स्कुलका नर्सलाई मनोसामाजिक परामर्शदाताको समेत भूमिका दिने तयारी
नेपालअखबार, काठमाडौं । सरकारले ७७ वटै जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलका अनुसार यसका लागि सरकारले नीतिगत निर्णय गरेर अगाडि बढाएको छ ।
सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमालेकी सांसद विद्या भट्टराईले आत्महत्या समस्याको रुपमा देखा परेको उल्लख गर्दै सरकारले यस सम्बन्धमा के गरिरहेको छ भनी सोधेकी थिइन् ।
जवाफमा स्वास्थ्य मन्त्रालयका सचिव डा.पोखरेलले सरकारले अब प्रत्येक जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने गरी सरकार अगाडि बढेको बताएका हुन् । ‘प्रत्येक जिल्लामा एउटा साइको सोसल काउन्सिलरको दरबन्दीको व्यवस्थापन गरेर अगाडि बढेका छौं,’ सचिव पोखरेलले जानकारी दिए ।
उनका अनुसार हाल विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर १४ वटा जिल्लामा मेन्टल हेल्थको कार्यक्रम सञ्चालन भइरहेको छ । यसका अलावा प्रत्यक ...










