प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण
नेपाल अखबार, बुटवल । प्रदेश ५ की सांसद कृष्णा केसीलाई (नमुना ) कोरोना संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले गए राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् ।
उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पिसीआर परीक्षण गराउन आग्रह समेत गरेकी छिन् ।
उनले फेसबुकमा लेखेकी छन् ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्ता यता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पिसीआर जाँच गराउन अनुरोध गर्छु ।’
भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएको बताएको छन् ।
उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल ...
