Sunday, August 30

स्वास्थ्य

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख ८३ हजार नाघ्यो
विश्व, स्वास्थ्य

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख ८३ हजार नाघ्यो

नेपालअखबार, एजेन्सि। विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड ११ लाख ७७ हजार १३२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १८ हजार १२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ६०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४७ लाख ६ हजार ५९ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५६ हजार ७...
भारतमा एकैदिनमा ५७ हजार र ब्राजिलमा ५२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए
विश्व, स्वास्थ्य

भारतमा एकैदिनमा ५७ हजार र ब्राजिलमा ५२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट एकैदिनमा ५७ हजारभन्दा बढी कोरोना संक्रमित बनेका छन्। यो संख्या एकैदिनमा सङ्क्रमित भएकामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो। अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन्। योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसैबीच ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्। ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ। योसँगै यहाँ सङ्क्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एजेन्सी...
सभामुखको अगुवा गाडीका चालक प्रहरीमा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

सभामुखको अगुवा गाडीका चालक प्रहरीमा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएको छ र, साँझसम्म रिपोर्ट आउने बताइएको छ ।...
पछिल्लो २४ घन्टामा थपिए २ सय २४ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

पछिल्लो २४ घन्टामा थपिए २ सय २४ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा शुक्रबार २ सय २४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ५१ जना निको भइ घर फर्किएका छन् । यससँगै १४ हजार ३ सय ९९ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ रहेको छ।‍...
काठमाडौँका ३२ सहित उपत्यकामा थपिए ३८ संक्रमित
Uncategorized, समाचार, स्वास्थ्य

काठमाडौँका ३२ सहित उपत्यकामा थपिए ३८ संक्रमित

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्याकाका थप ३८ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ३२, ललितपुरमा ५ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३, पाटन अस्पतालमा २, वीर अस्पतालमा १ र नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १८ जनाको रिपोट पा्जिटिभ आएको हो। त्यस्तै शुक्रराज ट्रपिकलमा ललितपुरका २, पाटन अस्पतालमा २, नेपाल प्रहरी अस्पतालमा १ र नेपाल कोरियामत्री अस्पताल भक्तपुरमा भक्तपुरका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो। याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भ...
एकैदिन ४ जनाको मृत्यु कोरोना भाइरसबाट
समाचार, स्वास्थ्य

एकैदिन ४ जनाको मृत्यु कोरोना भाइरसबाट

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन ४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो । यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए ।...
प्रहरी मुख्यालयमा थप २८ जना संक्रमित फेला
समाचार, स्वास्थ्य

प्रहरी मुख्यालयमा थप २८ जना संक्रमित फेला

नेपाल अखबार, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण देखिएको छ । शुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप २८ जनामा संक्रमण देखिएको हो । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् । प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।...
पोखराका २ जनासहित, गण्डकीका प्रदेशमा ६ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका २ जनासहित, गण्डकीका प्रदेशमा ६ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखराका २ जनासहित गण्डकी प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान प्रदेशको कास्की, तनहुँ र म्याग्दी  जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले कास्कीका ३  सहित, तनहुँका १ जना र म्याग्दीका  २ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ ।...
उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, जनकपुर। जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । केही दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । यता, न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गर्ने उच्च अदालत जनकपुरले गरेको छ ।...
महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यद्यपि कोरोना संक्रमण देखिएका प्रहरीको दर्जा भने ट्राफिक प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले बिहीबार ट्राफिक प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको दुई दिनअघि पीसीआर परीक्षण गरिएको थियो । कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्न लागिएको छ । दुई प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कार्यालय शिल गरिएको बताइएको छ ।...