केएमसीमा विश्वकै सानो दुर्लभ कलेजोकाे क्यान्सरको सफल उपचार
नेपालअखबार, काठमाडौं । एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर नष्ट गरिएको हो । केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरेको हो ।
एक सेन्टिमेटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले दावी गरे । ‘रगतको जाँच गर्दा क्यान्सर होकि भन्ने शंका लाग्यो, त्यसपछि एमआरआई गरेर हेर्दा कलेजोमा १० मिलिमिटर भन्दापनि सानो क्यान्सर देखियो ।’ अत्याधिक मादकपदार्थ सेवनले कलेजो पनि विग्रएकोले रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिद्वारा क्यान्सर नष्ट ग...










