बढ्न थाल्यो डेंगु संक्रमण
नेपालअखबार, काठमाडौं । डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको छ । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत वर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको चिन्ता छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहालका अनुसार यो वर्ष हिउँदमा समेत केस शून्यमा झरेन । उनले पछिल्ला दिनमा बिस्तारै डेंगु संक्रमण बढ्दै गएको बताए । ‘विभिन्न ठाउँमा फाटफुट्ट केस देखिन सुरू गरिसकेका छन् । एक हप्तामा २२ देखि २५ केस रिपोर्ट हुँदै आएको छ,’ दाहालले अनलाइनखबरसँग भने, ‘अब सचेत हुने अवस्था आइसकेको छ ।’
प्रि–मौसम सुरू हुने र गर्मी बढ्ना साथ अण्डाहरू लार्भा, प्युपा हुँदै लामखुट्टे बन्दा डेंगु फैलिने जोखिम बढी हुने उनले बताए । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्ति...









