु वरिष्ठ गीतकार पुर्वमन्त्री एस.पि.कोइराला,वरिष्ठ गीतकार गीतकार संघ पुर्व अध्यक्ष चुडामणिा देवकोटा,वरिष्ठ गीतकार अमर बान्तु,वरिष्ठ सास्कृतिक विद भक्त राई,माननीय हेमराज राई,वरिष्ठ गीतकार श्रवण मुकारुङ,वरिष्ठ गायक दिलेन्द्र मुकारुङ,वरिष्ठ गीतकार शितल कादम्बिनी,चर्चित कवि गीतकार चन्द्र रानाहोङछा,चर्चित गीतकार बिपिन किरण लगायत रहेका थिए। करिब साढे तीन दशकको साहित्यिक यात्राको क्रममा गीतकार संघ पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ गीतकार मुकारुङले ल्याएको यो गीति संग्रह...
पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी
समाचार, समाज, साहित्य \कला

पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी

नेपालअखबार,पोखरा  । पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ । उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भईरहेको छ । नाटकको प्रदर्शकन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । उक्त नाटक ईन्द्रेणीको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको हो । नाटकको लेखन केदारनाथ पौडेलले नै गरेका हुन् । झण्डै एक वर्ष अगाडि लेखेको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रियालाई समेटिएको छ । एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जिविकोपार्जन गरिरहेको छ र त्यो भित्र कस्ता खालका समस्या छन् भन्ने बारेमा दर्शकलाई जानकारी दिईनेछ । आफुलाई पोखराबाट काठमाडौं जाने ...
नेकपा एस फोड्ने दिवा सपना हेर्न बन्द गर्नुस् कमरेड, बरु जनताको मन जित्ने काममा अघि बढ्नुस्
राजनीति, विचार, समाचार, साहित्य \कला, हाइलाइट-समाचार

नेकपा एस फोड्ने दिवा सपना हेर्न बन्द गर्नुस् कमरेड, बरु जनताको मन जित्ने काममा अघि बढ्नुस्

जैनव खातुन। नेकपा एकीकृत समाजवादी पार्टीको बारेमा गरिएको प्रचारबाजी केवल हल्ला मात्र हो। यस्ता हल्लालाई हामी सबै कार्यकर्ताले तोड्नु आवश्यक नै रहेको छ। कहिले कुनै एउटा व्यक्तिले पार्टी फुटालेर जाँदैछन् भन्ने हेडलाइन न्युज आउँछ भने कहिले अर्का व्यक्तिको नाममा यस्ता बेतुके खालका समाचारहरु आइरहेका छन् । यथार्थको धडातल भन्दा फरक रहेर हल्लाका लागि मात्र लेखिएको समाचारहरुलाई हल्ला खल्ला मात्रै रहेको बुझ्न सकिन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका कार्यकर्ताहरू स्वार्थ र प्रलोभनमा परेर पार्टीमा सक्रिय भएका होइनन् । यस पार्टीका कार्यकर्ताहरू सबै त्यो विद्रोहको योद्धाहरु हुन्। जसले देश संविधान, लोकतन्त्र, गणतन्त्र र स्थायी राजनीति हुनका लागि संविधान जोगाउनु पर्छ भन्ने उद्देश्यका साथ नेकपा एमालेबाट विद्रोह गरेका थिए । यो त विद्रोहीहरूको पार्टी हो । नेकपा एकीकृत समाजवादीमा एका, दुई हल्लाखल्ला...