चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित
नेपालअखबार, काठमाडाैं । नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन्।
सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले बताए।
उनका निकटत प्रतिद्वन्द्वी डा सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी डा शिवजी विक्रम सिलवालले एक सय ९० मत पाएका थिए।
मधेस प्रदेश उपाध्यक्षमा डा नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा प्रशान्त भट्ट निर्वाचित भएका छन्।
माघ २२ गतेदेखि भएको मतगणना मंगलबार सकिएको हो।
यसअघि वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, प्रदेश नम्बर १ उपाध्यक्षमा डा विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर...










