Saturday, August 29

स्वास्थ्य

भारतमा कोभिड–१९ संङ्क्रमितको संख्या १५ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कोभिड–१९ संङ्क्रमितको संख्या १५ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सी । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि  कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि  कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ ।  सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् । –सिन्हवा...
कोरोना निको हुनेको संख्या १४ हजार नाघ्यो
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना निको हुनेको संख्या १४ हजार नाघ्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म १४ हजार २१ जना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन् ।प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा  ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ । हालसम्म निको भएकासहित नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार २ सय ७३ पुगेको छ ।...
काठमाडौंका १४ सहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
Uncategorized, समाचार, स्वास्थ्य

काठमाडौंका १४ सहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार,काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन् । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१०  जनामा संक्रमण पुष्टि भएको बताए ।  पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा  ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ । दे...
गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा बुधबार  थप ५ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा बुधबार  थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  बिहान प्रदेशका स्याङजा , बागलुङ, तनहुँ र म्याग्दी जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा म्याग्दीका २ जना पुरुष र अन्य ३ जिल्लाका १-१ पुरुष रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।...
पर्सामा नेपाली सेना र नेपाल प्रहरीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ३, समाचार, स्वास्थ्य

पर्सामा नेपाली सेना र नेपाल प्रहरीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् । कोरोना संक्रमण पुष्टि हुनेमा डाक्टर, नेपाली सेना, नेपाल प्रहरी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका पनि रहेका छन् । कोरोना संक्रमित पुष्टि हुनेमा ३३ वर्षका १ जना नेपाली सेना, २७ वर्षका १ जना र ३६ वर्षका २ जना नेपाल प्रहरी, २२ र ४२ वर्षका २ जना वीरगन्ज कारागरका कर्मचारी, २५ वर्ष देखि ६५ वर्षसम्मका ६ जना वीरगन्ज कारागरमा रहेका कैदीबन्दी रहेको डा. उदय नारायण सिंहले बताए । त्यसैगरी १ जना नारायणी अस्पतालका डाक्टर रहेका छन् भने वीरगन्ज महानगरप...
प्रहरी हेडक्वार्टरका थप ६ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

प्रहरी हेडक्वार्टरका थप ६ जनामा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए । संक्रमित मध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् । कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।...
काठमाडौँका ४८ सहित उपत्यकामा थपिए ५३ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौँका ४८ सहित उपत्यकामा थपिए ५३ कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्याकामा थप ५३ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्याकाका काठमाडौँका ४८, ललितपुरमा ४ र भक्तपुरमा १ कोरोना संक्रमित थपिएका हुन्। नेपाल प्रहरी अस्पतालमा काठमाडौँका २१, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा ९, स्टार अस्पताल सानेपा ललितपुरमा ६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामामा ११, त्रिवि शिक्षण अस्पतालमा १ गरी काठमाडौँका ४८ जनाका कोरोना पुष्टि भएको हो। त्यस्तै स्टार अस्पतालमा ललितपुरका २, शुक्ररबारमा १ र पाटन अस्पतालमा १ गरी ललितपुरका ४ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा पछिल्लो २४ घण्टामा ३११ ज...
पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ३११ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १२९ रहेको छ। प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमण मुक्त भएको बताए। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ। उनको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२.८ रहेको छ।...
कोरोना अपडेटः विश्वभर ६ लाख ५६ हजारको मृत्यु
विश्व, स्वास्थ्य

कोरोना अपडेटः विश्वभर ६ लाख ५६ हजारको मृत्यु

नेपाल अखबार, एजेन्सि । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । कोरोनाभाइरस फैलिन नदिन सोमबार विश्वका विभिन्न मुलुकमा कडा नियमहरु घोषणा गरिए पनि कोरोना संक्रमितको संख्या निरन्तर बढेको देखिएको छ । कतिपय मुलुकले समुद्री तटहरु (बीच) बन्द गर्नुका साथै क्वारेन्टिनका नयाँ उपायहरु घोषणा गर्न थालेका छन् । युरोपेली मुलुकहरुले पहिलो चरणमा गरिएका लकडाउनका कारण सिर्जित आर्थिक क्षतिको पुनरुत्थान गर्न होसियारीपूर्वक कदमहरु चाल्न थालेका छन् । यी देशमा पर्यटन क्षेत्र खुला गर्न थालिएको छ, तर कोरोनाको दोस्रो लहर उत्पन्न हुन नदिन विशेष सावधानी अपन...
प्रहरी हेडक्वार्टरमा थप २३ जनालाई कोरोना संक्रमण
समाचार, स्वास्थ्य

प्रहरी हेडक्वार्टरमा थप २३ जनालाई कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि चार जनालाई संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप २३ जनामा संक्रमण देखिएको प्रहरी महानिरिक्षकको सचिवालयका एसएसपी कुवेर कडायतले जानकारी दिए । प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो । मंगलबार संक्रमण पुष्टि भएका अधिकांश एमटी शाखामा कार्यरत प्रहरी छन् । प्रहरी प्रधान कार्यालयका संक्रमितका संख्या २७ पुगेको छ ।...