Monday, July 13

स्वास्थ्य

पोखरामा थप १० जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थप १० जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरा महानगरका १० जना सहित गण्डकी प्रदेशमा १३ कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका १० जना तथा गोरखा, स्याङजा र पर्वतका १–१ जना गरी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा पोखरा १ का ३७ वर्षीय कपडा पसलमा कार्यरत पुरुष, पोखरा ७ का सडक कार्यालयमा कार्यरत ३१ वर्षीय पुरुष र सोही वडाका ६० वर्षीय पुरुष, पोखरा १० की २४ वर्षीया महिला, पोखरा १३ की १७ वर्षीया महिला तथा ३१ वर्षीय पुरुष, पोखरा १७ का ४२ वर्षीय पुरुष तथा २९ र ३५ वर्षीया महिला, पोखरा २६ की होम डेकोर सञ्चालक २६ वर्षीया महिला रहेका छन । त्यसै गरी नेपाल टेलिकम काठमाण्डौमा कार्यरत पर्वत कुश्मा १० का ३० वर्षीय पुरुष, गोरखा ७ की २५ वर्षीया महिला र स्याङजा चापाकोट ८ का ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्...
पोखराका ६ सहित गण्डकी प्रदेशमा ३१ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पोखराका ६ सहित गण्डकी प्रदेशमा ३१ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखराका ६ सहित गण्डकी प्रदेशमा ३१ कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका ६ जना, म्याग्दी र लमजुङका एक–एक जना तथा नवलपुर गैंडाकोटका २३ जना गरी थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमण पुष्टि हुनेमा पोखरा २ का ६२ वर्षीय पुरुष, ४ की २१ वर्षीया महिला, १४ का ७७ वर्षीय पुरुष, १५ का ५१ वर्षीय पुरुष, १९ का २३ र ४८ वर्षीय पुरुष, म्याग्दी वेनीकी ५४ वर्षीया महिला तथा लमजुङ सुन्दर वजार ९ का ४९ वर्षीय पुरुष रहेका छन । पोखराका १९ का २३ वर्षीय पुरुष वाहेकका ५ जना र म्याग्दीकी महिला फेवा सिटी अस्पतालमा उपचारका लागि आएका विरामीहरु रहेका निर्देशनालयले जनाएको छ । त्यस्तै नवलपुर गैडाकोटका ८ वटा वडाका २१ देखि ६५ वर्ष उमेर सुमहका १३ पुरुष तथा २० देखि ६७ उमेर समुहका २० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।...
गण्डकी प्रदेशमा थपिए ३१ कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ३१ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिकाका १० सहित गण्डकी प्रदेशका चार जिल्लामा ३१ जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं ३ ओम अस्पतालमा कार्यरत ३० वर्षीया स्टाफ नर्स, ८ का ३८ वर्षीय पुरुष, १२ का ४९ वर्षीय पुरुष, १७ का ३० वर्ष उमेर समुहका ३ जना पुरुष, ३३ का ४२ वर्षीय पुरुष र वडा नखुलेका ३१ र ५४ वर्षीय पुरुष कोरोना संक्रमित भएका हुन । त्यस्तै तनहुँ व्यास ४ का ७२ वर्षीय पुरुष, तनहुँ रिसिङ २ का २० वर्षीय पुरुष र ४ का २१ र ३१ वर्षीय पुरुष, तनहुँ दुलेगौंडा जिपी कोइराला श्वास प्रस्वास उपचार केन्द्रमा कार्यरत २३ वर्षीया स्टाफ नर्स र प्रशासनमा कार्यर २७ वर्षीया पुरुष र २९ वर्षीया महिला, गोरखा भिमसेन थापा ६ का ३१ वर्षीय पुरुष र गण्डकी ४ का २३ र ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ । त्यसै गरी वागलुङ जिल्ला वागलुङ नगरपा...
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना
समाचार, स्वास्थ्य

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना

नेपाल अखबार, त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको सङ्क्रमण भएको नतिजा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको अध्यक्ष तामाङले आफू र उपाध्यक्षसहित ११ जनामा सक्रमण भएको नतिजा आएकाले सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर क्वारेन्टिनमा बस्न आग्रह गर्दै स्वाब जाँचको प्रबन्ध मिलाउने जानकारी दिनुभयो । अध्यक्ष तामाङको अनुसार कोरोना सङ्क्रमण पुष्टि हुनेमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारीचालक, गाउँपालिकाको कार्यालय सहयोगी, दुई जना एम्बुलेन्स चालक र पाँच जना शिक्षक रहेका छन् । गएको बुधबार १८ जनाको स्वाब सङ्कलन गरेर पठाएको नमूनामध्ये ११ जनामा रोगको सङ्क्रमण देख...
Depression doesn’t have a specific face
साहित्य \कला, स्वास्थ्य, हाइलाइट-समाचार

Depression doesn’t have a specific face

When we have a disease, our body often shows some kind of visible signs and symptoms that are matched with etiology of the disease. Usually, we visit a doctor, do what doctor prescribes us, take medicines if required, and then get back to normal health. But is it same and easier when we have mental illness, like depression? Depression is a common mental disorder which is characterized by persistent sadness and a lack of interest or pleasure in previously rewarding or enjoyable activities. Depression is different from usual mood fluctuations and short-lived emotional responses to challenges in everyday life. Especially, when long-lasting and with moderate or severe intensity,depression may become a serious health condition. It can cause the affected person to suffer greatly and function poo...
काँग्रेस नेता पौडेल आइसोलेसनमा
समाचार, स्वास्थ्य

काँग्रेस नेता पौडेल आइसोलेसनमा

नेपाल अखबार, काठमाडौं । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्। घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेता पौडेल आइसोलेसनमा बसेका हुन् । पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए । तर, आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन्। पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको पुनः स्वाव संकलन गरिएको थियो । पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो।...
होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु
प्रदेश ३, समाचार, स्वास्थ्य

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

नेपाल अखबार, चितवान। कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार ५९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ५५३ जना निको भएर घर फर्किसकेका छन् । रासस...
नेपालमा हालसम्म काेराेना संक्रमित हुनेको संख्या १ लाख नाघ्याे
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा हालसम्म काेराेना संक्रमित हुनेको संख्या १ लाख नाघ्याे

नेपाल अखबार, काठमाडाैं । देशभर हालसम्म संक्रमितको संख्या १ लाख पार गरेको छ। शुक्रबार थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। बिहीबारसम्म कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको थियो। गएको २४ घण्टामा १३ हजार दुई सय ७९ जनामा गरिएको परीक्षणमा दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। नियमित प्रेस ब्रिफ्रिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएअनुसार आज काठामाडौं उपत्यकामा मात्रै १४ सय नौ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ११ सय १६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना रहेका छन्।...
पछिल्लो २४ घण्टामा १० जनाको कोरोनाबाट मृत्यु
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा १० जनाको कोरोनाबाट मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। मृतकमध्ये नौ जना पुरुष र एक महिला छन्। यससँगै मृतकको संख्या ६०० पुगेको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। डा. गौतमका अनुसार झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुषहरु, काठमाडौंमा ८७ वर्षीय महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय दुई पुरुषको कोरोनाका कारण ज्यान गएको हो।...
पछिल्लो २४ घण्टामा १० जनाको कोरोनाबाट मृत्यु
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा १० जनाको कोरोनाबाट मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। मृतकमध्ये नौ जना पुरुष र एक महिला छन्। यससँगै मृतकको संख्या ६०० पुगेको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। डा. गौतमका अनुसार झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुषहरु, काठमाडौंमा ८७ वर्षीय महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय दुई पुरुषको कोरोनाका कारण ज्यान गएको हो।...